झापा । सहर बजारमा बाक्लै घरहरु हुने भए पनि निवास र कारोबार स्थल फरक फरक स्थानमा रहँदा यसका धनीहरुहरुलाई सधैं नै सुरक्षाको चिन्ता भइरहेको हुन्छ । घरमा ताला लगाएर दिनभरि पसलमा, सेवा क्षेत्रमा वा कार्यस्थलमा जाँदा होस् या कार्यस्थल छाडेर राति घरमा सुत्दा होस् चिन्ता भइनै रहन्छ । चोरी, डकैती, आगलागी वा अन्य भवितब्यमा परेर […]
दमक । खाद्य स्वच्छताको विषयमा दमकका सरोकारवालाहरुसँग खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले आज छलफल गरेको छ । खाद्य वस्तुको उत्पादन स्तरदेखि बिक्री वितरण एवम् आयत र निर्यातसम्म खाद्य ऐन २०२३ अनुरुप खाद्य गुणस्तर नियमन तथा निरीक्षण र प्रमाणिकरण गर्ने कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सम्बन्धमा छलफल भएको हो । बजार अनुगमनमा देखिएका […]
कमल । कमल गाउँपालिकाले बंगुर पालन गर्दै आएका कृषकलाई अनुदान सहयोग गरेको छ । गाउँपालिका वडा नं. ४ का बंगुर पालन गर्दै आएका ५० जना कृषकलाई कृषि पेशामा थप उत्साह थप्ने उद्देश्यले अनुदान सहयोग गरेको हो । गाउँपालिकाले स्थानिय नवोदय सहकारी मार्फत बगुरका पाठा खरिद, गोठ सुधार, औषधी लगाएतमा ५० प्रतिशत साझेदारीमा २० लाख रुपैया […]
मेचीनगर । सहकारीमा बसेर राजनीति गर्नुहुँदैन र सहकारीभित्र राजनीति भित्राउनु पनि हुँदैन । अहिलेसम्मको विश्व मान्यता यही हो । तर सहकारी अभियानलाई राजनीतिक दृष्टिकोणबाट कमजोर नठान्न राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले राजनीतिकर्मीलाई सुझाएका छन् । उनका अनुसार सहकारी अभियानको ऐक्यवद्धता भएमा हरेक स्थानीय सरकारमा कसलाई पठाउने भन्ने निर्धारण गर्न नेपालका सहकारी सक्षम छन् । […]
झापा । नेपालकै अग्रणी सहकारी नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको २९औं वार्षिक साधारणसभा अन्तरगत असोज ३ गतेदेखि सुरु भएको कार्यालयगत इकाईको साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाका लागि वितरण गर्न तयार पारिएको वार्षिक प्रतिवेदन भदौ २८ गते सार्वजनिक गरेर एनएमसीले २९औं साधारणसभा प्रक्रिया सुरु गरेको थियो । संस्थाले असोज ३ गतेदेखि आज ८ […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाको २९औँ वार्षिक साधारणसभा अन्तर्गत असोज ३ गतेदेखि दिनहुँ एकाइगत साधारणसभा सञ्चालन भइरहेका छन् । संस्थाको बैंकिङ व्यवसाय अन्तरगतका ४४ वटा सेवा केन्द्रलाई एउटा एकाई मानेर ४४ ठाउँमा नै एकाइगत साधारणसभा भइरहेका हुन् । सोही शिलशिलामा बनियानी सेवा केन्द्रको साधारणसभा बुधबार सम्पन्न भएको छ । बनियानी स्थित […]
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले इन्टरनेट सेवाको शुल्क ३०० रुपैयाँसम्म बढाउने निर्णय लिएका छन् । नेपाल टेकिलम र नेपाल विद्युत प्राधिकरणले पोलसहित आफ्ना पूर्वाधारको भाडा बढाएपछि करिब एक दर्जन कम्पनीले शुल्क बढाउने निर्णय गरेका हुन् । इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आईस्पान)का अध्यक्ष सुधीर पराजुलीका अनुसार यो निर्णयबाट करिब ९२ देखि ९३ प्रतिशत तारसहितको इन्टरनेट […]
इलाम । इलाम, पाँचथर र ताप्लेजुङका सहकारीहरु बीच सहकारीका सदस्यहरुको उत्पादन, प्रशोधन र बजारीकरणको विद्यमान अवस्थाका बारेमा बुधबार इलाममा अन्तरक्रियात्मक गोष्ठी गरिएको छ । नवस्थापित प्रदेश १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ लिमिटेड झापाको आयोजनामा सो अन्तरक्रिया गरिएको हो । सो गोष्ठीमा सहकारी संस्था र तिनका सदस्यहरुले उत्पादन गरेको बस्तुहरुको बजारीकरणको विद्यमान अवस्थाका बारेमा छलफल […]
काठमाडौं । नेपालमा पहिलोपटक भारतीय निजी कम्पनीको रेलले ढुवानी सेवा सुरु गरेको छ । भारतीय कम्पनी हिन्द टर्मिनल प्रालीको रेल विभिन्न सामग्री बोकेर आज बिहान वीरगञ्ज सुख्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । भारतको हल्दियाबाट ९० वटा कन्टेनर बोकेको रेल बिहान वीरगञ्ज आइपुगेको समितिले जानकारी दिएको छ । यसअघि भारतको सरकारी […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको २९औं वार्षिक साधारणसभाको लागि वितरण गर्ने वार्षिक प्रतिवेदन आज सार्वजनिक गरेको छ । झापाको मेचीनगर– ६ काँकरभिट्टामा कर्पोरेट कार्यालय रहेर मोरङ र इलाम जिल्लामा समेत कार्यक्षेत्र बिस्तारित एनएमसीले बिर्तामोडस्थित कार्यालयमा आज पत्रकार माझ २९औं वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको हो । एनएमसी झापाका अध्यक्ष रामचन्द्र उप्रेती, सञ्चालक […]