Sajhamanch Archive

आन्दोलनमा सहयोग गर्ने सम्मानित

Published: in विविधा, समाज by . Leave a Comment on आन्दोलनमा सहयोग गर्ने सम्मानित.

भद्रपुर । नयाँ वर्ष २०७९ आगमनको पूर्व अवसर पारेर भद्रपुर स्थित बाल विकास शिक्षक संघर्ष समितिले आफ्नो अधिकार प्राप्तिको आन्दोलनमा सहयोग पुर्याउने विभिन्न निकायलाई सम्मान गरेको छ । बाल विकास शिक्षकका अधिकार स्थापित गराउने क्रममा भएका विभिन्न आन्दोलनमा सहयोग गर्ने शिक्षक महासंघ लगायत विभिन्न संघ, संगठन र सञ्चारकर्मीलाई सम्मान गरेको हो । बाल शिक्षकका लागि […]

न्यौपाने बन्धु समाज नेपालद्वारा सात न्यौपाने बन्धुहरु सम्मानित

Published: in विविधा, समाज by . Leave a Comment on न्यौपाने बन्धु समाज नेपालद्वारा सात न्यौपाने बन्धुहरु सम्मानित.

झापा । न्यौपाने बन्धु समाज नेपाल जिल्ला समन्वय समिति झापाले बार्षिक साधारणसभाको अवसर पारेर न्यौपाने बन्धुलाई सम्मान गरेको छ । आज शनिबार कन्काई ४ स्थित कोटिहोममा रहेको समाजको भवनमा आयोजित सातौं जिल्ला अधिवेशनको अवसरमा जिल्लाका बिभिन्न सरकारी कार्यालयमा कार्यरत न्यौपाने बन्धुलाई सम्मान गरेको हो । झापाका साहयक प्रमुख जिल्ला अधिकारीद्धय चोमेन्द्र न्यौपान र रुद्र न्यौपाने […]

शिवसताक्षी ६ का ज्येष्ठ नागरिकलाई सम्मान गर्दै वडाध्यक्ष कार्की

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षी ६ का ज्येष्ठ नागरिकलाई सम्मान गर्दै वडाध्यक्ष कार्की.

शिवसताक्षी । झापा शिवसतक्षीका ज्येष्ठ नागरिकलाई वितरण झुल वितरण गर्दै सम्मान गरिएको छ । शिवसतक्षीको वडा नं. ६को कार्यालयले वडाका ७५ वर्ष माथिका १७० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । वडाको ९० हजार बजेटबाट ज्येष्ठ नागरिकलाई झुल वितरण गर्दै सम्मान गरिएको वडाध्यक्ष मजोज खुलाल कार्कीले बताए । उनले गर्मीको समयमा लामखुट्टेको टोकाईबाट विभिन्न रोग […]

सर्लाहीमा गोली लागेर घाइते युवकको मृत्यु, भारतीय नागरिक भएको पुष्टि

Published: in विविधा, समाज by . Leave a Comment on सर्लाहीमा गोली लागेर घाइते युवकको मृत्यु, भारतीय नागरिक भएको पुष्टि.

काठमाडौं । सर्लाहीको मलंगवामा अज्ञातको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । बुधबार साँझ साढे ७ बजेतिर मलंगवा नगरपालिका–९, कृष्णामति माविको कम्पाउण्ड पूर्व रिङरोड नजिक चलेको गोली लागेर घाइते भएका भारतको सोनबर्सास्थित विष्णुपुर नगरनिगमका ३५ वर्षीय इन्दल महतोको मलंगवास्थित अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलका अनुसार मोटरसाइकलमा […]

प्रेस चौतारी माइ पश्चिम क्षेत्रीय कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत

Published: in विविधा, समाज by . Leave a Comment on प्रेस चौतारी माइ पश्चिम क्षेत्रीय कमिटी अध्यक्षमा पराजुली सर्वसम्मत.

दमक । प्रेस चौतारी माइ पश्चिम क्षेत्रीय कमिटी झापाको चौथो अधिवेशनले अध्यक्षमा भुमिराज पराजुलीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । दमकमा आज भएको अधिवेशनले उपाध्यक्षमा लक्ष्मी प्रसाद अधिकारी, सचिवमा कोशिष शिवाकोटी, सहसचिवमा सृष्टि गुरागाई, कोषाध्यक्षमा दिपेस पोखरेललाई सर्वसम्मत चयन गरेको हो । क्षेत्रीय कमिटीको सदस्यहरुमा मातृका पौडेल, जयकुमार राई, कमल कटुवाल, मन राईलाई चयन गरेको […]

नेकपा एमाले शिवसताक्षी ११ को वडाध्यक्ष पदका लागि आङ्गबो सर्वसम्मत

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on नेकपा एमाले शिवसताक्षी ११ को वडाध्यक्ष पदका लागि आङ्गबो सर्वसम्मत.

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी वडा ११ नं. वडाले वडाध्यक्ष लगायत सदस्यहरुको उम्मेद्वारका लागि नाम टुंगो लगाएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि वडा नं. ११ मा वडाध्यक्षको उम्मेद्वारमा बहादुर आङ्गबो नाम सर्व सम्मत टुंगो लागेको हो । वडाध्यक्ष पदको आकाक्षीमा डिल्लीरमण खतिवडा, देवेन्द्र खरेल र बहादुर आङ्गबोको नाम परे पनि डिल्लीरमण र देबेन्द्र […]

साहारा नेपालको दमक र केर्खा सेवाकेन्द्रले विभिन्न कार्यक्रम गर्दै २७ औं वार्षिक उत्सव मनाए

Published: in विविधा, स्थानीय तह by . Leave a Comment on साहारा नेपालको दमक र केर्खा सेवाकेन्द्रले विभिन्न कार्यक्रम गर्दै २७ औं वार्षिक उत्सव मनाए.

कमल, चैत २१ । झापाको चारपाने स्थित साहारा नेपाल बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आज विभिन्न कार्यक्रम गरी २७ औं वार्षिक उत्सव मनाएको छ । यसैक्रममा सस्थाको सेवाकेन्द्र दमकले समेत विभिन्न कार्यक्रम गरी २७ औं वार्षिक उत्सव मनाएको हो । सहारा नेपालले बचत तथा ऋणको मात्र कारोवार नगरेर समाज परिवर्तमा थुप्रै कार्यक्रम गर्नेगरेको छ […]

टाइफाइट बिरूद्ध भद्रपुरमा १७ हजार बालबालिकालाई खोप दिने तयारी

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on टाइफाइट बिरूद्ध भद्रपुरमा १७ हजार बालबालिकालाई खोप दिने तयारी.

भद्रपुर । टाइफाइट बिरूद्ध भद्रपुरमा १७ हजार ९ सय १६ जना बाल बालिकालाई खोप लगाइने भएको छ । स्वास्थ्य शाखा भद्रपुरको आयोजनामा भएको राजनीतिक दल, सरोकारवाला शाखा प्रमुख तथा सञ्चारकर्मी सितको अन्र्तक्रिया कार्यक्रममा नेपालमा पहिलो पटक टाइफाइड विरुद्धको खोप अभियान अन्र्तगत बाल बालिकालाई विद्यालयमै पुगेर खोप लगाइने भएको हो । १५ महिना देखि १५ वर्षसम्म […]

शिवसताक्षीमा रिङ्गरोडले सबै वडा जोड्यो, दश किलोमिटर कालो पत्रे सम्पन्न

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह, by . Leave a Comment on शिवसताक्षीमा रिङ्गरोडले सबै वडा जोड्यो, दश किलोमिटर कालो पत्रे सम्पन्न.

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले नगर समृद्धको आधार मानेको रिङ्गरोड सडक पाँच वर्षमा १० किलोमिटर कालो पत्रे गरेको छ । नगर गौरवको आयोजनामा समेटिएको ३९ किलोमिटर सडकको १० किलोमिटर कालोपत्रे सम्पन्न गरेको हो । नगरपालिकाको धरमपुरबाट वडा नं. हुँदै सुरु भएको सडक माइधर सम्म आउँदा नगर सबै वडाहरुलाई छुने गर्दछ । सडकको काम गएको पाँचवर्षमा पुल, […]

सुकुम्बासीको अभिभावक बन्दै शिवसताक्षी नगरपालिका, पाँच विपन्न परिवारलाई घर हस्तान्तरण

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on सुकुम्बासीको अभिभावक बन्दै शिवसताक्षी नगरपालिका, पाँच विपन्न परिवारलाई घर हस्तान्तरण.

शिवसताक्षी । झापाको शिवताक्षीमा जनता आवाश कार्यक्रम अन्तर्गत बनाएको घरबार विहीन सुकुम्बासीलाई हस्तान्तरण गरिएको छ । आइतबार शिवसताक्षीका घरबार विहीन पाँच परिवारलाई नगरप्रमुख चन्द्रकुमार सेर्मा, उपप्रमुख भोजकुमारी नेपालले घरको चावी हस्तान्तरण गरेका हुन् । घर प्राप्त गर्ने सुकुम्बासीहरुमा शिवसताक्षी न.पा. ११ का धनबहादुर गुरुङ्ग, रामकुमारी मण्डल, प्रेम भेट्वाल, होमबहादुर सार्की र शिवसताक्षी न.पा. ८ की […]