Sajhamanch Archive

प्रदेश १ मा ६९२ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ६९२ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा ६९२ जनामा कोरोना संक्रमण भएको छ । ७८८ जनाको पीसीआर परीक्षण गर्दा २१५ र १ हजार ५४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४७७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०८, सुनसरीमा ४२, झापामा ३८, धनकुटामा १४, इलाममा ९, उदयपुरमा २, संखुवासभा र […]

मृगौला रोगसित लड्दै भद्रपुरका दुई शिक्षक

Published: in विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on मृगौला रोगसित लड्दै भद्रपुरका दुई शिक्षक.

भद्रपुर । लामो समय शिक्षण सेवामा रहेर योगदान दिएका भद्रपुरका दुई शिक्षक मृगौला रोगका कारण जीवनका कठिन मोडमा बाँचनका लागि संघर्ष गरिरहेका छन् । भद्रपुरका पुराना शिक्षक मोहम्मत बदरूद्दिन तथा गीताकुमारी भण्डारी दुवै मृगौला फेल भएर प्रत्यारोपण गर्नुपर्ने अवस्थामा जीवन बचाउने संघर्षमा पुगेका हुन् । दुवै मृगौला फेल भएर संघर्षपूर्ण जीवन व्यतीत गरिरहेका शिक्षकद्वय मृगौला […]

मन्त्री राईले मानव सेवा आश्रममा आश्रित बृद्ध बृद्धालाई खाना खुवाउँदै मनाइन् जन्मदिन

Published: in प्रदेश तह, विविधा, समाज by . Leave a Comment on मन्त्री राईले मानव सेवा आश्रममा आश्रित बृद्ध बृद्धालाई खाना खुवाउँदै मनाइन् जन्मदिन.

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले आफ्नो जन्मदिन विराटनगर–१० को मानव सेवा आश्रममा मनाएकी छिन् । आश्रममा आश्रित ८५ जनासँग बसेर उनले जन्मदिन मनाइकी हुन् । मन्त्री राईले जन्म दिनको अवसरमा आश्रममा रहेकाहरुलाई बृद्ध बृद्धालाई शुक्रबार साँझको खाना खुवाएकी छिन् । मानव सेवा आश्रममा प्रदेश १ का विभिन्न जिल्लाहरुबाट उद्धार गरिएका […]

सार्क मुलुकमध्ये उच्च कोरोना सङ्क्रमणमा नेपाल

Published: (Updated: ) in मुख्य समाचार, विविधा, स्वास्थ्य by . Leave a Comment on सार्क मुलुकमध्ये उच्च कोरोना सङ्क्रमणमा नेपाल.

काठमाडौँ । सिमाना जोडिएको छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहँदा नेपालमा भने पछिल्लो समय सङ्क्रमणको दर बढ्दो रहेको छ । अझ कोभिडका कारण मृत्यु हुनेको सङ्ख्यामा पनि कमी आउन सकेको छैन । कोरोना भाइरसको पहिलो र दोस्रो लहर चलेको समयमा अघिल्ला वर्षहरूमा भारतबाट आवत–जावतका क्रम तीव्र हुँदा मात्र नेपालमा सङ्क्रमणको दरमा बढोत्तरी भएको […]

कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामुहिक राजीनामा

Published: in मिडियाबाट साभार, राजनीति, विविधा by . Leave a Comment on कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामुहिक राजीनामा.

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यहरुले आज (शुक्रबार) सामुहिक राजीनामा दिएका छन् । कांग्रेसको विधानमा रहेको व्यवस्थामा असन्तुष्ट उनीहरूले लिखित रुपमा सामुहिक राजीनामा दिएका हुन् । उनीहरुले आमन्त्रित केन्द्रीय सदस्यलाई मात्रै महाधिवेशन प्रतिनिधिका लागि बुथमा गएर चुनाव लड्ने नियम राखिएकामा आपत्ति जनाएका थिए । आफूहरुमाथि पार्टीबाट अन्याय भएकाले राजीनामा दिएको एक आमन्त्रित […]

पाठामारीमा सुरक्षा गर्न नसक्दा ढल्यो ११२ नम्बर सीमा स्तम्भ

Published: in विविधा, समाज by . Leave a Comment on पाठामारीमा सुरक्षा गर्न नसक्दा ढल्यो ११२ नम्बर सीमा स्तम्भ.

भद्रपुर । नेपाल भारत सिमाना अन्र्तगत झापाको कचनकवल ५ स्थित पाठामारीमा रहेको ११२ नम्वरको मूल सीमा स्तम्भ मेची नदीको कटानका कारण ढल्न पुगेको छ । केही वर्षयता निरन्तर मेची नदीले नेपालतिर धार परिवर्तन गरी निरन्तर कटान गरिरहेको भए पनि सिमाना छुट्याउने सो स्तम्भमा नेपाल तथा भारतीय सीमा सुरक्षा बलले चासो नदिँदा यस वर्षको बाडीले स्तम्भ […]

प्रदेश १ मा ७६९ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ७६९ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७६९ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५२९ जनाको पीसीआर परीक्षण गर्दा ३९३ र १ हजार ७५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३६, सुनसरीमा १०८, मोरङमा १०४, धनकुटामा १२, […]

संरक्षण गृहमा आश्रितहरुलाई खोप लगाउन शुरु

Published: in प्रदेश तह, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on संरक्षण गृहमा आश्रितहरुलाई खोप लगाउन शुरु.

विराटनगर । प्रदेश १ का विभिन्न संरक्षण गृहहरुमा आश्रितहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । मानव सेवा आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरुलाई आज देखि जोनसन एण्ड जोनसन खोप लगाउन शुरु गरिएको हो । अभियानको सामाजिक विकास मन्त्री उषाकला राईले आज शुभारम्भ गरेकी हुन् । सडक आश्रित तथा सहयोगापेक्षीहरुलाई उद्धार गरि राखिएको […]

‘प्रोपोगाण्डा भिडियो’बारे देउवाको कोर टिममै चर्काचर्की, आखिर के थियो भिडियोमा

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, विविधा by . Leave a Comment on ‘प्रोपोगाण्डा भिडियो’बारे देउवाको कोर टिममै चर्काचर्की, आखिर के थियो भिडियोमा.

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसा गर्दै बनाइएको भिडियोबारे उनकै कोर टिमका नेताहरुबीच चर्काचर्की भएको छ । नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री भएपछि उनको सचिवालयले ‘मलाई देउवा मनपर्छ किनभने‘’ भन्ने भिडियो बनाएर प्रचारमा ल्याएको छ । ‘प्रोपोगाण्डा भिडियो’ बनाएको भन्दै चर्को आलोचना भएपछि महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालबाटै विरोध गरेका थिए […]

गुडिरहेको बसमा खस्यो पहिरो, ५० बढी यात्रु पुरिए

Published: in विविधा, समाज by . Leave a Comment on गुडिरहेको बसमा खस्यो पहिरो, ५० बढी यात्रु पुरिए.

नयाँदिल्ली । भारतको हिमाचल प्रदेशअन्तर्गत सिमला–किन्नौर राष्ट्रिय राजमार्ग–५ को ज्युरी रोडको निगोसारी र चौराबीच आज ९बुधबार० दिउँसो गुडिरहेको बसमा अचानक पहिरो खस्दा ५० भन्दा बढी यात्रु फसेका छन् । भारतीय सञ्चारमाध्यका अनुसार अहिलेसम्म १० जनाको उद्धार गरिएको छ भने दुई जनाको शव भेटिएको छ । हरिद्वार गइरहेको एउटा बस, बोलेरो र ट्याक्सीमा चट्टानी पहाडै खसेको […]