Sajhamanch Archive

प्रदेश १ मा ३३ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३३ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना संक्रमण भएको छ । ३३२ जनाको पीसीआर परीक्षण गर्दा ३० र २२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६, झापामा ९, सुनसरीमा ४ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण […]

२८ मंसिरदेखि ई-पासपोर्ट अनिवार्य, एमआरपी बन्द गर्दै विभाग

Published: in विविधा, समाज by . Leave a Comment on २८ मंसिरदेखि ई-पासपोर्ट अनिवार्य, एमआरपी बन्द गर्दै विभाग.

काठमाडौं। राहदानी विभागले २८ मंसिरबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी)को वितरण बन्द गरी ई–पासपोर्ट अनिवार्य गर्ने भएको छ। विभागको कार्यालय नारायणहिटीबाट वितरण गरिरहेको एम आरपी टोकन १५ मंसिरबाट बन्द गरेको राहदानी विभागले जनाएको छ। विभागले १ मंसिरबाट औपचारिक रूपमा ई(पासपोर्ट वितरण थालेको थियो। ई–पासपोर्ट जारी गरे पनि विभागले एमआरपी बन्द गरेको थिएन। एमआरपी प्रणालीको तथ्यांक नयाँ […]

कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप सुरु, विर्तामोड र बाह्रदशीको विजयी सुरुवात

Published: in खेलकुद, विविधा by . Leave a Comment on कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप सुरु, विर्तामोड र बाह्रदशीको विजयी सुरुवात.

झापा। कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप भलिबल खेल प्रतियोगिता आज मंगलबार देखि सुरु भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालित सो प्रतियोगिताको पहिलो खेलमा बाह्रदशी गाउँपालिका विजयी भएका छन् । कमल गाउँपालिकालाई १९–२५, १५, २५ र २२–२५ को सेटमा पराजित गर्दै बाह्रदशी गाउँपालिका विजयी भएका छन् । प्रतियोगिताको म्यान अफ दि म्याच […]

सिम्रिक साकोसको ११ औं साधारण सभा आजबाट सुरु

Published: in विविधा, सहकारी by . Leave a Comment on सिम्रिक साकोसको ११ औं साधारण सभा आजबाट सुरु.

बिर्तामोड । झापाको बिर्तामोड –४मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले ११ औं वार्षिक साधारणसभा सेवाकेन्द्रगत रुपमा मंगलबारबाट शुरु गरेको छ । प्रदेश सहकारी रजिष्ट्रार कार्यालय प्रदेश नम्बर–१ इटहरीको परिपत्र अनुसार तथा संस्थाको संशोधित विनियम २०७७ को परिच्छेद (६)को दफा २९ को उपदफा ४ बमोजिम सेवाकेन्द्रगत रुपमा साधारण सभा शुरु गरिएको संस्थाका […]

एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी.

चितवन । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिए । यद्यपि निर्वाचन समितिले मत परिणामको […]

नारायण गोपाल स्मृति साँझको तयारी

Published: in विविधा, समाज by . Leave a Comment on नारायण गोपाल स्मृति साँझको तयारी.

बिर्तामोड । साहित्य चौतारी विर्तामोड झापाले स्वरसम्राट नारायण गोपाल स्मृति दिवसको सन्दर्भ पारेर नारायण गोपाल स्मृति साँझको तयारी गरेको छ । साहित्य चौतारी विर्तामोड झापाका अध्यक्ष हस्त परियार तथा साहित्य चौतारी विर्तामोड झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ तथा संरक्षिका उर्मिला विमली श्रेष्ठको विशेष उपस्थितीमा वसेको बैठकले नारायण गोपाल स्मृति साँझको तयारी गरेको जनाएको हो । […]

प्रदेश १ मा २४ जनामा कोरोना संक्रमण

Published: in विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २४ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना संक्रमण भएको छ । ३३९ जनाको पीसीआर परिक्षण गर्दा २३ र ३० जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९, मोरङमा ५, सुनसरीमा ४, उदयपुरमा २, भोजपुर, इलाम र प्रदेश १ […]

झापाको विरिङ्ग पुलमा दुर्घटना हुँदा एकको मृत्यु, २२ जना घाइते

Published: in विविधा, समाज by . Leave a Comment on झापाको विरिङ्ग पुलमा दुर्घटना हुँदा एकको मृत्यु, २२ जना घाइते.

सुरुङ्गा । झापाको विरिङ्ग पुलमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जसमा २२ जना घाइते भएका छन् । झापाकोकन्काई नगरपालिका ८ स्थित पूर्व–पश्चिम राजमार्गको बिरिङ्ग पुलमा आज दिउँसो साढे १२ बजे पूर्वबाट–पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको उपचारको क्रममा मृत्यु भएको […]

जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २७ यात्रु घाइते

Published: in विविधा, समाज by . Leave a Comment on जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २७ यात्रु घाइते.

जाजरकोट । जाजरकोट जिल्लामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ याुत्र घाइते भएका छन् । नेपालगञ्जबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडिबजारका लागि छुटेको ना ६ ख २७५७ नम्बरको बस जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौर नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । बसमा ३२ जना यात्रु थिए । ज्यान […]

नेकपा माओवादी केन्द्र शिवसताक्षीमा भट्टराई सर्वसम्मत

Published: in राजनीति, विविधा by . Leave a Comment on नेकपा माओवादी केन्द्र शिवसताक्षीमा भट्टराई सर्वसम्मत.

शिवसताक्षी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शिवसताक्षीको अध्यक्षमा महेन्द्र भट्टराई सर्वसम्मत चयन भएका छन् । शनिबार शिवसताक्षीको दूधेमा भएको प्रथम नगर अधिवेशनबाट भट्टराई सर्वसम्मत चयन भएका हुन् । जसको उपाध्यक्षमा प्रेम एम्फु राई, कचली ताजपुरिया, गणेश बजगाई चयन भएका छन् । त्यसैगरी सह सचिवमा भुवन राई सर्वसम्मत चयन भएका छन् । अधिवेशनले ६२ जना […]