झापा । नेपालको सहकारी अभियान यतिखेर आन्दोलनमा छ । संविधानमा नै सहकारी क्षेत्रलाई मुलुकी अर्थतन्त्रको तेस्रो खम्बा स्वीकर गरिएको भए पनि व्यवहारमा यस्तो हुन नसकिरहेको अभियानको गुनासो छ । कोरोनाको कहरबाटै विश्वमा आर्थिक मन्दी सुरु भएकोमा वितेको डेढ वर्षदेखि नेपालमा यसको प्रत्यक्ष असर परिरहेकाले सहकारी संस्थाहरु संकटमा पर्न थालेकाले सरकारसँग विभिन्न १३ वटा माग राखेर […]
काठमाडौं । सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य सार्वजनिक भएको दुई दिनमा नै ९१.९८ अंकको गिरावट आएको नेप्से बिहीबार भने उतारचढावबीच दोहोरो अंकले बढेर बन्द भएको हो । बिहीबार बजार परिसूचक नेप्से १६.५४ अंकले वृद्धि हुँदा […]
काठमाडौं । नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापारका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशका ऊर्जासचिवस्तरमा दीर्घकालीन विद्युत व्यापार (लङटर्म पीपीए)का लागि प्रारम्भिक सम्झौता भएको हो । नेपालका ऊर्जा सचिव दिनेशकुमार घिमिरे र उनका भारतीय समकक्षी श्रीआलोक कुमारले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका छन् । नेपालले भारतसँग […]
विराटनगर । विराटनगर भन्सारको कस्टम यार्डसम्म आज कार्गो रेल आउँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतमा आज सयुक्त रुपमा उद्घाटन गरेपछि कार्गो रेल विराटनगर आइपुग्नेछ। रेलको लिक परीक्षण सफल भएको चार वर्षभन्दा धेरै समय भैसकेको छ। तर, अहिलेसम्म भारतको बथनाहाबाट मोरङको कटहरीसम्म कार्गो रेल संचालन हुन सकेको छैन। बथनाह-कटहरी रेलमार्ग निर्माण […]
काठमाडौं । सरकारले बजेटसँगै सार्वजनिक भएको आर्थिक विधेयक–२०८० मार्फत आधारभूत आवश्यकता र दैनिक उपभोग्य वस्तुहरुमा समेत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको छ । केही तरकारी र फलफूलसहित मट्टीतेलमा समेत भ्याट लगाएको छ । तरकारीतर्फ सरकारले आलु र प्याज (हरियोबाहेक) मा भ्याट लगाएको छ भने फलफूलतर्फ स्याउ, एभोकाडो, किबी, ऐंसेलु, श्रीफल, चेरी, स्ट्रबेरी, ब्ल्याकबेरी र हलुवाबेदमा […]
विराटनगर। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन गर्दैछन्। रेल विभागका प्रवक्ता इन्जिनियर अमन चित्रकारका अनुसार बिहीबार दिल्लीबाट दुई देशका प्रधानमन्त्रीले झण्डा देखाएर रलवे र कार्गो रेल उद्घाटन गर्नेछन्। प्रचण्ड र मोदीले झण्डा देखाएपछि बथनाहाबाट भारतीय पक्षले कार्गो रेललाई बिदाइ गर्ने र […]
काठमाडौं । सेयर बजारमा लगातार दोस्रो दिन ठूलो गिरावट आएको छ । १५ जेठमा सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेसँगै बजार घट्न थालेको हो । बुधबार बजारमा ३८.८३ प्रतिशतको गिरावट आएको छ । बजार २.०६ प्रतिशतले घटेको हो । मंगलबार समेत बजारमा ठूलो गिरावट आएको थियो । बजेटले सेयर लगानीकर्ताका लागि कर […]
काठमाडौं । भन्सार विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव शोभाकान्त पौडेलले पाएका छन् । खानेपानी मन्त्रालयबाट हालै अर्थ मन्त्रालयमा सरुवा भएका उनलाई मन्त्रालयले भन्सार विभागको नेतृत्वको जिम्मेवारी दिएको हो । भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाको सरुवासँगै जेठयता विभाग नेतृत्वविहीन थियो । पौडेलसँग यसअघि आन्तरिक राजस्व विभागको महानिर्देशकका रुपमा काम गरेको अनुभव छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले […]
दमक । अनुचित लेनदेन (मिटरब्याज) पीडित १०२ जनाले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका छन्। गत वैशाख १७ देखि जेठ १४ गतेसम्म दुई पटक म्याद थपेर सरकारले उजुरी दर्ताका लागि सूचना जारी गरेपछि पीडितले धमाधम निवेदन दिन थालेका हुन्। तीन जना विपक्षीले समेत जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले […]
काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले बजेट निर्माणपूर्व संसद् र सार्वजनिक कार्यक्रममा करको दर हेरफेर नगर्ने, गरिहाले कुनै व्यवसायी विशेषका लागि नहुने र अनियमिततासमेत हुन नदिने बताउने गरेका थिए । तर, उनले सार्वजनिक प्रतिबद्धताविपरीत विवादास्पद रूपमा करको दर हेरफेर गरेका छन् । कतिपय दर निश्चित व्यावसायिक घरानालाई फाइदा पुग्ने गरी परिवर्तन गरेका छन् भने कतिपय व्यवसायीलाई उल्टो असर […]