विर्तामोड । निर्माण व्यवसायी संघ झापाको १४ औं साधारणसभा मंसिरको तेस्रो साता हुने भएको छ । संघको यही कात्तिक २३ गते बसेको कार्यसमिति बैठकले साधारणसभा मंसिर २१ र २२ गते विर्तामोडमा गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष मिलन वस्नेतको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । यस वर्षको साधारणसभा चुनावी साधारणसभा भएकोले झापाका […]
भद्रपुर । प्रदेश नम्बर १ को सर्वाधिक जनसहभागिता रहने छठ पूजा स्थलको पहिचान बनाएको भद्रपुर स्थित मेची नदीमा दुई वर्षपछि भव्य रूपमा छठ पूजा गरिएको छ । गत वर्ष कोरोनाका कारण रोकिएको छठ पूजा तराइबासीको महत्वपूर्ण पर्व मानिए पनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी मारवाडी, बंगाली लगायत सम्पूर्ण जात जातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७ जनामा कोरोना संक्रमण भएको छ । ४३७ जनाको पीसीआर परीक्षण गर्दा ६४ र ७२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २७, सुनसरीमा १७, झापामा १०, इलाम र उदयपुरमा २–२, धनकुटा र भोजपुरमा […]
कमल । कमल गाउँपालिकाका एक विपन्न परिवारलाई लायन्स क्लव अफ केर्खा र लिओ क्लव अफ केर्खाले नगद तथा खाद्यन्य सहयोग गरेको छ । गाउँपालिकाको वडा नम्वर ३ केर्खा निवासी गोपी वहादुर विमाल (धिमाल कान्छा) लाई लायन र लिओ क्लवको अगुवाईमा स्थानिय वासीका तर्फबाट समेत सहयोग प्राप्त भएको थियो । आर्थिक रुपम अत्यन्तै कमजोर धिमाल परिवारलाई […]
काठमाडौं । केन्द्रीय तथ्यांक विभागले दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न भारतले अनुमति नदिए अनुमानका आधारमा गर्ने बताएको छ । विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार सो क्षेत्रमा गणकहरुको उपस्थितिमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग समन्वय भइरहेको तर भारतले अनुमति नदिए अनुमानका आधारमा गर्नुपर्ने बताएका हुन् । ‘परराष्ट्र मन्त्रालयमार्फत भारतले दिएमा फिजिकल्ली गर्छौ,गर्न […]
जनकपुरधाम । धनुषामा बुधबार दुर्घटना परेको बसमा आफैं आगलागी भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका–६ मालटोलमा दाङबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख ७१०२ नम्बरको बस आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । सडकको दाहिनेपट्टि २० फिट तल खसेर दुर्घटना भएलगत्तै बसमा आगलागी भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप […]
काठमाडौं । १२ औं राष्ट्रिय जनगणना भोलि ९बिहीबार० देखि शुरु हुँदैछ । त्यसको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । भोलिदेखि १५ दिनसम्म जनगणना कार्य हुनेछ । बुधबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले पहिलो चरणको सूचीकरण संकलन भइसकेको र भोलिदेखि मूल जनगणना संकलन कार्य हुने बताए । त्यसका लागि ७७ […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५ जनामा कोरोना संक्रमण भएको छ । ५५८ जनाको पीसीआर परीक्षण गर्दा ६९ र ११० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३८, झापामा १७, सुनसरीमा १०, इलाममा २, संखुवासभा र उदयपुरमा १–१ जनामा […]
काठमाडौं । सरकारले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम, कर्णाली र प्रदेश नं १ मा प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार सुदूरपश्चिममा देवराज जोशी, कर्णालीमा तिलक परियार र प्रदेश नं १ मा पर्शुराम खापुङलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति विद्यादेवी […]
सुनसरी । सुनसरीमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । ३४ वर्षीया श्रीमती छुङकुु मगरको कुटपिट गरी हत्या गरेको आरोपमा धरान उपमहानगरपालिका–१५, निराजन बस्ती बस्ने ४१ वर्षीय महेन्द्र राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । महेन्द्रको कुटपिटबाट गम्भीर घाइते भएकी मगरको धरानस्थित घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । […]