भद्रपुर । भद्रपुर नगर क्षेत्रका क्षेत्री व्रामण समुदायका पुरूषहरूले जनै पूर्णिमा अन्र्तगत सामूहिक जनै फेर्ने कार्यक्रम सम्पन्न गरेका छन् । भृकुटी युवा क्लबको आयोजनामा भद्रपुर ९ स्थित हडिया निन्दा घाटमा सामूहिक जनै फेर्ने कार्यक्रम सम्पन्न गरिएको हो । भृकुटी युवा क्लबका अध्यक्ष डिल्लीराम अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा […]
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८६८ जनामा कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा ३ हजार ६१४ पीसीआर परीक्षणमा ४९६ र ३ हजार ९१ एन्टिजेन परीक्षणमा ३७२ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा कूल ६ हजार ७०५ जनाको नमुना परीक्षण गरिएको थियो । […]
विर्तामोड । उपभोक्ता जागरण अभियान झापाले बिर्तामोड नगर क्षेत्रमा फोहोरमैला थुप्रिएर दुर्गन्ध र संक्रामक रोगको प्रकोप फैलिनसक्ने बारेमा नगरपालिकाको ध्यानाकर्षण गराएको छ । आज अभियानका झापा अध्यक्ष मोहन काजी र केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीको उपस्थितिमा ध्यानाकर्षण पत्र विर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाईलाई बुझाइएको थियो । ध्यानाकर्षण पत्रमा यसो भनिएको छ– ‘झापाको मुख्य व्यापारिक […]
मेचीनगर । साढे तीन वर्षपछि काँकरभिट्टा माविमा व्यवस्थापन समिति गठन भएको छ । मेचीनगरका राजनीतिक दलहरुको सहमतिपछि बुधबार काँकरभिट्टा माविमा विद्यालय व्यवस्थापन समिति गठन भएको हो । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट भवानी केरुङ सर्वसम्मत चयन भएका छन् । ९ जनाको समितिमा ४ जना सदस्य यसअघि अभिभावकबाट मनोनित भएका छन् । जस्मा अभिभावकबाट […]
काठमाडौं । बालाजु बाइसधारामा आगलागी भएको छ। वान वर्ल्ड फूट वेयरमा आगो लागेको प्रहरीले जनाएको छ। आगो नियन्त्रण लिन नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित करिब ४ सय जना खटिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए। प्रहरीले काठमाडौं, ललितपुर भक्तपुर र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दमकल बोलाइएको थियो। अहिलेसम्म आगलागीको कारण […]
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यान दिएर मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । अद्यावधिक कार्यक्रमअनुसार आउँदो भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक ९दाबी विरोध समेत० को कार्यक्रम निर्वाचन कार्यालयमा सञ्चालन हुनेछ । उक्त प्रक्रियाअन्तर्गत नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई […]
झापा । प्रेस चौतारी झापाले नेपाल पत्रकार महासंघ झापालाई पूर्वाग्रहपूर्ण ढंगले गरेको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । पत्रकार भूमिराज पराजुली मािथ गरेको निर्णण अविलम्ब फिर्ता नलिए प्रेस चौतारी महासंघ विरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ । प्रेस चौतारी झापाका सदस्य एवम् माइपश्चिमका अध्यक्ष भूमिराज पराजुलीको सदस्यता निलम्बन गर्न प्रदेशलाई सिफारिस गरेको निर्णय […]
काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)ले पूर्वअध्यक्षहरुलाई अभिनन्दन गर्ने भएको छ । फोनिजको संगाठानिक जीवनमा अतुलनिय योगदान पुर्याएको भन्दै संस्थापक अध्यक्ष र दुई पूर्वअध्यक्षलाई अभिनन्दन गर्न लागेको हो । फोनिजले संस्थापक अध्यक्ष चन्द्रसिंह कुलुङ, पुर्वअध्यक्षद्वय खिम घले र मोहनसिंह लामालाई २३औँ स्थापना दिवसको आवसरमा अभिनन्दन गर्ने निर्णय गरेको महासचिव मिलन लिम्बूद्वारा जारी विज्ञप्तिमा जनाइएको […]
भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुरमा बढ्दै गएको चोरीका घटनाबाट आजित बनेका उद्योगी–व्यवसायीले आवश्यक सुरक्ष व्यवस्थापनको माग गर्दै भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । संघका वाणिज्य उपाध्यक्ष सन्तोष धमलाको नेतृत्वमा आज नगरपालिका पुगेको उद्योगी–व्यवसायकिो टोलीले नगरप्रमुख गणेश पोखरेललाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा भनिएको छ– ‘झापाको सबैभन्दा पुरानो औद्योगिक तथा व्यापारिक केन्द्र भद्रपुर क्षेत्रका व्यावसायिक […]
काठमाडौ । बर्डफ्लू प्रभावित किसानलाई राहत उपलब्ध गराउने बाटो खुलेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले ‘बर्डफ्लू नियन्त्रणका क्रममा नष्ट गरिएका बस्तुको राहत दिनेसम्बन्धी मापदण्ड–०७९’ नेपाल राजपत्रमा प्रकाशित गरेसँगै किसानलाई क्षतिको ७५ प्रतिशत राहत रकम उपलब्ध गराउने बाटो खुलेको हो । बर्डफ्लू नियन्त्रणका क्रममा सरकारले पंक्षी, पंक्षीजन्य पदार्थ र पंक्षी उत्पादन सामग्री नष्ट गर्ने […]