काठमाडौं । मेक्सिकोमा आएको भीषण आँधीका कारण कम्तिमा पनि आठ जनाको मृत्यु भएको छ । पूर्वी मेक्सिकोमा शनिबार तीव्र गतिको हावा र ठूलो वर्षासहित भिषण आँधी आएको बीबीसीले जनाएको छ । आँधीले भेराक्रुज राज्य सबैभन्दा बढी प्रभावित भएको छ । आँधीमा ज्यान गुमाउनेमध्ये ६ जना एकै परिवारका भएका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । वैज्ञानिकहरुले […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४७९ जनामा कोरोना संक्रमण भएको छ । ७३९ जनाको पीसीआर परीक्षणगर्दा २०० र १ हजार ४५ जनाको एन्टिजेन परीक्षण गर्दा २७९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७३, सुनसरीमा ६६, झापामा ४७, धनकुटामा ७, इलाममा ४, उदयपुरमा २, […]
झापा । झापाको बिर्तामोडमा निर्माणाधीन बहुजाती बहुभाषिक बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माणका लागि झापाली समाज युएईले सहयोग गरेको छ । झापा नाटक घरका लागि आवश्यक जमिन खरिद गर्न संस्थाले सञ्चालन गरेको एक धुर जमिन खरिद अभियानका लागि झापाली समाज युएईले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको हो । झापाली समाज युएई नेपाल सम्पर्क […]
काँकरभिट्टा । मेचीनगरको साविक बाहुनडाँगीका खानेपानी उपभोक्ताहरुले झरनामा नुहाउन आउने आन्तरिक पर्यटकका कारण आफूहरु दूषित पानी पिउन बाँध्य हुनु परेको गुनासो गरेका छन् । केही दिनदेखि इलामको रोङ गाउँपालिका र मेचीनगर नगरपालिकाकोे सीमानामा रहेको पर्यटकिय स्थल झरनामा नुहाउन र मनोरञ्जन गर्न पुग्ने आन्तरिक पर्यटकहरुका कारण बाहुनडाँगीका खानेपानी आयोजनाहरु प्रदूषित भएको भन्दैं पदाधिकारी र उपभोक्ताहरुले गुनासो […]
दाङ । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–९ बटला निवासी २८ वर्षीया धर्माकुमारी बटालाको यात्राको क्रममा बसमै मृत्यु भएको छ । बस रुकुम पश्चिम हुँदै जाजरकोट र सुर्खेत, बर्दिया हुँदै कोहलपुर जाँदै थियो । बिहीबार बेलुका साढे ५ बजे दूधे छोरा किरण बटलासहित रुकुमको राडीबाट ना ३ ख ३७८८ नम्बरको नाइट बस चढेकी बटालाको मृत्यु भएको हो । […]
बारा । बारामा स्थानीय तहका एक महिला जनप्रतिनिधिलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ । बाराको कलैया उपमहानगरपालिका–२७ की वडा सदस्य तारादेवी पासवानमाथि स्थानीयवासीले कुटपिट गरेका हुन् । पासवानमाथि स्थानीय जोगिन्द्र साहसहितको समूहले कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ । वडासदस्य पासवानमाथि गाउँकै एक महिलालाई अर्का पुरुषसँग भगाउन सहयोग गरेको आरोप लगाउँदै उक्त समूहले […]
बेलायत । एस्ट्राजेनेका कम्पनीले विकास गरेको एन्टिबडी औषधिले लक्षणसहितको कोभिड रोकथाम गर्न ट्रायलमा सफल देखिएको छ । ट्रायलमा सफल देखिएसँगै कम्पनीले बेलायतको नियामक निकायसँग प्रयोगका लागि अनुमति प्राप्त गर्न छिट्टै निवेदन दिने तयारी थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। कम्पनीका अनुसार कोभिड खोप पाइ सकेर पनि काम नगरेको वा खोप नलगाउन चाहने व्यक्तिलाई यो एक राम्रो […]
बिर्तामोड । साहित्य चौतारी बिर्तामोड झापाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रथम स्मृति दिवस विविध कार्यक्रम गरी मनाएको छ । साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा शिक्षासेवी लोकनाथ पौड्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष कृष्ण सुवेदी निराकारले स्वागत गरेका थिए । संस्थाका पूर्व महासचिव राजेन्द्र संग्रौलाले राष्ट्रकवी घिमिरेको जीवनी वारे चर्चा गरेको कार्यक्रममा इलामे […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७६९ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ४२९ र १ हजार ३२५ जनाको एन्टिजेन परीक्षण गर्दा ३४० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४९, मोरंगमा १४५, सुनसरीमा ८६, इलाममा १६, पाँचथरमा […]
काठमाडौँ । अब ‘मेरो सेयर’ को पासवर्ड यूजर आफैले परिवर्तन गर्न सक्ने भएका छन् । मेरो सेयर सफ्टवेयर प्रदायक कम्पनी सीडीएससीले आफ्नो सेवामा थप ‘फरगेट योस् पासवर्ड’ सेवा थप गरेपछि यूजर आफैँले पासवर्ड परिवर्तन गर्न सक्ने भएका छन् । शुक्रवारदेखि सो सेवा कार्यान्वयनमा ल्याइएको सीडीएससीले जनाएको छ ।