Sajhamanch Archive

धरानमा भदौ ४ गतेबाट पूर्ण लकडाउन

Published: in विविधा, स्थानीय तह by . Leave a Comment on धरानमा भदौ ४ गतेबाट पूर्ण लकडाउन.

धरान । धरान उपमहानगरपालिकामा भदौ ४ गतेदेखि १३ गतेसम्म पूर्ण लकडाउन गरिने भएको छ । आज बिहान बसेको नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको धरान १५ का वडा अध्यक्ष नरेश इवारमले जानकारी गराएका छन् । सोमबार उपमहानरपालिकामा सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसहित सर्वदलीय सर्वपक्षीय बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्म पूर्ण लकडाउन गर्न सिफारिस […]

एमालेले अध्यावधिक गर्न आयोगमा पठायो २६० केन्द्रीय सदस्यको सूची

Published: in राजनीति, विविधा by . Leave a Comment on एमालेले अध्यावधिक गर्न आयोगमा पठायो २६० केन्द्रीय सदस्यको सूची.

काठमाडौँ । नेकपा एमालेले २६० सदस्यीय केन्द्रीय कमिटीको सूची निर्वाचन आयोगमा पठाएको छ । केन्द्रीय कमिटीको विवरण अध्यावधिक गर्न मंगलबार एमाले केन्द्रीय कार्यालयले आयोगमा सूची पठाएको हो । पुनर्स्थापित एमालेमा २६४ जना सदस्य छन् । उनीहरुमध्ये केहीको मृत्यु भएको र केही राजनीतिक नियुक्तिमा गएकाले २६० जनाको विवरण अध्यावधिका लागि आयोगमा पठाइएको हो । अहिले आयोगमा […]

माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयलाई एमालेको पत्र

Published: in राजनीति, विविधा by . Leave a Comment on माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न संसद सचिवालयलाई एमालेको पत्र.

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही गरेको छ । उनीहरुलाई पदमुक्त गर्न संसद् सचिवालयमा सूचना दिइएको छ भने निर्वाचन आयोगमा जानकारी गराइएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार १४ जना सांसदलाई कारवाहीको सिफारिस गरिएको छ । कारवाहीका लागि सिफारिस गरिएका सांसदहरुमा माधवकुमार नेपाल, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, […]

व्याण्ड भर्सेस ब्राण्ड प्रदेशको गौरवको योजनाः मन्त्री राई

Published: in प्रदेश तह, विविधा, समाज by . Leave a Comment on व्याण्ड भर्सेस ब्राण्ड प्रदेशको गौरवको योजनाः मन्त्री राई.

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले व्याण्ड भर्सेस ब्राण्ड प्रदेश सरकारको गौरवको योजना भएको बताएकी छिन् । उनले सामाजिक विकास मन्त्रालयले व्याण्ड भर्सेस ब्राण्डको नेतृत्व गरेपनि यो प्रदेशको गौरवको योजना भएको बताएकी हुन् । सामाजिक विकास मन्त्रालयले नेपाली घरेलु मदिरा ब्रान्डीङ तथा बजारीकरणका लागि गठन गरेको व्याण्ड भर्सेस ब्राण्ड अवधारणा सम्भाव्यता […]

प्रदेश १ मा ६९२ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ६९२ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९२ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५३४ जनाको पीसीआर परीक्षण गर्दा ४४९ र ८६२ जनाको एन्टिजेन परीक्षण गर्दा २४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २११, सुनसरीमा ११५, मोरङमा ८९, धनकुटामा ११, इलाममा ९, भोजपुरमा […]

सुकुम्वासीलाई धनिपुर्जा वितरण नारामै सिमित, आयोग विगठनको विरुद्धमा हस्ताक्षर संकलन अभियान सुरु

Published: in विविधा, समाज by . Leave a Comment on सुकुम्वासीलाई धनिपुर्जा वितरण नारामै सिमित, आयोग विगठनको विरुद्धमा हस्ताक्षर संकलन अभियान सुरु.

कमल । सुकुम्वासीलाई धनिपुर्जा वितरणको नारा घन्किन थालेको दशकौं भयो तर यो नारा, नारामै सीमित छ । हरेक पटक चुनावमा राजनीतिक दलका घोषणपत्रमा सुकुम्वासीलाई धनिपुर्जा वितरण मुख्य एजेण्डाका रुपमा हुन्छ । नेता चुनाव जितेर जान्छन् । तर धनिपुर्जा वितरण त परै जावस् सुकुम्बासी बस्ती तिर फर्केर समेत कसैले हेर्दैनन् । सुकुम्बासीलाई धनिपुर्जा दिन्छौ भन्ने आश्वासन […]

झापामा निषेधज्ञा खुकुलो, स्वास्थ्य मापदण्ड पुरा नगरे कडा कार्वाही गर्ने

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by . Leave a Comment on झापामा निषेधज्ञा खुकुलो, स्वास्थ्य मापदण्ड पुरा नगरे कडा कार्वाही गर्ने.

बिर्तामोड । झापामा भदौ १ गतेबाट निषेधाज्ञा खुकुलो हुने भएको छ । डीसीसीएमसीको आज सम्पन्न बैठकले विहान १० देखि बेलुका ६ बजेसम्म सबै व्यवसाय र यातायात खुल्ला गर्ने निर्णय गरेको छ । यता भेरै भीडभाड हुने खाद्यान्न लगायतका पसल विहान ६ बजेदेखि विहान १० बजेसम्म मात्र खुला गर्न पाइने निर्णय गरिएको छ । पूर्ण स्वास्थ्य […]

सतासीधाम जेसीजद्वारा भक्तजनहरुलाई प्रसाद वितरण

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on सतासीधाम जेसीजद्वारा भक्तजनहरुलाई प्रसाद वितरण.

शिवसताक्षी । श्रावण महिनाको अन्तिम सोमबार आज झापाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा प्रसाद वितरण गरिएको छ । सतासीधाम जेसीजले सताक्षीधाममा आउने भक्तजनहरुलाई प्रसाद वितरण गरेको हो । जेसीजले सोमबारको ब्रत बसी पुजा गर्न आउने ६ सय बढी भक्तजनलाई प्रसाद वितरण गरिएको सतासीधाम जेसीजका वर्तमान अध्यक्ष कमल सेन्चुरीले जानकारी दिए । भक्तजनहरुले कनकाई माईबाट […]

झापामा परीक्षणको ५० प्रतिशत कोरोना संक्रमण

Published: (Updated: ) in विविधा, स्वास्थ्य by . Leave a Comment on झापामा परीक्षणको ५० प्रतिशत कोरोना संक्रमण.

बिर्तामोड । झापामा आइतबार १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय तथ्यांक अनुसार झापामा संक्रमणको दर ५० प्रतिशत रहेको पाइएको छ। पिसिआर र एन्टिजेन गरि ३६७ जनाको स्वाब नमूना परीक्षण गरिएको थियो। आइतबार संक्रमण पुष्टि भएको प्रतिशत ५० भन्दा बढी हुन आउँछ। आइतबार कोभिडबाट झापामा ५ जनाको मृत्यु भएको छ।

प्रदेश १ मा ६६० जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ६६० जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ९८ जनाको पीसीआर परीक्षणगर्दा ३९३ र १ हजार ४३ जनाको एन्टिजेन परीक्षणगर्दा २६७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५१, मोरङमा १२४, सुनसरीमा ९४, इलाममा ८, उदयपुरमा ४, […]