Sajhamanch Archive

माधव नेपालको पार्टीको नाममा हट्यो एमाले, ‘नेकपा एकीकृत समाजवादी’ रहने

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on माधव नेपालको पार्टीको नाममा हट्यो एमाले, ‘नेकपा एकीकृत समाजवादी’ रहने.

काठमाडौं । माधव कुमार नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम परिवर्तन गरेको छ। यसअघि नेकपा एमाले समाजवादी नाम राखिएकोमा अब सो पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ। शुक्रबार नेता राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेको हो। यसअघि प्रस्तावित नेकपा एमाले ९समाजवादी० नाम मूल पार्टीसँग जुधेको भन्दै […]

महन्थ ठाकुरको पार्टीको नाम फेरियो, लोकतान्त्रिक समाजवादी पार्टी राख्ने निर्णय

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on महन्थ ठाकुरको पार्टीको नाम फेरियो, लोकतान्त्रिक समाजवादी पार्टी राख्ने निर्णय.

काठमाडौं । महन्थ ठाकुर पक्षले पनि पार्टीको नाम परिर्वतन गरेको छ । पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राखिएको नेता केशव झाले जानकारी दिए । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल ९लोकतान्त्रिक० दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । तर निर्वाचन […]

कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

Published: in विविधा, समाज by . Leave a Comment on कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय.

काठमाडौं । सरकारले कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ गते कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। सरकारले गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय गरेको छ। भदौ ७ मा गाईजात्रा पर्व परेको छ।

विहीबार प्रदेश १ मा ८१३ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on विहीबार प्रदेश १ मा ८१३ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८१३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार २४५ जनाको पीसीआर परीक्षण गर्दा ३६९ र १ हजार ६७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४१७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १२७, मोरङमा ११८, सुनसरीमा ९०, पाँचथरमा १०, इलाम, […]

शिवसताक्षी नगरपालिकाद्वारा बजार अनुगमन

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी नगरपालिकाद्वारा बजार अनुगमन.

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाले आज बजार अनुगमन गरेको छ । शिवसताक्षीका मुख्य बजार दूधे, झिलझिले, माइधार र डुडामारी बजार अनुगमन गरिएको हो । कोभिड १९ का कारण जिल्लाको डिसिसिमएसीको बैठकले पूर्ण रुपमा स्वास्थ्य समाग्री प्रयोग गरी दुई चरणमा बजार खुल्ला गर्ने निर्णय गरेसँगै नगरपालिकाले बजार अनुगमनमा तिब्रता दिएको छ । नगरपालिकाका कार्यकारी अधिकृत गीतकुमारी […]

अनलाइन कक्षाको आधा शुल्क लिन निर्देशन

Published: in विविधा, शिक्षा, समाज by . Leave a Comment on अनलाइन कक्षाको आधा शुल्क लिन निर्देशन.

विराटनगर । नगर क्षेत्रका निजी विद्यालय र प्लस टु सञ्चालकलाई अनलाइन अध्यापन अवधिमा मासिक ५० प्रतिशत मात्र शुल्क लिन विराटनगर महानगरपालिकाले निर्देशन दिएको छ । तर महानगरको निर्देशनलाई लिएर निजी विद्यालय सञ्चालकहरूले असन्तृष्टि जनाएका छन् । निजी विद्यालय सञ्चालकहरूले सरोकारवालासँग समन्वय नगरी महानगरले एकलौटी निर्णय गरेको भन्दै निर्देशनको पालना नगर्ने बताएका छन् । विद्यालयले अनलाइन कक्षा पढाउँदा पनि […]

रसुवामा पहिरोमा परि एकै परिवारका दुईको मृत्यु, दुई बेपत्ता, एक घाइते

Published: (Updated: ) in विविधा by . Leave a Comment on रसुवामा पहिरोमा परि एकै परिवारका दुईको मृत्यु, दुई बेपत्ता, एक घाइते.

रसुवा । घरमाथिबाट आएको पहिराका कारण दक्षिणी रसुवाको कोलडाँडा भन्ने स्थानमा एक घर पुरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेका अनुसार भारी वर्षासँगैको पहिराले नौकुण्ड गाउँपालिका–५ कोलडाँडा भन्ने स्थानमा गए राति श्यामबहादुर गलानको घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । गलान भने घाइते अवस्थामा भेट्टिएकाले उपचारार्थ […]

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८४१ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८४१ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४१ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५१४ जनाको पीसीआर परीक्षण गर्दा ३९६ र १ हजार ४७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४४५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा १३५–१३५, सुनसरीमा ८२, इलाममा २१, धनकुटामा […]

थप ३,४०३ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विविधा, स्वास्थ्य by . Leave a Comment on थप ३,४०३ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु.

काठमाडौं । पछिल्लो २४ घण्टामा ३४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २,६१३ र ४,९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी कुल ३,४०३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २,१०४ जना संक्रमणमुक्त भएका छन् भने ४२ जनाको मृत्यु भएको […]

विर्तामोड आसपासबाट ६ जना लागु औषधसहित पक्राउ

Published: in विविधा, समाज by . Leave a Comment on विर्तामोड आसपासबाट ६ जना लागु औषधसहित पक्राउ.

बिर्तामोड । झापाको बिर्तामोडबाट ब्राउनसुगरसहित ६ जना पक्राउ परेका छन् । बिर्तामोड–१ स्थित चारपानेबाट दुई युवती, बिर्तामोड–५ जात्रुबाडीबाट दुई युवा र बिर्तामोड–५ नयाँ बसपार्कस्थित मिलनचोकबाट दुई युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यसै गरी इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले मङ्गलबार बेलुका ५ बजे बिर्तामोड–१ स्थित चारपानेबाट सोही स्थानकी देवी […]