Sajhamanch Archive

विभूषणहरुले लज्जा मानेका छन्, बोल्न सक्ने भए उफ्रिन्थेः केपी ओली

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on विभूषणहरुले लज्जा मानेका छन्, बोल्न सक्ने भए उफ्रिन्थेः केपी ओली.

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अलंकार पदकहरुको नाकमा कालो पोतेको टिप्पणी गरेका छन् । सातौं संविधान दिवसको अवसरमा आइतबार एमालेले गरेको कार्यक्रममा ओलीले संविधान दिवसका दिन शहीदका सन्तान, आमाबुबाहरुले गर्व गर्न पाउनुपर्ने र घाइतेहरुले सम्मानित हुन पाउनुपर्ने बताए । तर सरकारले कसैको बा त कसैका श्रीमतीलाई मानपदवी दिएको भन्दै उनले भने, […]

प्रथम बुद्धशान्ति साइक्लिङ प्रतियोगिताको उपाधि कृष्ण श्रेष्ठलाई

Published: in विविधा, समाज by . Leave a Comment on प्रथम बुद्धशान्ति साइक्लिङ प्रतियोगिताको उपाधि कृष्ण श्रेष्ठलाई.

बुद्धशान्ति । बुधबारे जेसीजले आयोजना गरेको प्रथम बुद्धशान्ति साइक्लिङ प्रतियोगिताको उपाधि बुद्धशान्ति–३ का कृष्ण श्रेष्ठले जितेका छन् । बुद्धशान्ति–२ को जगद्गुरु जन्मस्थलदेखि बुद्धशान्ति–४ को बौद्ध गुम्बासम्मको १७ किलोमिटर दूरी ४७ मिनेटमा पार गर्दै श्रेष्ठले प्रथम बुद्धशान्ति साइक्लिङ प्रतियोगिताको उपाधि हात पारेका हुन् । प्रतियोगितामा बुद्धशान्ति–१ का विष्णुकुमार राई दोस्रो भए । उनले निर्धारित दूरी ४८ […]

सामूहिक स्वार्थ सिद्धिकालागि अघि बढ्न नगरवासीमा कनकाई नगर प्रमुुखको अपिल

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on सामूहिक स्वार्थ सिद्धिकालागि अघि बढ्न नगरवासीमा कनकाई नगर प्रमुुखको अपिल.

कनकाई । संविधान दिवसको अवसर पारेर कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले सबै नगरबासीलाई व्यक्तिगत होइन सामूहिक स्वार्थ सिद्धिकालागि अघि बढ्न अनुरोध गरेका छन् । कोरोना कहरका विच नगरपालिका परिसरमा एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै नगर प्रमुख पोखरेलले संविधान दिवसको दिनबाट नागरिकहरुकालागि अझै बढी काम गर्ने हौसला प्राप्त होस् भन्ने कामना गरेका छन् । संविधानमा उल्लेख […]

आज सातौँ संविधान दिवस, देशभर मनाइँदै

Published: in विविधा, समाज by . Leave a Comment on आज सातौँ संविधान दिवस, देशभर मनाइँदै.

काठमाडौं । आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ। नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरूप पाएको थियो। सरकारले संविधान जारी भएको ६ वर्ष पुगेको अवसरमा आझ बिहान सैनिक […]

स्थिति सामान्य भएसँगै सर्वसाधारणका लागि खुल्ला गरियो वाटर किङ्डम पार्क

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on स्थिति सामान्य भएसँगै सर्वसाधारणका लागि खुल्ला गरियो वाटर किङ्डम पार्क.

शिवसताक्षी । झापाको शिवसताक्षी स्थित झिलझिलेमा रहेको वाटर किङ्डम पार्क भाद्र ३१ गतेबाट सर्वसाधारणका लागि खुल्ला गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बन्द अवस्थामा रहेको वाटर किङ्गडम पार्क स्थिति सामान्य भएसँगै खुल्ला गरिएको हो । वाटर किङ्गडम पार्क खुल्ला भएपछि पर्यटकहरुको आगमन सुचारु भएको वाटर किङ्डम पार्कका सञ्चालक राजकुमार संग्रौलाले जानकारी दिए […]

प्रदेश १ मा २१६ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २१६ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१६ जनामा कोरोना संक्रमण भएको छ । ५३१ जनाको पीसीआर परीक्षण गर्दा १५३ र ४०८ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९०, सुनसरीमा २७, मोरङमा २२, इलाममा ६, धनकुटामा ३, भोजपुरमा १ […]

चन्द्रगढी सेवा समाजको दोस्रो वार्षिक सभामा ज्येष्ठ नागरिक सम्मानित

Published: in विविधा, समाज by . Leave a Comment on चन्द्रगढी सेवा समाजको दोस्रो वार्षिक सभामा ज्येष्ठ नागरिक सम्मानित.

भद्रपुर । भद्रपुर १० स्थित चन्द्रगढी सेवा समाजको दोस्रो वार्षिक साधारण सभा विविध कार्यक्रममका साथ सम्पन्न गरिएको छ । सेवा समाजका अध्यक्ष कमलप्रसाद अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा समाजका अग्रज व्यक्तित्व ज्येष्ठ नागरिक सम्मान लगायत कार्यक्रम गरी वार्षिक साधारण सभा सम्पन्न गरिएको हो । कार्यक्रममा भद्रपुर ९ की ९१ वर्षीया […]

सि डिभिजनमा सहभागी खेलाडीहरुलाई वाटर किङ्डम पार्कको साथ

Published: (Updated: ) in खेलकुद, विविधा, समाज by . Leave a Comment on सि डिभिजनमा सहभागी खेलाडीहरुलाई वाटर किङ्डम पार्कको साथ.

शिवसताक्षी ।  झापा शिवसताक्षीको सतासीधाम स्पोर्टिङ्ग क्लबलाई वाटर किङ्डम पार्क झिलझिलेले मुख्य प्रायोजन गरेको छ । सतासीधाम स्पोर्टिङ्ग क्लबबाट सहिद स्मारक सी डिभिजन छनौट फुटबल प्रतियोगितामा सहभागी खेलाडीहरुका लागि वाटर पार्कको लोगो अंकित जर्सी वितरण गरिएको हो । वाटर किङ्डम पार्कका सञ्चालक राजकुमार संग्रौलाले उक्त जर्सी खेलाडीहरुलाई हस्तान्तरण गरेका हुन् । शिवसताक्षीका भाईहरुले खेल क्षेत्रमा […]

आदर्श साकोसमा नयाँ कार्यसमिति चयन

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, सहकारी by . Leave a Comment on आदर्श साकोसमा नयाँ कार्यसमिति चयन.

शिवसताक्षी । शिवसताक्षी न.पा.दूधे स्थित आदर्श बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा चन्द्रबहादुर थापा चयन भएका छन् । संस्थाको १६ औं वार्षिक साधारण सभा तथा छैटौ अधिवेशनले थापालाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यसै गरी उपाध्यक्षमा नीलकृष्ण खरेल, सचिवमा यादवप्रसाद घिमिरे, कोषाध्यक्षमा कमल सेन्चुरी सर्वसम्मत चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा देवीप्रसाद तुम्बापो, […]

हाम्रो टेम्पो हाउसद्वारा टेम्पो चालकलाई सम्मान

Published: in विविधा, समाज by . Leave a Comment on हाम्रो टेम्पो हाउसद्वारा टेम्पो चालकलाई सम्मान.

बिर्तामोड । विभिन्न कलकारखाना तथा औद्योगिक क्षेत्रमा काम गर्ने मजदुरहरुको महत्वपुर्ण पर्वको रुपमा मनाइने ज्ञान बिज्ञान तथा सीपका भगवान विश्वकर्माको पूजाको अवसर पारेर हाम्रो टेम्पो हाउस बिर्तामोडले दुई जना टेम्पो चालकसहित तीन जनालाई सम्मान गरेको छ । हाम्रो टेम्पो हाउसले टेम्पो चालक भिमप्रसाद चिमरिया, ठाकुरप्रसाद आचार्य र हरीप्रसाद वाँस्कोटालाई सम्मान गरेको हो । कोरोनाको महामारीको […]