शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा न. ४ र ५ का कृषकलाई कृषि उपकरण हस्तान्तरण गरिएको छ । शिवसताक्षी नगरपालिका र विश्वडुब्बा बहुदेशीय युवा कृषक समूहको साझेदारीमा उक्त कृषि सामाग्री हस्तान्तरण गरिएको हो । उक्त कृषि उपकरण शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, वडा नं. ४ का वडाध्यक्ष विष्णुप्रसाईले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । कृषकका […]
झापा। झापाका कानुन व्यवसायी गजेन्द्र आचार्य प्रदेश १ सरकारको मुख्य न्यायाधीवक्तामा नियुक्त भएका छन् । वरिष्ठ अधिवक्ता आचार्यलाई प्रदेश सरकारले मुख्य न्यायाधीवक्तामा नियुक्त गरेको हो । लामो समयदेखि वकालती पेशामा रहेका आचार्य नेपाल बुद्धिजीवी परिषद् झापाका अध्यक्ष पनि छन् । एमाले निकट कानुन व्यवसायी आचार्य मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा मुख्य न्यायाधीवक्ता नियुक्त भएका हुन् ।मंगलवार […]
ताप्लेजुङ। ताप्लेजुङको सुकेटार विमानस्थलमा सीता एयरलाइन्सले सोमबारदेखि उडान सुरु गरेको छ । सीता एयरलाइन्सको ट्विनअटर जहाजले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान पुनः सुरु गरेको हो । सीता एयरलाइन्सको उडान बन्द भएको करिब आठ महिनापछि पुनः उडान सुरु भएको हो । गत साताको बुधवारदेखि नै उडान सुरु गर्ने तयारी रहेको भए पनि सोमबारदेखि मात्र उडान सुरु भएको नेपाल नागरिक […]
झापा । म्याच फिक्सिङ प्रकरणमा पक्राउ परेका दुई खेलाडीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार राष्ट्रिय खेलकुद विकास ऐन अन्तर्गतको कसुरमा मंगलबार अदालतबाट ५ दिनको म्याद लिइएको हो । टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’मा संलग्न रहेको आरोपमा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलम र नेपाली राष्ट्रिय क्रिकेट […]
कचनकवल । कचनकवलमा एउटै रुखमा झुण्डिएर एक पे्रमी प्रेमिकाले आत्म हत्या गरेका छन । एउटै रुखमा ३ किशोरी झुण्डिएर आत्महत्या गरेको केहि महिना नबित्दै झापाको कचनकवल गाउँपालिकामा एउटै पासो लगाई युवायुवतीले झुन्डिएर आत्महत्या गरेका छन् । कचनकवल गाउँपालिका वडा नं ४ केचनाको खुट्टामुनिमा रहेको एभरेष्ट चिया बगानमा सिरिसको रुखमा पासो लगाई स्थानीय २५ वर्षिय राजेशकुमार […]
पोखरा । पोखरामा यति एअरलाएन्सको विमान दुर्घटना भएको छ । पोखराको नयाँ गाउँमा विमान दुर्घटना भएको हो । केही बेरअघि विमान दुर्घटना भएको हो । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको हो । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोंचमा दुर्घटनाग्रस्त […]
शिवसताक्षी । झापाको धार्मिक तथा पर्यटकय क्षेत्र सताक्षीधाममा संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्गले पहिलो पटक अवलोकन गरेका छन् । अवलोकनका क्रममा नेम्वाङ्गले सताक्षीधाम क्षेत्र भित्रका सबै मठ मन्दिरहरुमा दर्शन गरेका छन् । सताक्षीधाम पर्यटन विकास समितिले यहाँका समस्याहरुको बारेमा नेम्वाङ्गलाई जानकारी गराएको थियो । पूर्व सभामुख नेम्वाङ्गले सताक्षीधाम विकासमा तीनै वटा सरकारले […]
शिवसताक्षी । झापा शिवसतााक्षी ८ झिलझिले स्थित पशुपति एकाडेमीले ३३ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । विद्यालयको प्राङ्गणमा भएको बार्षिकोत्सव कार्यक्रमको प्रदेश सांसद राधाकृष्ण खनालले उद्घाटन गरेका हुन् । कार्यक्रममा सांसद राधाकृष्ण खनालले सामुदायिक विद्यालयमा मात्र होइन संस्थागत विद्यालयले पनि उच्च शिक्षा दिन सक्षम रहेको बताए । विद्यार्थी अनुशासित र पर्यदित बनाउन नैतिक […]
शिवसताक्षी । झापा शिवसताक्षी रहेको श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा प्र.अ. विवाद प्रकरणमा आज नेपाली कांग्रेस सम्बद्ध नेविसंघले शिवसताक्षी नगरपालिकामा आन्दोलन गरेको छ । नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोषन)ले नियम र कानुन परिधि भित्र रही यस विषयमा ७ दिन भित्र सरोकारवाला निकायहरुसँग छलफल गर्ने बताए पछि नेविसंघले सहमति जनाएको छ । यता नेविसंघका जिल्ला सभापति […]
शिवसताक्षी । नेपाली कांग्रेस नगर समितिले शिवसताक्षी नगरपालिकामा ध्यनाकर्षण पत्र बुझाएको छ। श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको प्र.अ. नियुक्तिको विषयलाई लिएर नगरपालिकाले गरेको निर्णय सञ्चाउन माग गर्दै नेपाली कांग्रेसले ध्याकर्षण पत्र बुझाएको हो । कार्यपालिकाको बैठकले विद्यालयका लेखापाल र नगरपालिका शिक्षा शाखाका कर्मचारीको संयुक्त खाता सञ्चालन गरी शिक्षकको तलब भुक्तानी गर्न बाटो खुल्ला गरिदिएको […]