Sajhamanch Archive

आयोजक कमललाई हराउदै टेम्के फुटवल क्लव धरान बिजयी

Published: in खेलकुद, विविधा by . Leave a Comment on आयोजक कमललाई हराउदै टेम्के फुटवल क्लव धरान बिजयी.

कमल । प्रदेश स्तरीय प्रथम अध्यक्ष कप फुटवल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कमल गाउँपालिकालाई १ –० गोल अन्तरले हराउदै टेम्के फुटवल क्लव धरान सुनसरी बिजयी भएको छ । खेलको पहिलो हाफको २५ औ मिनेटमा टेम्के फुटवल क्लव धरानका तर्फ बाट जर्सि नम्वर १४ का जनक कोईरालाले गोल गर्नु भएको थियो । सोही गोलले टिमलाई बिजयी […]

कमलनगर जेसीजद्वारा सामाजिक न्याय, लैंगिक समानता र दिगो विकास सम्बन्धि अन्तरक्रिया

Published: in विविधा, समाज by . Leave a Comment on कमलनगर जेसीजद्वारा सामाजिक न्याय, लैंगिक समानता र दिगो विकास सम्बन्धि अन्तरक्रिया.

कमल । कमल नगर जेसीजले सामाजिक न्याय, लैंगिक समानता र दिगो विकाससँग सम्वन्धि अन्तरक्रिया गरेको छ । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर कमल नगर जेसीजले “सामाजिक न्याय र लैंगिक समानता ः दिगो विकासमा जेसीजको भुभिका” विषयक अन्तरक्रिया गरेको हो । सामाजिक न्याय र लैंगिक समानता भएमात्र दिगो विकासको सुनिश्चितता हुने भएकोले आगामी […]

भारतले महाकाली नदीको बहाव परिवर्तन हुने गरी एकतर्फी तटबन्ध बनाउन थालेपछि तनाव

Published: in विविधा, समाज by . Leave a Comment on भारतले महाकाली नदीको बहाव परिवर्तन हुने गरी एकतर्फी तटबन्ध बनाउन थालेपछि तनाव.

दार्चुला । भारतले नेपालको अनुमति विना महाकाली नदीमा एकतर्फी रुपमा तटबन्ध बनाउन थालेपछि तनाव सिर्जना भएको छ । दार्चुलामा नेपाली पक्षलाई जानकारी नै नदिएर भारतीय पक्षले नदीको बहाव परिवर्तन हुने गरी आफूखुशी पक्की तटबन्ध निर्माणको कार्य गरेपछि दुवै पक्षबीच तनाव भएको हो । महाकाली नगरपालिका(४ स्थित लास्कु खोला नजिकै भारतीय पक्षले स्काभेटर लगाएर महाकालीको बहाव […]

निगमले आईओसीलाई बुझायो १४ अर्ब ३० करोड

Published: in अर्थतन्त्र, विविधा by . Leave a Comment on निगमले आईओसीलाई बुझायो १४ अर्ब ३० करोड.

काठमाडौँ । नेपाल आयल निगमले मार्च महिनाको पहिलो किस्तावापत इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १४ अर्ब ३० करोड रुपैयाँ बुझाएको छ । इन्धन बिक्री गरेवापत आर्जन गरेको १० अर्ब ५ करोड र नपुग ४ अर्ब २५ करोड स्थिरीकरण कोषबाट झिकेर मंगलबार आईओसीलाई बुझाएको हो । निगमले हरेक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आईओसीलाई भुक्तानी […]

प्रजातान्त्रिक आन्दोलनकी अगुवा नेतृ हर्षकुमारी सम्मानित

Published: in विविधा, समाज by . Leave a Comment on प्रजातान्त्रिक आन्दोलनकी अगुवा नेतृ हर्षकुमारी सम्मानित.

विर्तामोड । सामाजिक न्याय, हिंसा न्युनीकरण एवं समाज रुपान्तरणका लागि क्रियाशील सामाजिक संस्था मेची–महाकाली संयुक्त बुहारी आवाज झापाले प्रजातान्त्रिक आन्दोलनकी अग्रणी योद्धा झापा चन्द्रगढी निवासी हर्षकुमारी थपलियालाई सम्मान गरेको छ । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चन्द्रगढीस्थित उहाँको निवासमै पुगेर बुहारीहरुको संस्थाले दोसल्ला, सम्मान पत्र र नगद ११ हजार १ सय १५ रुपैयाँसहित […]

नारी दिवसको अवसरमा अन्तरक्रिया

Published: in विविधा, समाज by . Leave a Comment on नारी दिवसको अवसरमा अन्तरक्रिया.

विर्तामोड । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नेपाल महिला संघ झापा कनकाई नगरसमितिले अन्तरक्रियात्मक कार्यक्रम झापाको कनकाई–७ स्थित जेष्ठ नागरिक भवनमा सम्पन्न गरेको छ । महिलाहरुलाई राजनीतिक दल एवं सामाजिक संघसंस्थाहरुको अधिकतम सहभागी गराउँदै सांगठनिक सक्रियता बढाउने सन्दर्भमा कार्यक्रममा छलफल एवं अन्तरक्रिया भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली […]

 प्रदेश सरकारले ११२ औं अन्तराष्ट्रिय महिला दिवस भव्य रुपमा मनाउने

Published: (Updated: ) in प्रदेश तह, विविधा, समाज by . Leave a Comment on  प्रदेश सरकारले ११२ औं अन्तराष्ट्रिय महिला दिवस भव्य रुपमा मनाउने.

विराटनगर । प्रदेश १ सरकारले ११२ औं अन्र्तराष्ट्रिय महिला दिवस भव्यरुपमा मनाउने भएको छ । सामाजिक विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गरि मार्च ८ अर्थात भोली मनाईने दिवसको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । मन्त्रालयका सचिव दीर्घराज मैनालीले भोली विहान मुख्यमन्त्री राजेन्द्रकुमार राईको उपस्थितिमा सामाजिक संघ संस्थाहरुको सहभागितामा विराटनगर देवकोटा चौकमा भेला भएर नेपाल […]

कमल गाउँपालिकामा बालमैत्री वडा घोषणा

Published: in विविधा, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा बालमैत्री वडा घोषणा.

कमल । झापाको कमल गाउँपालिका वडा नम्वर ४ ले वडालाई वालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेको छ । बालमैत्री गाउँपालिका घोषणा गर्नका लागी आवश्यक पर्ने ५१ वटा सुचक मध्ये वडा नम्वर ४ ले सबै सुचक पुरा गरेपछि आज एक कार्यक्रमका बिच वडालाई पालिकाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको हो । कमल गाउँपालिका कार्यपालिकाको २०७७ साल […]

शिशुसहित ललितपुरमा एकैपरिवारका ५ जनाको मृत्यु

Published: in विविधा, समाज by . Leave a Comment on शिशुसहित ललितपुरमा एकैपरिवारका ५ जनाको मृत्यु.

काठमाडौं । ललितपुरको नल्लुमा २ दिने शिशुसहित एकैपरिवारका ५ जनाको मृत्यु भएको छ । ४ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई जानकारी दिए । ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नम्बर ४ नल्लुस्थित एकै घरमा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। स्थानीय काइँली स्याङ्तानको घरका […]

नेकपा एमालेको अगुवाईमा आगलागीबाट क्षतिग्रस्त भवनको पुन निर्माणको सुभारम्भ

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on नेकपा एमालेको अगुवाईमा आगलागीबाट क्षतिग्रस्त भवनको पुन निर्माणको सुभारम्भ.

शिवसताक्षी । झापाको पर्यटकीय क्षेत्र दोमुखाका आगलागी भएका भवन नेकपा एमालेले पुननिर्माण गरिदिने भएको छ । सोमबार आगलागी स्थलको अवलोकन गरी संघीय सांसद एलपी साँवा लगायत टोलीले आगलागी भएका भवनको पुननिर्माण गरिदिने बताएका हुन् । उक्त भवनहरु नेकपा एमालेको अगुवाईमा बन्ने संघीय सांसद एलपी साँवा लिम्बुले बताए । संसाद साँवाले भवन निर्माणका लागि ५१ हजार […]