शिवसताक्षी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) शिवसताक्षी नगरपालिका वडा नं. ११ को अध्यक्षमा डम्बर बहादुर लामा सर्वसम्मत चयन भएका छन् । नेपाल कम्युनिष्ट पार्टीको दशौं महाधिवेशन अन्तर्गत प्रथम अधिवेशनबाट २ वर्षे कार्यकालका लागि लामा सहित ३१ सदस्य सर्वसम्मत चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा राजेन्द्र खड्का सचिवमा मित्रप्रसाद थापा, उपसचिवमा संजय तिम्सिना र चन्द्रकला खरेल […]
विराटनगर । सोमबारदेखिको अविरल वर्षाका कारण बाढी पसेर अवरुद्ध विराटनगर विमानस्थल आज पनि खुल्न सकेन । विमान स्थल शनिबारबाट मात्र खेल्ने तयारी रहेको विमानस्थल कार्यालयले जनाएको छ । केसलिया र विमानस्थल नजिकैको बासाहा धाद्रोको पानी विमानस्थलमा पसेपछि सबै उडान अवरुद्ध भएको थियो । विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलका अनुसार बाढीमा फसेर विमानस्थलमै रहेका बुद्ध र […]
सङ्खुवासभा । सङ्खुवासभाको मकालु वेस क्याम्प घुम्न गएका एक जनाको मृत्यु भएको छ । मकालु गाउँपालिका–२ याङ्लेखर्कमा इलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तुका धरणीधर घिमिरे रहेको प्रहरी जनाएको छ । मकालु बेश क्याम्प घुम्न गएका घिमिरेको निमोनियाका कारण मृत्यु भएको प्रहरी निरीक्षक शुभेष अधिकारीले बताए । घिमिरे श्रीअन्तुका शिक्षक तथा होमस्टे व्यवसायी समेत हुन् । याङ्लेखर्कमा पुगेपछि […]
काठमाडौं । पूर्वन्यायाधीश फोरमले न्यायपालिकाको गरिमा जोगाउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले निकास दिनुपर्ने बताएको छ । अध्यक्ष टोपबहादुर सिंहले शुक्रबार विज्ञप्ति जारी गरी न्यायालयको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउन प्रधानन्यायाधीश जबरा स्वयंले निकास दिनु वान्छनीय र अनिवार्य हुने बताएका हुन् । तर प्रधानन्यायाधीले न्यायपालिकाको पक्षमा उदारता नदेखाएमा प्रतिनिधिसभाले आफ्नो संवैधानिक कर्तव्य पूरा गर्नुपर्ने पूर्वन्यायाधीश फोरमले […]
काठमाडौं । बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा शुक्रबार अन्धाधुन्ध गोली चल्दा सात जनाको मृत्यु भएको छ । रोहिंग्या क्याम्पस्थित मदरसामा यस्तो हमला भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । चार जनाको घटनास्थलमै तथा तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको समाचारमा उल्लेख छ । शुक्रबार बिहान ४ बजे हमला भएको हो । जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरीले एक […]
काठमाडौं । गत आइतबारदेखिको अविरल वर्षाका कारण आएको बाढी–पहिरो र डुबानमा परेर ज्यान गुमाउनेको संख्या १०० नाघेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बिहीबार दिउँसोसम्म १०१ जनाको मृत्यु भएको हो । मृतकमा १ नम्बर प्रदेशका ६० जना, बागमती प्रदेशका १ जना, कर्णाली प्रदेशका ७ जना र सुदूरपश्चिम प्रदेशका ३१ जना गरी जम्मा १ […]
विराटनगर । बाढी र पहिरोमा परी प्रदेश १ मा २२ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पहाडी जिल्लामा २० र तराईका जिल्लामा दुई जनाको मृत्यु भएको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीका अनुसार इलाममा सात जनाको मृत्यु भएको छ । पहिरोमा परी […]
धरान । अविरल वर्षाका कारण धरान १३ नागेश्वर मार्गमा पहिरो खस्दा पुरिएका दुई बालबालिका मृत फेला परेका छन् । आज दिउसो पौने २ बजे घर माथिबाट पहिरो खस्दा निशान राईको १ तले टिनको छाना भएको घर पुरिदा घर भित्र रहेका ८ बर्षीया निसु राई र छोरा ४ वर्षीय निहान राई समेत पुरिएका थिए । घटनाको […]
झापा । सोमबारदेखिको अविरल वर्षाका कारण मौसममा आएको परिवर्तन भद्रपुर विमान स्थलमा समेत परेको छ । काठमाण्डौदेखि झापाका लागि उडेको विमान भद्रपुर विमान स्थलमा अवतरण नगरी काठमाडौ फर्किएको छ । बुद्ध एयरको दोस्रो विमान भिजिबिलिटी कम भएका कारण अवतरण गर्न नसकी काठमाण्डौ फर्किएको नागरिक उड्डयन कार्यालय भद्रपुरले जनाएको छ। कार्यालयका प्रवक्ता किशोर खत्रीका अनुसार त्यही […]
काठमाडौ । नेकपा एमालेले प्रथम विधान महाधिवेशनबाट प्रतिनिधिका लागि नयाँ मापदण्ड तोकेको छ । असोज १५ देखि १७ गतेसम्म सम्पन्न महाधिवेशनले विधान संशोधन गर्दै भर्खर सार्वजनिक गरेको नयाँ विधानमा एमाले महाधिवेशन प्रतिनिधि बन्न कम्तीमा १० वर्ष पार्टी सदस्य भएको हुनुपर्ने व्यवस्था गरेको छ । संशोधित विधानको धारा ६३ यो व्यवस्था छ । तर धारा ६३ […]