Sajhamanch Archive

शिवसताक्षीमा तीन लायन्स क्लबको पद हस्तान्तरण सम्पन्न

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on शिवसताक्षीमा तीन लायन्स क्लबको पद हस्तान्तरण सम्पन्न.

शिवसताक्षी । झापाको शिवसताक्षीमा तीन वडा लाइन्स क्लबको पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शिवसताक्षीको झिलझिले स्थित वाटर किङ्डम पार्कमा एक कार्यक्रमको आयोजना गरी झापाका तीन लायन्स क्लबको पदहस्तान्तरण कार्यक्रम गरिएको हो । लायन्स क्लब अफ शिवसताक्षी, लायन्स क्लब अफ केर्खा र लायन्स क्लब अफ गौरादहको पदहस्तान्तरण एकै कार्यक्रममा गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि […]

विर्तामोड उद्योग वाणिज्य संघद्वारा अपाङ्गता भएका व्यक्तिलाई राहत वितरण

Published: in विविधा, समाज by . Leave a Comment on विर्तामोड उद्योग वाणिज्य संघद्वारा अपाङ्गता भएका व्यक्तिलाई राहत वितरण.

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड–३ का अपाङ्गता भएका २५परिवारलाई राहत वितरण गरेको छ । कोरोना कहरका कारण आर्थिक समस्यामा परेका अपाङ्गता भएका ब्यक्तिलाई राहत वितरण गरिएको बताइएको छ । लामो समयको निषेधाज्ञाका कारण आर्थिक समस्याभएपछि अपाङ्गता भएका ब्यक्तिहरु मारमा परेको भन्दै सहयोग गरिदिन सबैसँग आग्रह गरेका थिए । उनीहरुको आग्रहलाई ध्यान दिदैं बिर्तामोड […]

प्रदेश १ मा ३८७ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३८७ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११४ जनाको पीसीआर परीक्षण गर्दा २८३ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १०४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९८, सुनसरीमा ९४, मोरङमा ७६, इलाममा ५, संखुवासभामा ३, भोजपुर […]

थप २ हजार २९५ जनामा कोरोना, १८ सय बढी निको, १६ को मृत्यु

Published: in मुख्य समाचार, विविधा, स्वास्थ्य by . Leave a Comment on थप २ हजार २९५ जनामा कोरोना, १८ सय बढी निको, १६ को मृत्यु.

काठमाडौँ  । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा थप २ हजार २९५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ११ हजार ८९२ र एन्टिजेन विधिबाट ४ हजार ३४१ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार २९५ जनामा संक्रमण देखिएको […]

प्रदेश १ मा ५७४ जनामा कोराना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ५७४ जनामा कोराना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८१ ज्नाको पीसीआर परीक्षण गर्दा ४१० र ७५८ जनाको एन्टिजेन परीगण गर्दा १६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १७१, मोरङमा ९८, सुनसरीमा ९६, इलाममा १२, उदयपुरमा १०, धनकुटामा […]

देवकोटाको शालिक तोडफोड गर्नेलाई कारवाही गर्न माग

Published: in विविधा, समाज by . Leave a Comment on देवकोटाको शालिक तोडफोड गर्नेलाई कारवाही गर्न माग.

भद्रपुर । भद्रपुर नगरपालिका ९ स्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको शालिक गएराति अज्ञात समूहले तोडफोड गरेको छ । वि सं २०५१ मा स्थापना गरिएको महाकवि देवकोटोको अर्धकदको शालिकको टाउको र शरीर विच्छेद गरी जमिनमा रखिएको अवस्थामा सोमबार विहान भेटिएको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले जानकारी दिए । महाकवि देवकोटाको सो प्रतिमा तोडफोडको घटनाप्रति […]

अर्जुनधारामा एक महिलाको शव फेला

Published: in विविधा, समाज by . Leave a Comment on अर्जुनधारामा एक महिलाको शव फेला.

झापा । झापाको अर्जुनधारामा आज विहान एक महिलाको शव फेला परेको छ । अर्जुनधारा स्थानीय सुजन च्याउ उद्योग नजिकै हातमा पैसा बोकेको अवस्थामा अन्दाजी ४० वर्षीया सावित्राको सावित्रा खड्का विश्वकर्माको शव आज विहान फेला परेको हो । उनी शनिबारसाँझ श्रीमानसँग सामान्य घर झगडा भएपछि निस्किएकी बताइएको छ । अर्जुनधाराकै खुदुनाबारी घर भएका विश्वकर्मा परिवार लामो […]

एमालेले कारबाही गरेका माधव नेपालसहित १४ सांसदको पद नजाने

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on एमालेले कारबाही गरेका माधव नेपालसहित १४ सांसदको पद नजाने.

काठमाडौं । नेकपा एमालेले ह्वीप उल्लंघनको आरोपमा निष्कासनको कारबाही गरेका १४ सांसदको पद नजाने भएको छ । संघीय संसद सचिवालयले प्रमुख प्रतिपक्षी दल नेकपा नेकपा एमालेले ह्विप उलंघन गरेका सांसदलाई कारवाहीका लागि पठाएको पत्रको टुंगो लगाएको हो । संसद सचिवालयले वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा ह्विप उलंघन आरोपमा एमालेले कारवाही […]

गएको २४ घण्टामा प्रदेश १ मा ३४८ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on गएको २४ घण्टामा प्रदेश १ मा ३४८ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना संक्रमण देखिएको छ । ९२९ जनाको पीसीआर परीक्षण गर्दा २६५ र ४४० जनाको एन्टिजेन परीक्षण गर्दा ८३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९१, मोरङमा ८९, सुनसरीमा ५५, पाँचथरमा १८, इलाममा ६, ते¥हथुममा २, धनकुटामा […]

प्रस्तावित बाह्रदशी जेसीजद्वारा ट्राफिक सचेतना सम्पन्न

Published: in विविधा, समाज by . Leave a Comment on प्रस्तावित बाह्रदशी जेसीजद्वारा ट्राफिक सचेतना सम्पन्न.

बाह्रदशी । प्रस्तावित बाह्रदशी जेसीजले ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । प्रस्तावित बाह्रदशी जेसीजका अध्यक्ष विगम श्रेष्ठको अध्यक्षता तथा बाह्रदशी गाउँपालिकाका वडा नं ३ का वडाध्यक्ष विरेन्द्र राजवंशीको प्रमुख आतिथ्यमा ट्राफिक सचेतना कार्यक्रम गरिएको थियो । कार्यक्रम संयोजक संजय शाहले धन्यवाद दिएको कार्यक्रमको औचित्यमाथि प्रकाश कार्यकारी उपाध्यक्ष टंकबहादुर कार्कीले पारेका थिए भने उपाध्यक्ष प्रकाश […]