भद्रपुर । नेपाललाई धान उत्पादनमा आत्मनिर्भर बनाउन नेपाल सरकारले अरबौं लगानी गरिरहेको धान सुपरजोन क्षेत्र स्थानीय सरकारका केही व्यक्तिको कमाइखाने भाँडो बन्दा ईंटा उत्पादन केन्द्रमा रूपान्तरण हुने खतरा बढेको छ । दक्षिणी झापाको कचनकवलमा घोषित धान सुपरजोनप्रति स्थानीय सरकार जिम्मेवार हुन नसक्दा धान खेत ईंटा उत्पादन केन्द्र निर्माण हुँदै गएको हो । धानमा भन्दा ईंटाबाट […]
बिर्तामोड । बहिस्कारका बिच बिर्तामोड उद्योग वाणिज्य संघको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो । संघका अध्यक्ष कुमार भट्टराईले विना निर्णय पद हस्तान्तरण कार्यक्रम आयोजना गरेको भन्दै कार्यसमितिका ११ जना पदाधिकारी सहित सदस्यहरुले कार्यक्रम बहिस्कार गरेका थिए । निवर्तमान अध्यक्ष बलराम कार्की, वाणिज्य उपाध्यक्ष नारायण चिमरिया, जनसम्पर्क […]
काठमाडौं । वैदेशिक रोजगार कार्यालयले सेवाग्राही जहाँ छन्, त्यहीँबाट समयमा नै अनलाइनमा फाराम भरी आफ्नो पालो कुर्न अनुरोध गरेको छ । बिहीबार एक सूचना जारी गर्दै कार्यालयले आफू रहेकै ठाउँबाट अनलाइनमार्फत फाराम भर्न र पालो कुर्न अनुरोध गरेको हो । कार्यालयबाट पहिला बायोमेट्रिक भई श्रम स्वीकृति लिइसकेका व्यक्तिहरुले विश्वको जुनसुकै स्थानबाट अनलाइन प्रणालीमार्फत फाराम भरी […]
काठमाडौं । सरकारले इन्धनको मूल्य बढाएसँगै वायुसेवा सञ्चालकहरुले फेरि हवाई भाडा बढाएका छन् । यस अघि वायुसेवा सञ्चालकहरुले फागुन २० गते हवाई भाडा वृद्धि गरेका थिए । हवाई भाडामा जोडिने इन्धनको मूल्य वृद्धि गरिएको वायुसेवा सञ्चालकहरु बताएका छन् । बढेको मूल्य शुक्रबार राति १२ बजेपछि लागु हुने भएको छ । यसअघि नेपाल आयल निगमले ३ […]
काठमाडौं । नेपालको समृद्धिका लागि वन आयोजना कार्यान्वयन गर्न वित्तीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल सरकार र विश्व बैंकबीच २ अर्ब ८० करोड रूपैंयाँ २४ मिलियन डलर बराबरको वित्तीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताको कुल रकममध्ये ७१ करोड रूपैयाँ अनुदान र २ अर्ब ९ करोड रूपैयाँ सहुलियतपूर्ण ऋण रहेको […]
काठमाडौँ । विश्व बैकले नेपाललाई कोरोना रोकथाम र खोप अभियानमा सघाउन ७.५ करोड अमेरिकी डलर (करिब ८ अर्ब ७० करोड नेपाली रूपैयाँ) दिने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले बिहीबार नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड १९ विरूद्धका खोपहरूको समतामूलक वितरणमा सहयोग पुर्याउन अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत […]
बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघका बहुमत सदस्यहरुले पद् हस्तान्तरण कार्यक्रमको प्रतिवाद गर्ने भएका छन् । उनीहरुले सहमति विना आयोजना गरिएको कार्यक्रम रोक्न जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका छन् । संघको बहुमत पदाधिकारी र सदस्यहरुले विहीवार प्रमुख जिल्ला अधिकारी श्रवण तिमिल्सिनासमक्ष विधि विपरित आयोजना गरिएको पद् हस्तान्तरण रोक्न उजुरी दिंदै आग्रह गरेका छन् । […]
काठमाडौं । गएको सातासम्म लगातार ओरालो यात्रामा रहेको सेयर बजारले यो साता भने पुनः लय समातेको छ । साताको दोस्रो कारोबार दिन सोमबार २४०० अंकको विन्दुबाट तल झरको सेयर बजार पछिल्लो तीन कारोबार दिनमा भएको वृद्धिसँगै २५०० अंकको विन्दुलाई पछ्याएको छ । साताको अन्तिम कारोबार दिन आज बजार परिसूचक नेप्से ४२.९५ अंकले वृद्धि भएर २४७५/०९ […]
काठमाडौं । यातायात व्यवसायीले चैत तेस्रो हप्तासम्म यातायातको भाडा बढाउन सरकारसँग आग्रह गरेका छन् । पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइसकेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर भाडा बढाउन माग गरेको हो । महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले मन्त्री नेम्वाङलाई भेटेर चैत तेस्रो हप्तासम्म […]
काठमाडौं । नेपाल–भारत सिमानामा नेपालतर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बरप्लेटका यातायातका साधन चलाउन दिन सिफारिस गरिएको छ । बिहीबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले यस्तो सिफारिस गरेको हो । यस्तै, बैठकले नेपाल–भारतबीच यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय भएको सीसीएमसीका सचिव खगराज बरालले जानकारी दिए । नेपाल र भारतका १३ वटा […]