Sajhamanch Archive

शहीद धर्मभक्तमा विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न

Published: in विविधा, समाज by . Leave a Comment on शहीद धर्मभक्तमा विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न.

कमल । कमल गाउँपालिका ३ केर्खा स्थित श्री शहिद धर्मभक्त माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितीकालागी खुल्ला र महिला कोटाका लागी आवश्यक चार सदस्यकालागी निर्वाचन भएको हो । निर्वाचनको प्राप्त मत परिमाण अनुसार खुल्ला सदस्य तर्फ लेखनाथ खतिवडा ( १४३) मत र कुमार ढुङ्गेल ( १३२) मत प्राप्तगरी विजयी […]

भाइटीकाको साइत ११ बजेर २ मिनेटमा

Published: in विविधा, समाज by . Leave a Comment on भाइटीकाको साइत ११ बजेर २ मिनेटमा.

ठमाडौं । भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले यस वर्षको भाइटीकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको जानकारी दिएका हुन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ ।

शिवसताक्षी नगर प्याब्सनद्वारा उपसचिव दाहाल सम्मानित

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षी नगर प्याब्सनद्वारा उपसचिव दाहाल सम्मानित.

शिवसताक्षी । शिवसताक्षी नगर प्याबसनले दूधेमा शुभदीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । प्याब्सनका अध्यक्ष रामप्रसाद सुहाङ्गको अध्यक्षतामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । सोही अवसरमा शिवसताक्षी नगर प्याब्सनले शिवतसाक्षी नगरपालिकाका शिक्षा प्रमुख उपसचिव सुरेन्द्र दाहाललाई सम्मान गरेको छ । दाहाल आजैका दिन सेवा निबृत्त भएका हुन् […]

प्रदेश १ मा ५३ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ५३ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना संक्रमण भएको छ । ४४१ जनाको पीसीआर परीक्षण गर्दा ४६ र ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालउले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २०, मोरङमा १३, सुनसरीमा १२ र संखुवासभामा १ जनामा संक्रमण देखिएको हो […]

चुलाचुली गाउँपालिकालाई बाल मैत्री बनाउने अभियानलाई तिव्रता दिदैं

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on चुलाचुली गाउँपालिकालाई बाल मैत्री बनाउने अभियानलाई तिव्रता दिदैं.

कमल । २०७८ साल मंसिर मसान्तमा चुलाचुली गाउँपालिकालाई बाल मैत्री स्थानिय तह बनाउने अभियानमा चुलाचुली गाउँपालिका लागी परेको छ । “बाल मैत्री पद्धति र ब्यावहार, समृद्ध चुलाचुलीको आधार“ भन्ने नाराका साथ गाउँपालिकालाई बाल मैत्री स्थानिय तह बनाउने अभियानमा सिंगो गाउँ पालिका लागी परेको हो । गाउँपालिकालाई बाल मैत्री स्थानिय तह बनाउने अभियान अन्तर्गत अहिले गाउँपालिकामा […]

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नगरे आन्दोलन गर्ने ६ विद्यार्थी संगठन चेतावनी

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नगरे आन्दोलन गर्ने ६ विद्यार्थी संगठन चेतावनी.

काठमाडौं। पेट्रोलियम पदार्थमा भएको मूल्य फिर्ता लिन ६ विद्यार्थी सङ्गठनले माग गरेका छन् । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह एकीकृत समाजवादी निकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली जसपा निकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौँका अध्यक्ष देवेन्द्र कुँवर विप्लव निकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र क्रान्तिकारी […]

विवादकै बीच प्रधानन्यायाधीशले तोके १२ इजलास, होला मुद्दाको सुनुवाइ ?

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on विवादकै बीच प्रधानन्यायाधीशले तोके १२ इजलास, होला मुद्दाको सुनुवाइ ?.

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज ९आइतबार० का लागि १२ इजलास तोकेका छन् । प्रधानन्यायाधीशले आफूसहितको ४ वटा एकल इजलास र ८ वटा संयुक्त इजलास तोकेका छन् । ती इजलासमा २४८ थान मुद्दा सुनुवाइका लागि पेश भएका छन् । तर इजलास तोकिए पनि बस्ने÷नबस्ने अन्योल भने कायमै छ । प्रधानन्यायाधीश जबरा विवादमा तानिएपछि इजलास […]

नेकपा एमाले शिवसताक्षी नगर अध्यक्षमा थोप्रा विजयी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा, समाज by . Leave a Comment on नेकपा एमाले शिवसताक्षी नगर अध्यक्षमा थोप्रा विजयी.

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी नगर अध्यक्षमा मेघहाङ्ग थोप्रा (रोसन) विजयी भएका छन् । निकटम प्रतिद्वन्दी सिताराम भेट्वाललाई भारी मतले पछि पार्र्दै उनी विजयी बनेका छन् । थोप्राले ३८१ मत प्राप्त गरेका थिए भने भेटवाल १७० ले प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा कमलप्रसाद लामिछाने ३०३ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्दी […]

नेपाल बार परिसरमै वकिलहरुको कुटाकुट

Published: in विविधा, समाज by . Leave a Comment on नेपाल बार परिसरमै वकिलहरुको कुटाकुट.

काठमाडौं । नेपाल बार एशोसिएसन परिसरमै कानुन व्यवसायीहरूबीच आज (शुक्रबार) कुटाकुट भएको छ । काठमाडौंको रामशाहपथस्थित नेपाल बारको भवनबाहिर हात हालाहात भएको हो । अधिवक्ता भूमिनन्द चुँडाल कुटिएका छन् । उनले अर्का कानुन व्यवसायी विराट न्यौपानेले हातपात गरेको बताएका छन् । अब कनुनी उपचारमा जाने भूमिनन्दको भनाइ छ । चुडालले इजलास चल्नुपर्नेमा जोड दिँदै न्यायालय […]

आजदेखि ससर्त खुल्यो झापाको भद्रपुर–गलगलिया नाका

Published: in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on आजदेखि ससर्त खुल्यो झापाको भद्रपुर–गलगलिया नाका.

भद्रपुर । कोरोना महामारीसँगै बन्द भएको झापाको भद्रपुर–गलगलिया सीमानाका २० महिनापछि खुलेको छ । नेपाल सरकारले एक महिनाअघि नै सो नाका खोल्ने निर्णय गरेको थियोे । तर सीमामा रहेको भारतीय सुरक्षा फोर्स एसएसबीले माथिको आदेश नआएको भन्दै सो सीमानाका सुरु गर्न मानेको थिएन । नाका खुला गर्न माथिल्लो निकायबाट एसएसबीलाई मौखिक आदेश आएपछि बिहीबारदेखि नाकामा […]