शिवसताक्षी । ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधामका साधु सन्तलाई पदार्थ वितरण गरिएको छ । शिवसताक्षी ११ निवासी कालीप्रसाद रिजाल र महामाया रिजालले उक्त खाद्य पदार्थ प्रदान गरेका हुन् । रिजाल सम्पत्तीकी अस्ट्रेलियामा बस्दै आएकी छोरी रितिसा रिेजालले उक्त खाद्य बस्तु सहयोग गरेकी हुन् । अस्ट्रेलियामा बसोबासका लागि अनुमति ( पीआर ) पाएको खुसीयालीमा उनले बुबा […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने र ७० वर्षे उमेर हद कार्यान्वयन हुनुपर्ने सुझाव पेस भएको छ । यस्तै उपाध्यक्ष र सचिव ७–७ जना राख्नुपर्ने सुझाव प्राप्त भएको छ । दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत तीन वटा दस्तावेजमाथि समूहगत छलफल गर्दा […]
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले विधान राष्ट्रिय महाधिवेशनमा पेश गरिने तीन प्रतिवेदन मस्यौदामाथि छलफल गर्न १० समूह निर्माण गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले विधान राष्ट्रिय महाधिवेशनमा पेश गरिने तीन प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह निर्माण गरेको हो । बैठकपछि पार्टीका प्रचार विभाग प्रमसख […]
काठमाडौै । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ स्४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ स् ४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना संक्रमण देखिएको छ । ९५८ जनाको पीसीआर परीक्षण गर्दा २११ र ६०४ जनाको एन्टिजेन परीक्षण गर्दा ११३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७३, सुनसरीमा ६६, मोरङमा ५८, इलाममा ८, धनकुटामा २, ओखलढुङ्गा र […]
बिर्तामोड । श्री कृष्ण प्रणामी सत्संग सेवा परिषद झापाको अध्यक्षमा मिलन बस्नेत सर्वसम्मत चयन भएका छन् । बिहिबार श्री देवचन्द्र सदनमा भएको परिषदको ५३ औं साधारणसभा तथा जिल्ला अधिवेशनबाट बस्नेत परिषदको अध्यक्षमा पुःन दोस्रो कार्याकालकालागि सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट अध्यक्ष बस्नेत सहित सम्पूर्ण पादाधिकारी ३ बर्षे कार्यकालकालागि सर्वसम्मत निर्वाचित भएका हुन् । समितिको […]
शिवसताक्षी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शिवसताक्षीको नगर अधिवेशनको पूर्व सन्ध्यामा नगर सभापतिको युवा उम्मेदवारहरुले प्रचार प्रसारलाई तिब्रता दिएका छन् । नगर सभापति पदका चार जनाको नाम चर्चामा रहेपनि हाल २ जना खुल्ला प्रतिश्पर्धामा उत्रेका छन् । शिवसताक्षी न.पा. ११ निवासी अशोक बस्नेत र शिवसताक्षी न.पा. ७ का तुलाराम बोखिम चुनावी माहोल आफ्नो […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २८४ जनामा कोरोना संक्रमण भएको छ । ८२० जनाको पीसीआर परीक्षण गर्दा १६७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७७, मोरङमा ५४, सुनसरीमा २४, इलाममा ६, धनकुटामा ३, उदयपुरमा २ […]
कमल । झापाको कमल गाउँपालिकाले वालमैत्री स्थानिय शासनयुक्त स्थानिय तहका रुपमा घोषणा अभियानलाई तिव्रता दिएको छ । “खुशी राखौं बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार” भन्ने नाराका साथ आगामी फागुन मसान्तसम्ममा गाउँपालिकालाई वालमैत्री स्थानिय शासनयुक्त स्थानिय तहका रुपमा घोषणा गर्ने कार्यक्रमलाई तिव्रताका साथ अगाडी बढाएको छ । बालमैत्री गाउँपालिका घोषणा गर्नकालागी आवश्यक पर्ने ५१ वटा […]
काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्माले जस्तोसुकै सुरक्षा चुनौतीको सामना गर्न नेपाली सेना तयार रहेको बताएका छन् । प्रधानसेनापति शर्माले देशमा विकशित राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने गतिविधिहरुको नेपाली सेनाले अध्ययन गरिरहेको समेत जानकारी दिए। ‘प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठकालाई बिहीबार सम्बोधन गर्दै प्रधानसेनापति शर्माले जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न र नेपाल सरकारका विधिसम्मत […]