शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं। ४ का वडाध्यक्ष विष्णुप्रसाई सम्मान गरिएको छ । प्रसाई ट्रस्ट कल्याणकारी कोष शिवसताक्षी इकाई समितिले वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनको अवसर पारेर प्रसाईलाई सम्मान गरेको छ । प्रसाई बन्धु परिवारका सदस्य जनप्रतिनिधिको रुपमा निर्वाचित भई नागरिकको सेवामा समर्पित हुँदा प्रसाईं ट्रस्ट कल्याणकारी कोष परिवारसमेतको गरिमा उच्च भएको भन्दै […]
झापा । जंगली हात्तीको आक्रमणबाट झापा एक जनाको मृत्यु भएको छ । शुक्रवार साँझ ५ः४० बजे मेचीनगर ९ थोप्लेविरान सामुदायिक वनस्थित भित्री सडकखण्डमा स्कुटीमा सवार एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ७ प २०४६ नं. को स्कुटी चालक बुद्धशान्ति ५ बस्ने कुमार श्रेष्ठकी श्रीमती ३४ वर्षिया सम्झना श्रेष्ठलाई […]
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि असोजको ४ गतेदेखि मतपत्र छाप्न सुरु गर्ने भएको छ। अहिले मतपत्र डिजाइन हुँदै गरेको र असोजको ४ गतेबाट छपाइ शुरु हुने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले थाहा खबरलाई जानकारी दिए। त्यसअघि आयोगले मनोनयन भएका समानुपातिक उम्मेदवारहरूको बन्दसूची असोज २ र ३ गतेसम्म बन्दसूची पेश गर्ने […]
बिर्तामोड । मोटरसाइकल र स्कुटरमा मोबाइल होल्डर राखे २० हजारसम्म जरिवाना हुने भएको छ । दुईपाङ्ग्रे सवारीसाधनमा मोबाइल राख्दा चालकको ध्यान भड्किएर दुर्घटनाको सम्भावना धेरै हुने भएकाले यसलाई अभियानकै रूपमा सुरु गर्न लागिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । ‘होल्डर राख्नु पनि सवारीसाधनको स्वरुप परिवर्तन गर्नु नै हो । यो […]
दमक । प्रदेश १ का कृषि मन्त्रि झलकसिंह दर्लामीले झापाको कमल गाँउपालिका वडा नं. ६ मा रहेको पुजा समाग्री उत्पादन गर्ने कृषि फर्मको अवलोकन गरेका छन । उनले यसलाई प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउदै नमुना काम रहेको पाएको बताए । यहाँहरुले गरेको काम फरक र नुमना छ । मन्त्री दर्लामीले भने, तपाईहरुको फरक […]
शिवसताक्षी । शिवसताक्षीका जनप्रतिनिधिले कार्यभार सम्हालेको सय दिन पुरा भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ४ ले सय दिनमा जनमुखी काम गरेको पाइएको छ । वडाध्यक्षमा निर्वाचित भएपछि वडाध्यक्ष विष्णु प्रसाईले वडा भित्रका विपन्न परिवारलाई निशल्क स्वास्थ्य विमा गरिदिने पहिलो बैठकबाट नै निर्णय गराएका थिए । वडाले हाल वडा भित्र सञ्चालन भएको स्वास्थ्य चौकीमा […]
शिवसताक्षी नगरपालिका २ स्थित मोती माध्यमिक विद्यायलका पूर्व प्रधानाध्यापक सम्मानित भएका छन् । विद्यालयको ५८ औ वाषिकोत्सव तथा १५७ मोती जयन्तीको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक कमल भट्टराई सम्मानित भएका हुन् । कार्यक्रमा वडा नं. २ का वडाध्यक्ष भिम नेम्वाङ्गले विद्यालयको वार्षिकोत्सव कार्यक्रमकालागि वर्षेनी १० हजार सहयोग गर्ने र आगामी बजेटमा वडाको […]
कमल । झापाको कमल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीचारीलाई विपद् जोखिम व्यवस्थापन स्थानीयकरण निर्देशिका अन्तर्गत स्थानीय सरकारको क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने तालिम प्रदान गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संयोजनमा सन्चालित तालिममा प्रदान गरिएको हो । तालिममा विपद् लेखाजोखा मार्गनिर्देशन अन्तर्गत विपद् आउनु भन्दा पहिले गर्नु पर्ने पुर्व तयारी र विपद् आईसकेपछि […]
झापा । डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार झापाका तीन पत्रकारलाई प्रदान गर्ने निर्णय भएको छ । कोरोना संक्रमणका कारण दुई वर्षदेखि स्थगन भएको सो पुरस्कार जीएन शर्मा, राजु पाठक र लीलाराज खड्का (खड्का) लाई प्रदान गरिने भएको हो । प्रेस सेन्टरका केन्द्रीय सचिव विमल लामिछानेको संयोजकत्वमा सेन्टरका जिल्ला अध्यक्ष झुलन रेग्मी र पत्रकार महासंघ झापाका […]
काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्येक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने दलहरुको चुनाव चिह्न मात्र मतपत्रमा राखिने भएको छ । निर्वाचन आयोगका अनुसार ४ मंसिरको चुनावमा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिक तथा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिक पद्धतिका गरी चार वटा अलग अलग मतपत्र हुनेछ । आयोगले यो पटक प्रत्यक्षतर्फको मतपत्रमा प्रत्येक निर्वाचन क्षेत्रमा उमेदवारी […]