काठमाडौं । मलेसियामा आएको केही दशकयताकै ठूलो बाढीमा परी अहिलेसम्म कम्तीमा ४७ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार तीन दिनसम्म परेको अविरल वर्षापछि आएको बाढीको कारण मलेसियाका धेरै राज्यहरु प्रभावित भएका छन् । प्रहरीका अनुसार बाढीमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या ४७ पुगेको छ भने अन्य पाँच जना बेपत्ता छन् । यसअघि ३३ […]
विराटनगर । थालासेमिया पिडित बिरामीको उपचारका लागि मोरङको विराटनगरमा आयोजित ‘च्यारिटी सो’ सम्पन्न भएको छ । क्रिसमस इभको अवसर पारेर शुक्रबार विराटनगरको कञ्चनजंघा ब्यान्केटमा ‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यारिटी २०२१’ सम्पन्न भएको हो । हालसम्म मोरङ, सुनसरी र प्रदेश २ का विभिन्न जिल्लाका गरि सम्पर्कमा आएका १०५ जना थालासेमिया पिडित बिरामीहरु उपचारमा सहयोग पुर्याउन […]
विर्तामोड । श्रीकृष्ण प्रणामी वाइजुराज महिला समिति, झापाको आयोजनामा एकदिने क्षमता अभिबृद्धि तथा महिला नेतृत्व विकास प्रशिक्षण कार्यक्रम गरिएको छ । आइतबार झापाको चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरको प्राङ्गणमा वाइजुराजमा आबद्ध महिलाहरुको क्षमता अभिबृद्धिका लागि प्रशिक्षण कार्यक्रम गरिएको हो । बाइजुराज महारानीको तस्वीरमा माल्यार्पण तथा दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण भएको छ । ३५५ जनाको पीसीआर परीक्षण गर्दा २२ र ४८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा ४, झापामा ३, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा […]
भद्रपुर । नेपाल निजामति कर्मचारी युनियनको आठौ जिल्ला अधिवेशनले कविन्द्र बिक्रम नेम्वाङ्गको अध्यक्षतामा २१ सदस्यीय नयां कार्य समिति चयन गरेको छ । झापाको भद्रपुरमा शनिबार सम्पन्न कर्मचारी युनियनको अधिबेशनले उपाध्यक्षमा ज्ञानु सिवाकोटी,अरुण शाह र उशोदा कोईराला ,सचिवमा भानुभत्त भट्टराई ,सह सचिवमा चन्द्र पौडेल र कोषाध्यक्षमा सरोज विक लगायतको २१ सदस्यीय नयां कार्य समिति सर्वसम्मत चयन […]
बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाको अध्यक्षमा मिलन ओली सर्वसम्मत रुपमा चयन भएका छन् । इक्यान झापाको शनिबार बिर्तामोडमा भएको दोस्रो जिल्ला अधिवेशनले निर्वमान अध्यक्ष सुमान शर्मा जम्मरकट्टेल, उपाध्यक्षमा मदन बुढाथोकी, सचिवमा राजकुमार कार्की र कोषध्यक्षमा अशोक भण्डारी सर्वसम्मत रुपमा चयन भएका हुन् । समितिको सदस्यहरुमा अग्निप्रसाद सापकोटा, रोशन सुवेदी, दिपक बाँस्तोला र […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण भएको छ । १५६ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा ५, सुनसरीमा ४, झापामा २ र इलाममा १ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ४ र मिक्लाजुङमा १, सुनसरीको इटहरीमा ३ […]
शिवसताक्षी । झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधामबाट भारतको बोर्डर होकलबारी सम्मको सडकमा कालो पत्रे गर्न सुरु गरिएको छ । सताक्षीधामबाट होलकारीसम्म २७ किमी सडक मध्ये चौरी बजारदेखि उत्तर झिलझिलेसम्म १९ कि.मी सडकमा कालो पत्रे लगाउन सुरु गरिएको हो । प्रदेश नं. १ को भौतिक मन्त्रालय अन्तर्गतको ३५ करोडको लागतमा २७ किमी सडकको तिब्र रुपमा […]
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले महिला हिंसाका घटना बढ्नु दुःखत भएको बताएका छन् । बर्षेनी यो संख्या बढ्दै जानु चिन्ताको विषय भएको हो । सामाजिक विकास मन्त्रालयका आयोजनामा अल्पकालिन आश्रयस्थलहरुले प्रवाह गर्ने सेवा सुविधाका संवन्धमा स्थानीय तहका उपप्रमुख र आश्रयस्थलहरुका संयोजकहरुवीच आज देखि विराटनगरमा शुरु भएको समीक्षा तथा अन्तरक्रिया कार्यक्रमको […]
शिवसताक्षी । झापाको शिवसताक्षी ७ स्थित मिलनचौकमा चासोक तङ्नाम पर्व भव्य रुपमा मनाइएको छ । मंगलबार मिलन साँस्कृतिक परिवारको आयोजनामा लिम्बु जातिको मौलिक पर्व मिलन याक्थुङ चुम्भो चासोक तङ्नाम २०७८ भव्यका साथ मनाइएको हो । कार्यक्रमको उद्घाटन शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्माले गरेका थिए । चासोक तङ्नाम कार्यक्रममा न्वागी पुजा गरी प्रसाद वितरण गरी लिम्बु […]