Sajhamanch Archive

सेनाको ‘कू’ पछि सुडानलाई आर्थिक सहयोग रोक्ने विश्व बैंकको घोषणा

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on सेनाको ‘कू’ पछि सुडानलाई आर्थिक सहयोग रोक्ने विश्व बैंकको घोषणा.

काठमाडौं । विश्व बैंकले सुडानलाई आर्थिक सहयोग रोक्ने घोषणा गरेको छ । सुडानमा सेनाले ‘कू’ गरी सत्ता लिएपछि भईरहेको प्रदर्शनका क्रममा गरिएको दमनलाई लिएर अन्तर्राष्ट्रियस्तरमा व्यापक आलोचना भइरहेको बेला विश्व बैंकले सुडानलाई दिंदै आएको सहयोग रोक्ने बताएको हो । सेनाले असंवैधानिक तरिकारले सत्ता कब्जा गरेकै भन्दै अफ्रिकन युनियनले समेत सुडानलाई आफ्नो समूहबाट निलम्बन गरेको छ […]

प्रदेश १ मा ९४ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ९४ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९४ जनामा कोरोना संक्रमण भएको छ । ५५७ जनाको पीसीआर परीक्षण गर्दा ७० र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २८, झापामा २१, सुनसरीमा २० र इलाममा १ जनामा संक्रमण देखिएको हो […]

प्रोस्टेड क्यान्सर पीडित पवित्र मण्डलको बचाइ दिन अपील

Published: in विविधा, समाज by . Leave a Comment on प्रोस्टेड क्यान्सर पीडित पवित्र मण्डलको बचाइ दिन अपील.

भद्रपुर । झापा भद्रपुर ६ का ६२ वर्षीय पवित्र मण्डल प्रोस्टेड क्यानसरबाट पीडित भएपछि उपचार गर्न रकम अभावले छटपटीमा परेका छन् । आर्थिक अवस्था अतिदयनीय भएका मण्डललाई पूर्वाञ्चल क्यान्सर अस्पतालले प्रोस्टेड क्यान्सर भएको पुष्टि गरेपछि थप उपचारमा लाग्ने खर्च अभावले छट्पटीन बाध्य भएका हुन् । ज्यालादारी गरेर बृद्ध बाबु आमा सहित परिवारको दायित्व समेत बहन […]

शिवसताक्षीमा लागुऔषध विरुद्ध अन्तरक्रिया

Published: in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा लागुऔषध विरुद्ध अन्तरक्रिया.

शिवसताक्षी । झापा शिवसताक्षीको दुई सामुदायिक विद्यालयमा लागुऔषध विरुद्ध सचेतना अन्तरक्रिया कार्यक्रम गरिएको छ । शिवसताक्षी नगरपालिकालाई लागुऔषध दुव्र्यसनी मुक्त बनाउने उद्देश्यले शिवसताक्षीको त्रिभुवन मावि र भानु माविमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।१२ गते गरिने भनिएको लागू औषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम विद्यालयमा परीक्षा हुने भएकाले १० गते नै कार्यक्रम सम्पन्न भएको छ । लागू […]

नेकपा एमालेको नगर अधिवेशनः झापाका दुई पालिकामा मात्र सर्वसम्मत नेतृत्व चयन

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on नेकपा एमालेको नगर अधिवेशनः झापाका दुई पालिकामा मात्र सर्वसम्मत नेतृत्व चयन.

शिवसाक्षी । नेकपा एमालेले दमक नगर कमिटी अध्यक्षमा होम नाथ पोख्रेल सर्वसम्मत चयन भएका छन् । आज सम्पन्न प्रथम अधिवेशनबाट पोख्रेल सर्वसम्मत चयन भएका हुन् । त्यसैगरी सचिव पदमा  इन्द्र गुरुङ चयन भएका छन् । दमक नगर कमिटीको उपाध्यक्ष र दुईवटा उपसचिव पदमा सर्वसम्मत चयन गर्ने प्रयास जारी रहेको बताइएको छ । त्यस्तै कमल गाउँपालिका […]

नेपाल बारले माग्यो प्रधानन्यायाधीशको राजीनामा, नदिए देशव्यापी आन्दोलन

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on नेपाल बारले माग्यो प्रधानन्यायाधीशको राजीनामा, नदिए देशव्यापी आन्दोलन.

काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको छ । र राजीनामा नदिए प्रधानन्यायाधीशविरुद्ध देशव्यापी आन्दोलन घोषणा गर्ने चेतावनी दिएको छ । बार एशोसिएसनले मंगलबार विज्ञप्ति जारी गरी भनेको छ, ‘‘वर्तमान गतिरोधको अन्त्य गरी सहज निकास दिन सम्मानननीय प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराज्यूले अविलम्व राजीनामा दिई मार्गप्रशस्त गर्नु नै उपयुक्त हुन्छ भनी नेवाएको […]

भद्रपुर भन्सारबाट मुआब्जा नपाएको भन्दै पीडितद्वारा नारावाजी

Published: in विविधा, समाज by . Leave a Comment on भद्रपुर भन्सारबाट मुआब्जा नपाएको भन्दै पीडितद्वारा नारावाजी.

भद्रपुर । भद्रपुर भन्सार कार्यालयको नयाँ भवन निर्माणका लागि २०७६ सालमा अधिग्रहण गरिएको जग्गाका धनीहरूले कवल गरिएको मुआब्जा नपाएको भन्दै भन्सार परिसरमा तालाबन्दी प्रयास गरेका छन् । नेपाल सरकार अर्थ मन्त्रालय अन्र्तगतको भन्सार विभागले २०७६ सालमा जिल्ला प्रशासन कार्यालय मार्फत जग्गा रोक्काको सूचना जारी गरी मुआब्जा दिने निर्णय गरेको भए पनि दुई वर्ष पूरा हुँदा […]

प्रदेश १ मा १०७ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १०७ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०७ जनामा कोरोना संक्रमण भएको छ । ५६२ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३६, मोरङमा ३१, सुनसरीमा १०, उदयपुरमा ३, इलाममा २ र संखुवासभामा १ […]

न्यायाधीशहरुलाई प्रधानन्यायाधीश जबराको जवाफ: सडकमा माग्दैमा राजीनामा दिन्नँ

Published: in विविधा, समाज by . Leave a Comment on न्यायाधीशहरुलाई प्रधानन्यायाधीश जबराको जवाफ: सडकमा माग्दैमा राजीनामा दिन्नँ.

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने स्पष्ट पारेका छन् । मार्ग प्रशस्त गरिदिन आग्रहसहित आफूलाई भेट्न आएका सर्वोच्च अदालतका १५ न्यायाधीशलाई जबराले यस्तो जवाफ दिएका हुन् । पछिल्लो समयको विवादबीच चौतर्फी घेराबन्दीमा परेका प्रधानन्यायाधीश जबराले कसैको दबाब र प्रभावमा परेर राजीनामा नदिने अडान न्यायाधीशहरुसँग पनि लिएका हुन् । उनले आफ्नो नियुक्ति संवैधानिक […]

नेकपा एमालेः शिवसताक्षी नगरमा चार जना आकांक्षी, कसले बाजी मार्ला

Published: in मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on नेकपा एमालेः शिवसताक्षी नगरमा चार जना आकांक्षी, कसले बाजी मार्ला.

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीको आज हुन गइरहेको नगर अधिवेशनमा ४ आकांक्षीको नाम बाहिर आएको छ । शिवसताक्षी नगर कमिटिको अध्यक्ष पदका लागि चार जना आकांक्षीले आज उम्मेद्वारी दिने भएका छन् । शिवसताक्षी नगरपालिका वडा नं. ९ का मेघहाङ्ग थोप्रा (रोसन) वडा नं. ११ का डिल्लीरमण खतिवडा, वडा नं. ६ शिवगञ्जका सिताराम भेटुवाल र वडा […]