शिवसताक्षी । झापामा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको छ । आगामी भदौ ११ गतेदेखि १९ गतेसम्ममा झापाका पालिकाहरुमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइने जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका सबै पालिकाहरुमा व्यवस्थित तवरले खोप सञ्चालन गर्न पत्र पठाइसकेको छ । झापामा भदौ ११ देखि १३ […]
काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । कक्षा १२ को परीक्षा सम्बन्धमा, इञ्जिनियरिङ्ग कलेजको शुल्कका सम्बन्धमा मंगलबार बसेको समितिको बैठकले इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क विदाई, स्वागत, भ्रमण, खेलकुद जस्ता अतिरिक्त शीर्षकको शुल्क नलिन निर्देशन दिएको हो । समिति सभापति जयपुरी घर्तीले कलेज बन्द भएको अवस्थामा कलेजले […]
मेचीनगर । मेचीनगर–८ स्थित पटन प्राणी कल्याण बौद्ध विहार गुम्बाको तेस्रो वार्षिक अधिवेशनबाट धनबहादुर राना मगर पुनः अध्यक्षमा चयन भएका छन् । गुम्बा परिसरमा सोमबार भएको अधिवेशनबाट उपाध्यक्षमा कमला खपुतरी मगर, सचिवमा ओम थापा मगर, सहसचिवमा जुनु रजान मगर र कोषाध्यक्षमा मनु मगर तामाङ चयन भएका छन् । सदस्यमा विष्णु राई, तारा खड्का, रामप्रसाद भट्टराई, […]
कमल । प्रेस चौतारी झापाले आज झापाका कोभिड १९ सक्रमित तथा स्वास्थ्यमा विविध समस्या झेलिरहेका झापाली पत्रकारहरूलाई पौष्टिक आहार वितरण गरेको छ । झापामा रहेर पत्रकारीता गरिरहेका झापाली पत्रकारहरू गणेश पोख्रेल, पुष्प खड्का,विष्णु लम्साल, लिलाराज झापाली, आकृति तिम्सिना, सिएम चुडामणी शर्मा, माधव कल्पित, हिमाल खरेल, अनुष्का चुडाल लगायतलाई घरै पुगेर पौष्टिक आहार वितरण गरिएको प्रेस […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । ९२४ जनाको पीसीआर परीक्षण गर्दा ३०९ र ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा ११२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४९, मोरङमा ६८, सु्नसरीमा ६७, इलाममा १२, संखुवासभामा ५, उदयपुरमा २, […]
पर्सा । संघीय राजधानीलाई तराईसँग जोड्न निर्माणाधीन काठमाडौं–निजगढ द्रुतमार्गमा वन्यजन्तुका लागि दुई ‘अन्डर पास’ निर्माण हुने भएको छ । सडकले वन्यजन्तुको आवागमनका बाधा नपार्न नेपाली सेनाले कोरियाली परामर्शदातामार्फत स्थलगत अध्ययन गराएको हो । ‘एनिमल पास’ को डिजाइन सम्बन्धमा दक्षिण कोरियाली परामर्शदाता कम्पनी योसिन इन्जिनियरिङ कर्पोरेसनले स्थलगत अध्ययन पूरा गरेर प्रतिवेदन दिएको नेपाली सेनाले जनाएको छ । सैनिक प्रवक्ता […]
सुरुङ्गा । झापाको कनकाई नगरपालिका सुरुङ्गमा एकै परिवारले झुण्डिएर आत्महत्या गरेका छन् । कनकाई नगरपालिका १ का ४० बर्षिय रविन विश्वकर्मा उनकी श्रीमती २९ वर्षीय मुना विक र उनीहरुकी ८ महिनाकी छोरी रुविनाको झुण्डिएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्रहरीका अनुसार आमाले छोरी बोकेकी छन् । मृतक रविन वैदेशिक रोजगारीमा […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ९९ जनाको पीसीआर परीक्षणगर्दा ३७० र ७३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४३, मोरङमा ११२, सुनसरीमा ९३, इलाममा ७, पाँचथरमा ३, संखुवासभामा २, […]
कमल । झापाको कमल गाउँपालिका ३ निवासी एक व्याक्तिले आफ्नो जन्मदिनमा गरिने फजुल खर्च कटाएर सामाजिक कार्यमा लगाउन घोषणा गरेका छन् । १५ वष देखि सहकारी अभियानमा लाग्नु भएका र हाल लेकवेसी कृषि सहकारी सस्थाका व्यवस्थापक समेत रहनु भएका नारायण भट्टराईले आज परेको आफ्नो जन्मदिनको अवसरमा सहकारीमा लागेर विभिन्न क्षेत्रमा सहयोग पुर्याउने व्यक्तिलाई जिल्ला सहकारी […]
काठमाडौं । आज श्रावण शुक्ल पूर्णिमा, रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्नान गरेर गुरु पुरोहितबाट डोरो बाँध्ने गर्दछन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । मानव रक्षाका लागि जप, तप र […]