Sajhamanch Archive

श्रीकृष्ण प्रणामी युवा परिषद नेपालद्वारा शुभकामना आदान प्रदान

Published: in विविधा, समाज by . Leave a Comment on श्रीकृष्ण प्रणामी युवा परिषद नेपालद्वारा शुभकामना आदान प्रदान.

विर्तामोड । श्रीकृष्ण प्रणामी धर्मावलम्बीहरूको आस्थाको एउटा संस्था श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति झापाले हालै विभिन्न समितिका पदाधिकारी सदस्य एवम् अग्रज सुन्दरसाथहरूलाई बधाइ तथा शुभकामना व्यक्त गरेको छ । विर्तामोडको चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरको सभाहलमा आयोजित समारोहबीच सत्संग परिषद झापाको नवनिर्वाचित समिति र युवा परिषद नेपाल केन्द्रीय समितिलाई बधाइ शुभकामना व्यक्त गर्नुका साथै […]

प्रजातान्त्रिक आन्दोलनका योद्धा रामप्रसाद दुलालको स्मृतिमा पत्रकारिता पुरस्कार

Published: in विविधा, समाज by . Leave a Comment on प्रजातान्त्रिक आन्दोलनका योद्धा रामप्रसाद दुलालको स्मृतिमा पत्रकारिता पुरस्कार.

झापा । प्रजातान्त्रिक आन्दोलनका योद्धा रामप्रसाद दुलालको स्मृतिमा इलाममा जिल्लाकै सबैभन्दा ठूलो राशीको पत्रकारिता पुरस्कारको घोषणा गरिएको छ । नेपाल प्रेस युनियन इलामले फिक्कलमा आयोजना गरेको विजयादशमी, दिपावली, छठ र नेपाल संवतको शुभकामना आदान प्रदान कार्यक्रममा उक्त पुरस्कार घोषणा गरिएको हो । दुलाल परिवार र नातीनातिनाको तर्फबाट युनियनका केन्द्रिय सदस्य माधव प्रसाद चम्लागाईले प्रत्येक बर्ष […]

सतासी साप्ताहिकद्वारा पत्रकार, साहित्यकारसहित १२ जना सम्मानित

Published: in विविधा, समाज by . Leave a Comment on सतासी साप्ताहिकद्वारा पत्रकार, साहित्यकारसहित १२ जना सम्मानित.

शिवसताक्षी । सतासी साप्ताहिकले एक कार्यक्रमका बीच साहित्यकार, पत्रकार गरी १२ जनालाई सम्मान गरेको छ । झापा शिवसताक्षीको भिलझिलेमा रहेको सतासी साप्ताहिले शुभकामना आदान प्रदानका कार्यक्रमको आयोजना गरी साहित्यकार पत्रकार गरी विभिन्न विधामा १२ जनालाई नगदसहित सम्मान गरेको हो । सतासी साप्ताहिकमा साहित्य विधाका सम्पादक विराट किँरातीलाई नगदसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको […]

मोरङमा लुटेरा समूहद्वारा बैंक लुट्ने प्रयास, ३ जना पक्राउ

Published: in विविधा, समाज by . Leave a Comment on मोरङमा लुटेरा समूहद्वारा बैंक लुट्ने प्रयास, ३ जना पक्राउ.

विराटनगर । मोरङको धनपालथान गाउँपालिका कर्सियामा भारतीय लुटेरा समूहले बैंक लुट्ने प्रयास गरेको छ । तर असफल भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्न खोजेका थिए । त्यसक्रममा सुरक्षा गार्ड शीतल कुँवरलाई लुटेरा समूहले चलाएको गोली लागेको छ । उनलाई उपचारका लागि अस्पताल पठाइएको […]

बुटलमा कर्फ्यु कायमै,प्रहरीको गोली लागि मृत्यु भएका चारमध्ये एकको मात्र सनाखत

Published: in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on बुटलमा कर्फ्यु कायमै,प्रहरीको गोली लागि मृत्यु भएका चारमध्ये एकको मात्र सनाखत.

बुटवल । बुटवलको मोतीपुरमा हिजो (आइतबार) दिउँसो ४ बजेदेखि जारी गरिएको कर्फ्यु कायमै राखिएको छ । झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर चार जना सर्वसाधरणको ज्यान गएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हिजो दिउँसो ४ बजेदेखि मोतीपुरमा कर्फ्यु लगाएको हो । त्यहाँको अवस्था सामान्यतर्फ फर्किनसकेकाले अब के गर्ने भन्नेबारे छलफल गर्न आज ९सोमबार० सुरक्षा […]

जन्ती बोकेको जीप दुर्घटना: चार जनाको गयो ज्यान, १५ जना घाइते

Published: in विविधा, समाज by . Leave a Comment on जन्ती बोकेको जीप दुर्घटना: चार जनाको गयो ज्यान, १५ जना घाइते.

अछाम । अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–१ मा आइतबार राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूूरपश्चिम प्रदेश ट्राफिक प्रहरी […]

मगमग एभरेष्ट क्विज सिजन २ को उपाधि न्युटन्स एजुकेशनलाई

Published: in विविधा, समाज by . Leave a Comment on मगमग एभरेष्ट क्विज सिजन २ को उपाधि न्युटन्स एजुकेशनलाई.

विर्तामोड । मगमग एभरेष्ट क्विज सिजन २ को उपाधि न्युटन्स एजुकेशन एकाडेमीले जितेको छ । आइतबार बिर्तामोडमा भएको ग्राण्ड फिनालेमा न्युटन्सले उपाधी सँगै २५ हजार नगद, मेडल र ट्रफी हात पारेको हो । प्रतियोगिताको फस्ट रनर अफ ग्लोबल एजुकेश्नल एकाडेमी दमक र सेकेण्ड रनर अप मोडल कलेज दमक बन्न सफल भएका छन् । फस्ट र […]

बुटवलमा सुकुम्बासी समूहसँगको झडपमा, प्रहरीको गोली लागेर तीनको मृत्यु

Published: in विविधा, समाज by . Leave a Comment on बुटवलमा सुकुम्बासी समूहसँगको झडपमा, प्रहरीको गोली लागेर तीनको मृत्यु.

बुटवल  । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले चलाएको गोली लागेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । गोली लागेर घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको भैरहवाको युनिभर्सल मेडिकल कलेजका एक अधिकारीले जानकारी दिए । प्रहरी स्रोतहरुले पनि तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार झडपका […]

थुनुवाको मृत्युपछि सुनसरी तनावग्रस्त: झडपमा प्रहरीसहित दर्जन बढी घाइते

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on थुनुवाको मृत्युपछि सुनसरी तनावग्रस्त: झडपमा प्रहरीसहित दर्जन बढी घाइते.

सुनसरी । प्रहरी हिरासतमा थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी परिसर तनावग्रस्त बनेको छ । आज (आइतबार) मृत्तकका आफन्तसहित ठूलो संख्याको भिडले प्रहरीमाथि आक्रमण थालेपछि झडप भएको हो । ढुङ्गगामुढापश्चात् प्रहरीले प्रदर्शनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्याँस समेत प्रहार गरेको छ । झडपमा प्रहरीसहित एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । प्रदर्शनकारीले पूर्व–पश्चिम […]

मंगल ग्रहमा पहिले जीव थियो–थिएन यसरी हुँदैछ खोजी

Published: in विविधा, विश्व समाचार, समाज by . Leave a Comment on मंगल ग्रहमा पहिले जीव थियो–थिएन यसरी हुँदैछ खोजी.

काठमाडौं । मंगल ग्रह मिसनअन्तर्गत अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा पठाएको पर्सिभिअरन्सले त्यहाँ जीवको अवशेष पत्ता लगाउने प्रयास गरिरहेको छ । त्यसका लागि पर्सिभिअरन्स सही स्थानमा पुगेको वैज्ञानिकले दाबी गरेका छन् । बीबीसीका अनुसार ‘पर्सी’ उपनामले चिनिने पर्सिभिअरन्स गत फेब्रुअरीमा जेजेरो क्रेटरमा उत्रिएको थियो र त्यसयता उक्त उपकरणले त्यहाँका धेरैवटा तस्बिर पृथ्वीमा पठाएको छ […]