शिवसताक्षी । झापाको शिवसताक्षी स्थित दुधे बजार सरसफाई गरिएको छ । स्थानीय दोस्रो जीवन सुधार केन्द्रको आयोजनामा दुधे बजारका युवाहरुको टोलीले बजार सरसफाई गरेको हो । नेपालीहरुको महान चाड तिहारको रमझम सुरु भएसँगै बजारमा फोहोर देखिएकाले बजार सरसफाई गरिएको दोस्रो जीवन सुधार केन्द्रका अध्यक्ष पविन सेरेङ्गले जानकरी दिए । शिवसताक्षी नगरपालिकाले प्रत्येक हप्ता फोहोर उठाए […]
शिवसताक्षी । शिवसताक्षी १० स्थित बालनिकुञ्ज माध्यमिक विद्यालयका शिक्षक नारायण भट्टराई सम्मानित भएका छन् । विद्यालयको ४४ वार्षिकोत्सवको अवसरमा विद्यालयले उत्कृष्ट वर्ष शिक्षकको रुपमा भट्टराईलार्ई नगद पुरस्कार सहित सम्मान गरेको हो । उनलाई नगरप्रमुख मेघहाङ्ग थोप्रा (रोशन), उपप्रमुख नरमाया कार्की, शिक्षा शाखा प्रमुख छवि ढकाल लगायतले संयुक्तरुपमा सम्मान पत्र प्रदान गरिएका थिए । भट्टराईसहित विभिन्न […]
काठमाडौं । बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा गएको भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस्तै भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल चीन सीमानामा रहेको पनि केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का काठमाडौंसहितका आसपासका ठाउँमा महसुस भएको थियो । काठमाडौं उपत्यकामा त धक्का थाहा पाउनेहरु घर बाहिर नै निस्केका […]
विर्तामोड । शुभदिपावली २०७९ को अवसर पारेर मेची महाकाली बुहारी संयुक्त आवाज झापाले सुस्त मनस्थिति सरोकार समाज कनकाइ– मा आश्रित बालबालिकालाई खाद्यान्न एवं दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको छ । बुहारी संयुक्त आवाजका झापा जिल्ला अध्यक्ष शिखा खड्का गणेशको नेतृत्वमा पदाधिकारी, सदस्य एवं आजीवन सदस्यहरुको टोलीले चामल , दाल तेल , नुन , चिनी, आलु […]
विर्तामोड । फोहोरको दिगो व्यवस्थापनका लागि डम्पिङ साइट बैज्ञानिक खालको बनाउनु पर्नेमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम प्रतिनिधि सभा सदस्य उम्मेदवार देवराज घिमिरेले जोड दिएका छन् । नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल र बिर्तामोड नगरपालिकाको संयुक्त आयोजनामा बिर्तामोड नगर सरसफाई अभियानलाई सम्वोधन गर्ने क्रममा उनले निर्वाचनको निजिकियो भनेर फाहारमै बस्न नसकिने बताउँदै […]
झापा । पर्यटकीय तथा व्यवसायिक प्रयोजनकालागि सबैभन्दा नेपालमा नै पहिलो अग्लो दमकभ्यू टावरकङ्क्रिटले निर्माण गरिने १८ तलाको काम सम्पन्न भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्र्तगत दमक न.पा ३ स्थित दोपगाछीमा अन्तराष्ट्रिय स्तरको करिव १०० मिटर भन्दा अग्लो २५ तल्लाको भ्यू टावर निर्माणको काम अन्तिम चरणमा पुगेको हो । पूर्वपश्चिम राजमार्गको कृष्ण मन्दिर सडक खण्डबाट […]
भद्रपुर । वैदेशिक रोजगारीबाट फर्केर नेपालमै काम गर्न खोज्ने तथा स्वरोजगारका लागि व्यवसाय गर्न चाहनेहरुलाई लक्षित गरी झापामा सामाजिक तथा आर्थिक पुनःएकीकरण कार्यक्रम सञ्चालनमा आएको छ । कथा नेपाल संस्था मार्फत झापाका चारवटा पालिकाहरुमा ‘वेलकम होम’ नाम दिएर सामाजिक तथा आर्थिक पुनःएकीकरण कार्यक्रम सञ्चालनमा ल्याइएको हो । शिवसताक्षी र मेचीनगर नगरपालिका तथा कमल र बुद्धशान्ति […]
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ८ का बृद्ध झापा तीर्थस्थलहरुको भ्रमण गराइने भएको छ। नेपाल विश्व हिन्दु महासंघ झापा र स्थानीय सतासी फ्रेण्डसीप युनिटको संयुक्त आयोजनामा बृद्ध बृद्धाको सम्मान स्वरुप तीर्थ स्थलको भ्रमण गराइने भएको हो । शिवसताक्षीको झिलझिलेमा शनिबार पत्रकार सम्मेलन गरी वडाका ७० वर्ष माथिका बृद्ध बृद्धालाई झापाको पाउ पाथिभरा, अर्जुनधारा, […]
काठमाडौं । निर्वाचन आयोगले आफ्नो अनुमति नलिई चुनाव प्रचारमा जाने मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । बिहीबार भएको आचारसंहिता अनुगमन समितिको बैठकमा यसबारे प्रसंग उठेपछि आयोगको टोलीले मन्त्री र जनप्रतिनिधिलाई आचारसंहिता उल्लंघन हुने गरी कार्यक्रममा रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको हो । छलफलमा सुरक्षा निकायका अधिकारीहरुले […]
झापा । आसन्न प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेवारदले बुधबार नाम फिर्ता लिन सक्नेछन् । बुधबार बिहान १० देखि अपराह्न १ बजेसम्म मुख्य निर्वाचन अधिृकत वा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि आयोगले बुधबार अपराह्न १ […]