Sajhamanch Archive

झापाको मेचीनगर स्थित फुटवेयर जुत्ता उद्योगमा आगलागी

Published: in विविधा, समाज by . Leave a Comment on झापाको मेचीनगर स्थित फुटवेयर जुत्ता उद्योगमा आगलागी.

मेचीनगर । झापाको मेचीनगर स्थित फुटवेयर जुत्ता उद्योगमा आगलागी भएको छ । मेचीनगर—६ स्थित एसएस फूटवयेर जुत्ता उद्योगमा बिहान पौने ११ बजे आगो शुरु भएको उद्योगका सञ्चालक श्याम पिन्टु खेतानले जानकारी दिए । विर्तामोड, भद्रपुर, दमक नगरपालिका र कमल गाउँपालिकाको बारुणयन्त्रसहित स्थानीयवासी नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेनाले आगो निभाउने प्रयास गरिरहेका छन् । स्टोर […]

स्थानीय तह निर्वाचनको माग गर्दै अनेरास्ववियुद्वारा सडक बहस

Published: in राजनीति, विविधा by . Leave a Comment on स्थानीय तह निर्वाचनको माग गर्दै अनेरास्ववियुद्वारा सडक बहस.

विराटनगर । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु प्रदेश १ कमिटीले स्थानीय तह निर्वाचनको माग गर्दै आज विराटनगरमा सडक बहस गरेको छ । विराटनगर ट्राफिक चौकमा आयोजित कार्यक्रमका बक्ताहरुले स्थानीय तहको निर्वाचन तत्काल घोषणा हुनुपर्ने बताएका छन् । निर्वाचन मिति घोषणा गर्न सरकारले आलटाल गरिरहेको उनीहरुको भनाई छ । प्रदेश १ का पूर्व मुख्यन्यायाधिवक्ता चुडामणि आचार्यले […]

भद्रपुरका कृषकलाई कृषि सामाग्री प्रदान

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on भद्रपुरका कृषकलाई कृषि सामाग्री प्रदान.

भद्रपुर । प्रदेश सरकारद्वारा प्रदान गरिएको झापाको भद्रपुर ९ का कृषकहरुलाई २० थान मोटर सहितको ट्युवेल जडान पाइप एक कार्यक्रमका बीच प्रदान गरिएको छ । भद्रपुर ९ को वार्ड कार्यलय चन्द्रगढीमा बुधवार आयोजीत संक्षिप्त कार्यक्रमका वीच भद्रपुर ९ का वार्ड सदस्य नुतन पौडेलको एकल पहलमा भुमिगत जलश्रोत विकाश समिति विराटनगर मार्फत उपलब्ध स्यालु टुवेल पाईपलाई […]

नेवाः मिसा दबू शिवसताक्षी नगर समिति गठन

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on नेवाः मिसा दबू शिवसताक्षी नगर समिति गठन.

शिवसताक्षी । झापाको शिवसताक्षीमा नेवाः मिसा दबू शिवसताक्षी नगर समिति गठन भएको छ । यसोदा श्रेष्ठको अध्यक्षमा १३ सदस्यीय नेवाः सिसा दबू शिवसताक्षी नगर समिति गठन भएको हो । जसको उपाध्यक्षमा धनमाया श्रेष्ठ, सचिवमा देवी श्रेष्ठ, सह सचिवमा डमरीकुमारी श्रेष्ठ र कोषाध्यक्षमा कमला श्रेष्ठ सर्वसम्मत चयन भएको नेवाः मिसा दबू जिल्ला सदस्य निर्मला प्रधानले जानकारी […]

कचनकवलमा ६८ जना स्वास्थ्य स्वयमसेविकालाई साइकल वितरण

Published: in विविधा, समाज by . Leave a Comment on कचनकवलमा ६८ जना स्वास्थ्य स्वयमसेविकालाई साइकल वितरण.

भद्रपुर । झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकामा दूरदराजका गाउँ–वस्तीका घर–घरमा वर्षौंदेखि हिँडेरै पुगेर स्वास्थ्य सेवा पुर्याउँदै आएका स्वास्थ्य स्वयम्सेविकाहरुको समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले साइकल उपलब्ध गराएको छ । स्वास्थ्य स्वयम्सेविकाहरुको कामलाई सहज र छिटो–छरितो बनाउने उद्देश्यले उनीहरुलाई गाउँपालिकाले नयाँ साइकल वितरण गरेको हो । गाउँपालिकामा हाल सेवारत् ६१ जना र वर्षौसम्म सेवा पुर्याएर हाल अवकाश […]

प्रदेश १ मा ५७२ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ५७२ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७२ जनामा कोरोना संक्रमण भएको छ । ९७४ जनाको पीसीआर परीक्षण परीक्षण गर्दा ३६४ र ७४२ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६५, झापामा ८५, सुनसरीमा ६२, धनकुटामा १०, उदयपुरमा ७, संखुवासभा […]

प्रदेश १ मा ४६२ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ४६२ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६२ जनामा कोरोना संक्रमण भएको छ । ६४० जनाको पीसीआर परीक्षण गर्दा २२४ र ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९५, झापामा ५५, सुनसरीमा ४०, उदयपुरमा ३, इलाममा २, ताप्लेजुङ, तेहृथुम, […]

भद्रपुर जेसीजको ४६ औ पद हस्तान्तरण विविध कार्यक्रमका साथ सम्पन्न

Published: in विविधा, समाज by . Leave a Comment on भद्रपुर जेसीजको ४६ औ पद हस्तान्तरण विविध कार्यक्रमका साथ सम्पन्न.

भद्रपुर । भद्रपुर जेसीजको ४६ औ पद हस्तान्तरण कार्यक्रम विविध कार्यक्रम गरी सम्पन्न गरिएको छ । सन् २०२१ का अध्यक्ष खिलनाथ पाण्डे निकासको अध्यक्षता तथा पूर्व कानुन मन्त्री अग्निप्रसाद खरेलको प्रमुख आतिथ्यमा उत्कृष्ट नागरिक सम्मान, क्यान्सर रोग पीडितलाई आर्थिक सहयोग, भद्रपुर जेसीज स्मारिका विमोचन लगायत कार्यक्रम गरी पद हस्तान्तरण गरिएको हो । सन् २०२१ का […]

सतासीधाम जेसीजका पदाधिकारीहरुलाई एक दिवशीय ट्रेनिङ

Published: in विविधा, समाज by . Leave a Comment on सतासीधाम जेसीजका पदाधिकारीहरुलाई एक दिवशीय ट्रेनिङ.

शिवसताक्षी । शिवसताक्षीमा रहेको सतासीधाम जेसीजले कार्यसमितिका सदस्यहरुलाई एक दिवशीय प्रि इन्डक्सन लोम अफिसर ट्रेनिङ दिएको छ । सतासीधाम जेसीजले निर्माण गरेको सामुदायिक जेसीज कभर्ड हलका उक्त ट्रेनिङ दिएको हो । जेसीज के हो ? जेसीजका पदाधिकारीहरुले आफ्नो कार्यक्षेत्र, जिम्मेवारबोध र कार्यसम्पादन सम्बन्धि सिकाईका लागि पदाधिकारीहरुलाई ट्रेनिङ दिएको जेसीजका वर्तमान अध्यक्ष अर्जुन भट्टराईले बताए । […]

वीरता जेसीजको स्थापना दिवसमा संस्थापक अध्यक्ष तथा राष्ट्रियसभा सदस्य वस्नेतलाई सम्मान

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on वीरता जेसीजको स्थापना दिवसमा संस्थापक अध्यक्ष तथा राष्ट्रियसभा सदस्य वस्नेतलाई सम्मान.

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको वीरता जेसीजले पहिलो पटक स्थापना दिवस मनाएको छ । सन् १९८१ मा स्थापना भएको वीरता जेसीजले स्थापनाको ४१ औं वर्षमा स्थापना दिवस मनाएको हो । वीरता जेसीज सन् २०२२ को अध्यक्षमा प्रविण खड्का निर्वाचित भएर कार्यभार सम्हालेसंगै खड्काले आफ्नो कार्यकालमा नयाँ कार्यको थालनीको रुपमा पहिलो पटक स्थापना दिवस मनाउन शुरु […]