Sajhamanch Archive

मेरापिकमा लडेर बेलायती आरोहीको मृत्यु

Published: in विविधा, समाज by . Leave a Comment on मेरापिकमा लडेर बेलायती आरोहीको मृत्यु.

सोलुखुम्बु  । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित मेरापिक हिमाल आरोहण गरी फर्कने क्रममा बाटोमा लडेर एक बेलायती नागरिकको मृत्यु भएको छ । गत कात्तिक १० गते मेरापिक आरोहणका लागि भएका बेलायती नागरिक फ्लायन एलेक्जेण्डर कृष्टियनको शुक्रबार मृत्यु भएको हो । उनी ६,४७४ उचाइको आरोहण सकेर फर्कने क्रममा करिब ५ हजार ८ सय मिटरको उचाइमा रहेको हाईक्याम्प क्षेत्रमा […]

आज गाई, गोरु, गोवर्धन र हलि पूजा गरिँदै

Published: in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on आज गाई, गोरु, गोवर्धन र हलि पूजा गरिँदै.

काठमाठौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने […]

जाजरकोटमा मिनिट्रक दुर्घटना: दुईको मृत्यु, एक जना बेपत्ता

Published: in विविधा, समाज by . Leave a Comment on जाजरकोटमा मिनिट्रक दुर्घटना: दुईको मृत्यु, एक जना बेपत्ता.

जाजरकोट । सुर्खेतबाट जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनि ट्रक गए राति जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना बेपत्ता छन् । १० जना यात्रु सवार उक्त मिनिट्रकमा ठेगाना नखुलेको दिलबहादुर शाही, नाम नखुलेको एक शव र एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ […]

राष्ट्रिय रमणीयमा चेतनामुलक सामुहिक देउसी खेलियो

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on राष्ट्रिय रमणीयमा चेतनामुलक सामुहिक देउसी खेलियो.

शिवसताक्षी । झापा शिवसताक्षीको एक सामुदायिक विद्यालयले तिहारको दोस्रो दिन आज सामुहिक देउसी खेलेको छ । शिवताक्षीको दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा रंगोली बनाएर शिक्षक तथा विद्यार्थीहरुले सामुहिक रुपमा देउसी खेलेका हुन् । साँस्कृतिकरु रुपमा खेल्दै आएको देउसीलाई निरन्तरता दिदै नेपालीहरुको महान चाड दीपावलीलाई उत्सवको रुपमा मनाउन पनि देउसी आयोजना गरिएको […]

प्रदेश १ मा ८० जना कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ८० जना कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना संक्रमण भएको छ । ४८७ जनाको पीसीआर परीक्षण गर्दा ७७ र ८१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २९, मोरङमा २३, सुनसरीमा १९, संखुवासभा, इलाम, तेहृथुम र ओखलढुङ्गामा १–१ र […]

शिवसताक्षीमा उपसचिव दाहालसहित ६० बढी शिक्षक तथा कर्मचारी सम्मानित

Published: (Updated: ) in मुख्य समाचार, विविधा, शिक्षा, समाज by . Leave a Comment on शिवसताक्षीमा उपसचिव दाहालसहित ६० बढी शिक्षक तथा कर्मचारी सम्मानित.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाका अवकास प्राप्त तथा दीर्घसेवी शिक्षक सम्मानित भएका छन् । शिवसताक्षी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा शैक्षिक सम्मान समितिले नगरका ६० बढी शिक्षकलाई एकसाथ सम्मान गरेको हो । नगरपालिकाले शिवसताक्षी नगरपालिकाका शिक्षा प्रमुख उपसचिव सुरेन्द्र दाहाललाई समेत सम्मान गरेको छ । उनीहरुलाई नगरप्रमुख चन्द्रकुमार सेर्मा, उपप्रमुख भोजकुमारी नेपाल, प्रमुख प्रशासकीय […]

कसरी सफल भयो सुँगुरको मिर्गौला मान्छेमा प्रत्यारोपण ?

Published: in विविधा, विश्व समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कसरी सफल भयो सुँगुरको मिर्गौला मान्छेमा प्रत्यारोपण ?.

सन् १९२० देखि १९९० को बीचमा संसारभर चिकित्सा क्षेत्रको विकासमा निकै धेरै कामहरु भए । यही बीचमा नै मानव शरीरको कुनै अंगले काम नगर्दा त्यसको विकल्प खोज्ने विषयमा धेरै खोजीहरु भए । मानव अंगको अभाव पूर्तिका लागि जनावरको अंगलाई मान्छेमा प्रत्यारोपण गर्ने बारेमा धेरै प्रयास भए । तर अहिलेसम्म सबै काम सफल हुन सकेनन् । […]

शिक्षक बने चुलाचुलीका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिक्षक बने चुलाचुलीका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ.

कमल । इलामको चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ आज फरक रुपमा प्रस्तुत भए । गाउँपालिकाकै वडा नं. ६ को गिताञ्जली आधारभूत विद्यालयको कक्षा ५ मा प्रवेश मात्र गरेनन् विज्ञान विषयको पुतलीको जीवनचक्र पढाउन पनि भ्याए । चुलाचुली गाउँपालिकालाई बालमैत्री स्थानीय तह बनाउने अभियान अन्तर्गत सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा गिताञ्जली आधारभुत विद्यालय पुगेका श्रेष्ठले कक्षामा […]

खानेपानी मन्त्रीद्वारा दक्षिणी झापाका अधुरा आयोजना पूरा गर्ने प्रतिबद्धता

Published: in विविधा, समाज by . Leave a Comment on खानेपानी मन्त्रीद्वारा दक्षिणी झापाका अधुरा आयोजना पूरा गर्ने प्रतिबद्धता.

भद्रपुर । खानेपानी मन्त्री उमकान्त चौधरीले आगामी बैशाख सम्ममा मेलम्चीको पानी काठमाण्डौ उपत्यकामा सहज वितरण हुने बताएका छन् । झापा आइपुगेका मन्त्री चौधरीले झापा क्षेत्र नम्वर ३ अन्र्तगतका विभिन्न अलपत्र खानेपानी आयोजनाको स्थलगत अनुगमनका क्रममा बोल्दै गत भदौको बाढीले क्षतविक्षत भएको मेलम्ची आयोजनाको क्षति यकिन भइसकेकाले पुनरनिर्माण तीव्र पारिने भन्दै बैशाखमा काठमाण्डौमा पानी आइपुग्ने दावी […]

प्रदेश १ मा ८९ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ८९ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना संक्रमण भएको छ । ५५३ जनाको पीसीआर परीक्षण गर्दा ७८ र ४५४ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३२, मोरङमा २९, सुनसरीमा ११, इलाममा २, पाँचथर, धनकुटा, उदयपुर र […]