Sajhamanch Archive

प्रदेश १ मा ३१५ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३१५ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना संक्रमण भएको छ । ८५७ जनाको पीसीआर परीक्षण गर्दा १९८ र ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १००, सुनसरीमा ६४, झापामा १७, धनकुटामा ९, भोजपुर र तेहृथुममा २–२, […]

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै.

काठमाडौं । सरकारले दल विभाजनका लागि सहज हुने गरी ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशविरुद्धका मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा तोकिएको छ । सर्वोच्च अदाललते आज ९शुक्रबार० यसविरुद्ध परेका ६ रिटको पेसी इजलासमा तोकेको हो । सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित इजलास गठन गरिएको […]

प्रदेश सरकारद्वारा भद्रपुर नगरपालिका सम्मानित

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on प्रदेश सरकारद्वारा भद्रपुर नगरपालिका सम्मानित.

भद्रपुर । झापाको भद्रपुर नगरपालिका प्रदेश नं १ सरकारबाट सम्मानित भएको छ । प्रदेशकै पहिलो बालमैत्री नगरपालिका बनेर बालबालिकाको सर्वांगीण विकासका लागि महत्वपूर्ण र उपलब्धिमूलक कार्य गर्दै आएको भन्दै ५७ औं राष्टिय बाल दिवसको अवसर पारेर १ नं प्रदेश सरकारले भद्रपुर नगरपालिकालाई सम्मान गरेको हो । आज मंगलबार विराटनगरस्थित सामाजिक विकास मन्त्रालयको सभाहलमा आयोजित समारोहका […]

कनकाई नहरको ३ नम्बर साइफनमा शारीरिक अपाङ्गता भएका व्यक्तिको सव फेला

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on कनकाई नहरको ३ नम्बर साइफनमा शारीरिक अपाङ्गता भएका व्यक्तिको सव फेला.

शिवसताक्षी । झापाको शिवसताक्षी स्थित कनकाई माईको नहरमा एक जनाको पुरुषको सव फेला परेको छ । नगरको वडा नं. ६ स्थित कनकाई नहरको ३ नम्बर साइफनमा एक पुरुषको सव फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । उक्त सव शिवसताक्षी ६ का ३९ वर्षीय अच्युतानन्द नेपालको रहेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार उनी […]

प्रदेश सरकारलाई एक करोड बरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश सरकारलाई एक करोड बरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण.

विराटनगर । प्रदेश १ सरकारलाई प्रतिमान निमा स्मृति फाउण्डेशनले करिब एक करोड बराबरको स्वास्थ्य सामग्री मुख्यमन्त्री भीम आचार्यलाई हस्तान्तरण गरेको छ । बुधबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा एक कार्यक्रमको विच मुख्यमन्त्री आचार्यलाई फाउण्डेशनले कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि एक करोड मल््य बराबरको विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । अमेरिकी गैर सरकारी संस्था […]

प्रदेश १ मा ४७९ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा by . Leave a Comment on प्रदेश १ मा ४७९ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४७९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८१ जनाको पीसीआर परीक्षण गर्दा ३२० र ६९४ जनाको एन्टिजेन परीक्षण गर्दा १५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११३, झापामा १०४, सुनसरीमा ८३, धनकुटामा ५, इलाम र […]

बुद्धशान्तिमा आजबाट जेसीज सप्ताह कार्यक्रम सुरु

Published: in विविधा, समाज by . Leave a Comment on बुद्धशान्तिमा आजबाट जेसीज सप्ताह कार्यक्रम सुरु.

बुधबारे। झापाको बुद्धशान्तिमा रहेको बुधबारे जेसीज वर्ष २०२१ को जेसीज सप्ताह आजबाट शुरु भएको छ । जेसीज सप्ताह अन्तर्गत बुधबारे जेसीजले आप्mनै जग्गामा भवन निर्माणको काम थालेको छ । भवन निर्माणका लागि बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मिरा भूर्तेलबाट यस अघि नै शिलान्यास भइसकेको थियो । बुद्धशान्ति १ को नमूना चोकमा बुधबारे जेसीजको भवन निर्माण शुरु भएको […]

बाल गृहमा रहेका बालबालिकाहरुवीच वक्तृत्वकला

Published: in विविधा, समाज by . Leave a Comment on बाल गृहमा रहेका बालबालिकाहरुवीच वक्तृत्वकला.

विराटनगर । प्रदेश १ का बाल गृहमा रहेका बालबालिकाहरुवीच प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगिता गरिएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ को आयोजनामा कोरोना संक्रमण बालबालिकाको भोगाई र शिक्षामा असर विषयक प्रतियोगितामा १२ वटा बालगहृका बालबालिकाको सहभागिता रहेको थियो । प्रतियोगितामा सिविन नेपाल विराटनगरकी विनिका शर्मा प्रथम भएकी छन् । उनले नगद १० हजार रुपैयाँ […]

वीरता जेसीजद्वारा अपाङ्गता भएका २५ जनालाई खाद्यन्न सहयोग

Published: in विविधा, समाज by . Leave a Comment on वीरता जेसीजद्वारा अपाङ्गता भएका २५ जनालाई खाद्यन्न सहयोग.

बिर्तामोड । वीरता जेसीजले बिर्तामोड १० का अपाङ्ग भएका २५ जनालाई खाद्यान्न सहयोग प्रदान गरेको छ । मंगलवार वडा कार्यालयमा आयोजित कार्यक्रमकाबीच वीरता जेसीजले अति विपन्न अपाङ्गता भएकाहरुलाई चामल, दाल, नुन, तेल लगायतका खाद्यन्न वितरण गरेको हो । संस्थाका अध्यक्ष राजीव धिमालको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दूर्योधन गुरुङ्गले अपाङ्गता भएकालाई खाद्यान्न […]

नारी सञ्चार गृहको नवौं बार्षिक साधारणसभा सम्पन्न

Published: in विविधा, समाज by . Leave a Comment on नारी सञ्चार गृहको नवौं बार्षिक साधारणसभा सम्पन्न.

विर्तामोड । झापाली महिला पत्रकारहरुको छाता संगठन नारी संचार गृह झापाको नवौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । विर्तामोडस्थित संस्थाको आफ्नै कार्यालयमा संस्थाका अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षतामा नवौं वार्षिक साधारणसभामा सम्पन्न भएको हो । साधारणसभाको संस्थाका सचिव भूमिका सुब्बाले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्योस्ना श्रेष्ठले प्रस्तुत गरेकी थिइन् । […]