मोरङ । मोरङ जिल्ला कारागार मोरङभित्र कैदीबन्दीबीच झडप भएको छ । आज दिउँसो झडप भएको हो । झडपमा एक दर्जनभन्दा बढी कैदीबन्दी घाइते भएका छन् । झडपमा चौकीदार किरण गुरुङ र नाइकेहरू शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते भएको कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए । घाइते ६ […]
सुर्खेत । लेकबेंसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ । लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको अवस्थामा सोमबार शव फेला पारेको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण भएको छ । ७०८ जनाको पीसीआर परीक्षण गर्दा ५४ र २३ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २९, झापामा १३, सुनसरीमा ९, उदयपुर, इलाम र प्रदेश १ बाहिरका १–१ […]
कमल । कोभिड १९ कारण ठप्प पर्यटकीय क्षेत्र अवस्था सामान्य भएपछि आन्तरिक पर्यटनका साथै बनभोज खान जानेहरुको चहल पहल सुरु भएको छ । लामो समयको लकडाउनका कारण घर भित्रै गुम्सिएर बस्नु पर्दाको छटपटी मेटाउनका लागी अहिले आफ्ना नजिकका पर्यटन स्थानमा घुमेर तथा वनभोज खाएर मनोरन्जन गर्नेहरुको सख्या दिन प्रतिदिन बढी रहेको छ । नेपालीहरुका महान […]
नयाँदिल्ली । भारतको छत्तीसगढ राज्यमा एक प्रहरीले आफ्नै सहकर्मीहरूलाई गोली हानेका छन् । घटनामा चार जना प्रहरी जवानको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । भारतीय प्रहरीका अनुसार अनुसार सुकमा जिल्लाको मराइगुडा पुलिस स्टेसनअन्तर्गत लिंगमपल्लीमा सीआरपीएफको ५०औं बटालियनको आधार शिविर छ । सोही शिविरका रितेश रञ्जनले सोमबार बिहान ३ बजेतिर आफ्ना […]
काठमाडौं । देशभरका कानून व्यवसायीहरुले नेपाल बार एशोसिएसनलाई न्यायपालिकाको बेथितीविरुद्धको आन्दोलनलाई अझै सशक्त बनाउन सुझाव दिएका छन् । उनीहरुले त्यसमा उच्च र जिल्ला अदालतमा देखिएका समस्या पनि समावेश गरेर आन्दोलन अघि बढाउन सुझाव दिएका हुन् । नेपाल बार एशोसिएसनले आइतबार देशभरका कानुन व्यवसायीसँग भर्चुअल माध्यमबाट छलफल गरेको छ । सो छलफल कार्यक्रममा विभिन्न प्रदेश र […]
काठमाडौ । देशभर १ सय ४३ जना कोरोना सङ्क्रमित थपिएका छन् । २ हजार ३३३ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १४१ र एन्टिजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो । हाल देशभर ७ हजार ७१३ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्ला २४ घण्टामा थप ५६३ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् […]
काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको […]
ललितपुर । ललितपुरको मंगलबजारमा शुक्रबार साँझ ग्याँस सिलिण्डर विष्फोट हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मंगलबजारस्थित प्रहरी प्रभागका इञ्चार्ज प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले दिएको जानकारीअनुसार ग्याँस सिलिण्डर विष्फोट हुँदा स्थानीय लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार, रत्ना ताम्राकार र उनका छोराको मृत्यु भएको हो । उनका अनुसार निरज […]
काठमाडौं । नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका हिमाली भेगमा हल्का हिमपात तथा प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ । शुक्रबार राजधानी काठमाडौँ उपत्यकाको आकाशमा दिनभरजसो सामान्य बदली रहेको छ । […]