कमल । ३१ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवश २०७८ का अवसरमा आज झापाको कमल गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । गाउँपालिकामा भएका ७० वर्ष भन्दा माथिका ३५ जना ज्येष्ठ नागरिकहरुलाई एक कार्यक्रमका बीच छाता र लौरो दिदै खाता ओढाएर सम्मान गरिएको हो । ज्येष्ठ नागरिकले समाज परिवर्तन र देशको उन्नतीका लागी विभिन्न ठाउँमा रहेर […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४ जनाको पीसीआर परीक्षण गर्दा २२८ र ६३६ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७३, झापामा ६२, सोलुखुम्वुमा ५०, सुनसरीमा ३९, धनकुटामा २, […]
बिर्तामोड । निगुरो टिम्ने क्रममा हात्तीले सुडले च्यापेर लगेकी महिलाको सव फेला परेको छ । बिर्तामोड ८ नेपाल चोक बस्ने सुकलाल मर्डी र उनकी ५० वर्षिया श्रीमती लतुमाई मर्डी निगुरो टिपिरहेको अबस्थामा जंगली हात्तीले चन्द्रगढी सामुदायिक बनतर्फ लिएर गएको थियो । उनलाई ४ बजे सेती खोलाको पैनीमा मृत अबस्थामा उनी फेला पारेको झापा प्रहरीले जनाएको […]
विर्तामोड । जंगली हात्तीले एक महिलालाई झापाको चन्द्रगढी सामुदायिक बन भित्र सुडले च्यापेर लगेपछि प्रहरीले महिलाको खोजी कार्य गरिरहेको छ । हालसम्म महिलालाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । बिर्तामोड नगरपालिका ८ की ५० वर्षीया महिला लतुमाई मर्डीलाई चन्द्रगढी सामुदायिक वन भित्र निगुरो टिप्ने क्रममा विहान ११बजेर ५० मिनेटमा एउटा जंगली हात्तीले सुँडले बोकेर […]
कमल । कमल गाउँपालिकाले चालु आर्थिक वर्षमा सन्चालन हुने योजनासँग सम्बन्धित उपभोक्त समितिका पदाधिकारीलाई एकदिने अभिमुखीकरण तालिम प्रदान गरेको छ । उपभोक्ता समितिलाई तालिम बिना योजाना सन्चालन गर्दा कामको गुणस्तर नहुने, उपभोक्ता समितिलाई हिसाव फरफारा गर्न पटक–पटक गाउँपालिकासम्म पुग्नु पर्ने, जस्ता समस्यालाई न्युनिकरण गर्नका लागी तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । तालिममा उपभोक्ता समिति […]
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको भोलि (शुक्रबार) देखि सुरु हुने विधान महाधिवेशनको तयारी पुरा भएको छ । महाधिवेशनमा ६ हजार प्रतिनिधि सहभागी हुने जनाइएको छ । एमाले विधान महाधिवेशन मुल व्यवस्थापन समितिले बिहीबार पत्रकार सम्मेलन गरी विधान महाधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो । शुक्रबार दिउँसो १२ः१५ बजे महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा […]
काठमाडौं । चीनले सूर्यमा आफ्नो पहिलो स्याटलाइट लन्च गर्ने भएको छ र त्यसको नामाकरण गर्न सर्वसाधारणलाई जिम्मा दिएको विज्ञान तथा प्रविधि मन्त्रालायले जनाएको छ । सूर्यको अवलोकन गर्ने यो चीनको पहिलो स्याटलाइट हुनेछ । चिनियाँ यान, ‘चाइनिज एच–अल्फा सोलार एक्सप्लोरर ९चेस० यसै वर्षको अन्त्यतिर लन्च हुनेछ जसले चीनमा सूर्यको अध्ययन सुरु गराउनेछ । यो मिसनमा […]
शिवसताक्षी । फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको नव निर्वाचित पदाधिकारीलाई सपथग्रहण गराइएको छ । दमक नगरपालिका वडा नं. ६ को उक्त साकोसको चौथो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई सफथ ग्रहण गराएको हो । अधिवेशनबाट पदम लिङदेन संकल्पले ६ सय १८ मत प्राप्त गरी विजय भएका थिए भने त्यस्तै सचिवमा देशराज नेम्वाङले ६ सय २ मत प्राप्त […]
काठमाडौं । महिलाको चरित्र हत्या गर्ने चार जना युट्युबरलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । युट्युब च्यानलमार्फत महिलाको चरित्रहत्या गर्ने भिडियो, अन्तरवार्ता तथा फोटोसहितको विवरण प्रसारण गर्ने चार जना पक्राउ परेका हुन्। नेपाल प्रहरीको साइबर ब्युरोले महिलाको चरित्र हत्या हुने गरी भिडिओ अन्तर्वार्ता लिएको आरोपमा चार जना युट्युबरलाई बुधबार पक्राउ गरेको हो। साइबर […]
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधानमा प्रदेश सरकार लागि परेको बताएका छन् । प्रदेश सरकारले प्रदेश स्तरिय अपाङ्गता समन्वय समितिको उपाध्यक्ष नियुक्ती गरिसकेकाले अव अपाङ्गता संम्बन्धी सम्पूर्ण काम सो समितिले गर्ने उनले बताए । उनले भने, भीमा खतिवडालाई उपाध्यक्षमा नियुक्त गरेर समितिलाई पूर्णता दिइएको छ । […]