Sajhamanch Archive

नवनियुक्त डेपुटी गभर्नरले आज पदभार ग्रहण गर्दै

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on नवनियुक्त डेपुटी गभर्नरले आज पदभार ग्रहण गर्दै.

काठमाडौं । नेपाल राष्ट्र बैंकको नवनियुक्त डेपुटी गभर्नरद्वय निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले आज पदभार ग्रहण गर्ने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डेपुटी गभर्नर नियुक्त गरेका ढुंगाना र मिश्रले आजै पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गर्ने राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले जानकारी दिए । आज अपराह्न साढे ४ बजे शपथग्रहण […]

चिनियाँ नाकाबाट दैनिक ७ कन्टेनर सामग्री भित्रिँदै

Published: in अर्थतन्त्र, विश्व समाचार by . Leave a Comment on चिनियाँ नाकाबाट दैनिक ७ कन्टेनर सामग्री भित्रिँदै.

काठमाडौँ । चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ । नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन् । पछिल्लो समय सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सारबाट निर्माणका सामग्रीदेखि तयारी पोशाक भित्रिने गरेका हुन् । […]

मेलम्चीमा याङ्ग्री र लार्के पनि मिसाउन ऋण खोजिँदै

Published: in अर्थतन्त्र by . Leave a Comment on मेलम्चीमा याङ्ग्री र लार्के पनि मिसाउन ऋण खोजिँदै.

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको काम सकिएपछि आयोजनाको दोस्रो चरणको निर्माण थाल्ने योजना तयारी गरेको छ । मेलम्चीको दोस्रो चरणको आयोजना निर्माणका लागि विदेशी दाताहरुसँग वित्तीय स्रोतको जठाउन सरकारले छलफल अघि बढाएको छ । यसका लागि झण्डै ३ सय मिलियन अमेरिकी डलर अर्थात झण्डै ३० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान छ । […]

एनएमसी २८ वर्षमा प्रवेशः ४२ ठाउँमा स्थपना दिवस समारोह सम्पन्न

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on एनएमसी २८ वर्षमा प्रवेशः ४२ ठाउँमा स्थपना दिवस समारोह सम्पन्न.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसी आजदेखि २८औं वर्षमा प्रवेश गरेको छ । २०५० साल फागुन २४ गते संस्था दर्ता भई काँकरभिट्टाको एयटा सानो कोठाबाट कारोबार सुरु गरेको एनएमसीले झापा जिल्लाभर सेवा विस्तार गरेको छ भने भर्खरैमात्र छिमेकी जिल्लामा पनि सेवा केन्द्र खोलेर कारोबार गर्ने अनुमति पाएको छ । संस्था स्थापना दिवसको अवसरमा आज […]

बङ्गलादेशबाट खरीद गरिएको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on बङ्गलादेशबाट खरीद गरिएको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने.

काठमाडौं । नेपाल र बङ्गलादेश सरकार (सरकार–सरकारबीच, जिटुजी) सम्झौताअनुसार पहिलो खेपको रासायनिक मल आज साँझसम्म नेपाल आइपुग्ने भएको छ । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मल मध्येमा पहिलो लटमा दुई हजार ५०० टन मल नेपाल आइपुग्ने भएको हो । मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीका अनुसार कोलकातामा ल्याइएको २२ हजार ५०० टन […]

पहिलो पटक चीनबाट २० टन युरिया मल आयात

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on पहिलो पटक चीनबाट २० टन युरिया मल आयात.

काठमाण्डौ । चीनबाट युरिया मल आयात भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले पहिलो पटक चीनबाट झिकाएको २० टन युरिया मल तातोपानी नाका हुँदै नेपाल भित्रिएको हो । दुई कन्टेनरबाट ४०० बोरा अर्थात् २० टन युरिया मल भन्सार यार्डमा भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले बताए । सरकारको अनुमतिबाट चीनबाट चार हजार मेट्रिकटन युरिया […]

३२ करोड लगानीमा आधुनिक तरकारी बजार

Published: in अर्थतन्त्र by . Leave a Comment on ३२ करोड लगानीमा आधुनिक तरकारी बजार.

काठमाडौं । भक्तपुरको सूर्यविनायकमा ३२ करोड लगानीमा नेपालकै सबैभन्दा ठूलो र आधुनिक कृषि बजार तरकारी बजार सञ्चालनमा आउन लागेको छ। सूर्यविनायक हरित कृषि थोक बजार नामक कृषि बजार फागुन महिनाभित्रै सञ्चालनमा ल्याउने पवर्धकको योजना छ। सूर्यविनायक नगरपािलकाको वडा नं ८, आदर्श सिपाडोल क्षेत्रमा तरकारी बजार सुरु गर्ने अन्तिम तयारी भइरहेको छ। २०७५ फागुनमा बजार निर्माण […]

अब इलामबाट ६१ किलोमिटरमै दमक

Published: in अर्थतन्त्र by . Leave a Comment on अब इलामबाट ६१ किलोमिटरमै दमक.

झापा । इलाम सदरमुकामबाट सबैभन्दा छोटो दुरीमा पूर्व–पश्चिम राजमार्ग जोड्ने द्रुतमार्ग निर्माण भइरहेका बेला सदरमुकामबाटै झापाको दमक जोड्ने अर्को महत्वपूर्ण सडक निर्माण सुरु भएको छ। जिल्लाको दक्षिण–पश्चिमी क्षेत्र भएर जाने सडकले सोझै पूर्व–पश्चिम राजमार्गस्थित झापाको दमक बजार छुनेछ । सदरमुकामनजिकै फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट सिद्धिथुम्का–जितपुर–फुलुंगी–महमाई हुँदै मार्चेबुङसम्म ५५ किलोमिटरको सडक निर्माण सुरु भएको हो। स्थानीयका अनुसार […]

मेलम्चीको पानी आज सुन्दरीजलमा झर्ने

Published: in अर्थतन्त्र by . Leave a Comment on मेलम्चीको पानी आज सुन्दरीजलमा झर्ने.

काठमाण्डौ । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट पानी आज सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा झर्ने भएको छ । परीक्षणका क्रममा सुन्दरीजलमा आइपुग्ने पानीको प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गर्नुहुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिनुभयो । गएको फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किलोमिटर लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको […]

अलैंचीका खेर जाने बोटबाट बन्छन् हस्तकलाका सामग्री, आत्मनिर्भर बन्दै महिला

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अलैंचीका खेर जाने बोटबाट बन्छन् हस्तकलाका सामग्री, आत्मनिर्भर बन्दै महिला.

इलाम । फोहारलाई पनि मोहोरमा परिणत गर्न सकिन्छ भन्ने उदाहरण यतिबेला पूर्वी पहाडी जिल्लाका महिलाहरुले प्रस्तुत गरिरहेका छन् । अलैंची उत्पादन हुने पहाडी जिल्लाका महिलाहरुले अलैंची टिपिसकेपछि खेर जाने बोटलाई उपयोग गर्दै आर्थिक रुपमा आत्मनिर्भरताको बाटो रोजेका हुन् । ताप्लेजुङकी लघु उद्यमी माया गुरुङले आफ्नै शीप लगाएर अलैंचीको बोटको सराबाट हस्तकलाका सामग्री उत्पादन गरी त्यसको […]