मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ । मेचीनगर वडा नंं १० धुलाबारी बजारका १५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टी भएको मेचीनगर सामाजिक बिकास समितिका संयोजक नबिन बरालले जानकारी दिएका छन् । गत साउन १८ गते अतिथि सदन क्वारेन्टाईनमा भएका ब्यक्तिहरुको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको थियो । […]
धरान । मोवाइलमा चार्ज गर्नलाग्दा करेन्ट लागेका धरान १६ का एक व्यक्तिको मृत्यु भएको छ । बिहिबार आफ्नै घरमा मोवाइल चार्ज गर्न खोज्दा करेन्ट लगेर ६५ वर्षिय केशर बहादुर गुरूङको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । करेन्ट लागेर घाइते बनेका उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
विराटनगर । प्रदेश १ मा ९० वर्षीया वृद्धाले कारोना जितेर घर फर्किएकी छिन् । विराटनगर वडा नम्बर ६ की ९० वर्षीय बृद्धाले कोरोनालाई जितेर घर फर्किएकी हुन् । कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा. दिपक सिग्देलका अनुसार ९० वर्षीया वृद्धामा पार्किन्सन, उच्च रक्तचाप, मधुमेहको समस्या रहेको थियो । संक्रमणसँगै अस्पतालमा भर्ना भएको ११ औं दिनमा गरिएको […]
कमल । कमल गाउँपालिका र दमक नगरपालिकाको सिमानामा पर्ने रतुवा खोलामा दमक नगरपालिकाले प्राकृतिक न्याय सिद्धान्त विपरित वाँध निर्माण गरेपछि त्यसको असर कमल गाउँपालिकामा परेको छ । नगरपालिकाले एकलौटी रुपमा रतुवा नदिमा बाँध निर्माण गरेपछि नदिले आफ्नो धार परिवर्तन गरेको हो । जसका कारण कमल गाउँपालिकाको वडा नम्वर ५ र ६ मा ठुलो असर पुगेको […]
विर्तामोड । अर्जुनधारा जलेश्वरधाममा रहेको अर्जुनधारा संस्कृत विद्यापिठमा अध्ययन गर्ने विद्यार्थीलाई खाद्यान्न सहयोग गरिएको छ । सोमबार इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरेको छ । लामो समयको लकडाउनले खाद्यान्न अभावको कारण विद्यार्थीलाई बाँच्न गाह्रो हुने देखेपछि आफूहरुले खाद्यान्न सहयोग गरेको इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु वंशलले बताइन् । कोरोना भाइरसले […]
भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) कचनकवल गाउँपालिका समितिले चार महिनायता तलवविहिन हुँदा विहान बेलुका छाक टार्न समस्या भएको भन्दै ज्यान बचाउन माग राखेर गाउँ सरकारलाई ज्ञापनपत्र बुझाएको छ । बन्दाबन्दी सुरू भएयता कार्यरत विद्यालयले पारिश्रमिक नदिएपछि बाँच्न धौधौ परेको भन्दै ज्यान बचाउन माग राखेर गाउँ सरकारलाई ज्ञापनपत्र बुझाएको हो । इस्टु गाउँ समितिका […]
विर्तामोड । झापामा फ्रन्टलाइनमा रहेर काम गर्ने प्रहरीमा कोरोना संक्रमण देखिएपछि बिर्तामोडका जनपद र ट्राफिक प्रहरीले थप सुरक्षा अपनाउँदै ‘फेस शिल्ड’ को प्रयोग गर्ने भएका छन् । रोटरी क्लव अफ बिर्तामोड मिडटाउन, रोट्रयाक्ट क्लव अफ बिर्तामोड मिडटाउन र इनरह्वील क्लब अफ बिर्तामोड मिडटाउनले संयुक्त रुपमा प्रहरीलाई फेस शिल्ड वितरण गरेका छन् । इलाका प्रहरी कार्यालय […]
विराटनगर । समुदायस्तरमा संक्रमण फैलिएको विराटनगरमा न्यूरो अस्पतालका चिकित्सक र गुद्री बजारका किराना पसल सञ्चालकलाई पनि संक्रमण देखिएको छ । विराटनगर महानगरपालिकाका अनुसार न्यूरो अस्पतालको इमरजेन्सी वार्डमा काम गर्ने एक चिकित्सकमा संक्रमण देखिएको हो । ति चिकित्सक विराट नर्सिङहोममा पनि कार्यरत थिए । संक्रमित चिकित्सकलाई शुक्रबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । […]
शिवसताक्षी । नेपाल स्वयम सेवक संस्थाले कन्काई नगरपालिका कोटिहोमबाट आफु बचौ र अरुलाई पनि बचाऔं भन्ने अभियानको सुरुवात गरेको छ । कोटिहोममा रहेको श्री कृष्ण प्रणामी मन्दिरबाट आफु बचौ र बचाउ को अभियान सूरूवात गरेको हो । संस्थाले कोटिहोममा आश्रित बृद्ध बृद्धाहरुलाई कोरोना भाईरसको जोखिमबाट बच्न माक्स सेनिटाईजर लगायत सरसफाईको सामाग्री वितरण गरेको छ । […]
विर्तामोड । झापा भद्रपुरका शारीरिक अपाङ्गता भएका तीन जनालाई ह्वीलचियर वितरण गरिएको छ । रोटरी क्लव अफ विर्तामोड मिडटाउनले भद्रपुर ३ वैशाबारीका तीन जना विद्यार्थीलाई ह्वीलचियर वितरण गरेको हो । शारीरिकरुपमा अशक्त भएका लेखनाथ गणेश, लक्ष्मण गणेश र कृष्ण गणेशलाई ह्वीलचियर वितरण गरिएको रोटरी क्लव अफ मिडटाउनले जनाएको छ। घरको आर्थिक अवस्था कमजोर भएका कारण […]