काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको सेयर कारोबार प्रणालीमा आएको समस्या पछि नेप्सेले कारोबार समयावधी थप गरेको छ । दिउसो केहिबेर कारोबार प्रणालीमा समस्या देखिए पछि आजका लागि ३५ मिनेट कारोबार समय थप गरिएको नेप्सेले जनाएको छ । सार्वजनिक बिदा बाहेक हप्तामा ५ दिन बिहान ११ बजेदेखि मध्यान्ह ३ बजेसम्म कारोबार हुने गरेको छ । तर […]
काठमाडौं । बजेटको अर्धवार्षिक समीक्षा आज हुने भएको छ । अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गर्दै अर्थमन्त्री विष्णु पौडेलले मंगलबार अपराह्न ३ बजे बजेटको अर्धवार्षिक समीक्षा गर्न लागेका हुन् । अर्धवार्षिक समीक्षा गरिए पनि यो वर्ष बजेटको आकार तथा लक्ष्यमा खासै ठूलो परिवर्तन नगरिएको अर्थ मन्त्रालयले जनाएको छ । यो वर्ष सरकार प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन […]
भद्रपुर । झापा उद्योग संघले आफ्नो २६औं वार्षिकोत्सवको अवसरमा झापाका दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ । सोमबार हल्दिबारीस्थित भेलागुडी सामुदायिक वनको वनभोज स्थलमा आयोजित साधारणसभामा संघले निर्माण लहर साप्ताहिकका सम्पादक, रेडियो नेपालका झापा सम्बाददाता एवम् आर्थिक पत्रकार समाज झापाका अध्यक्ष रोहित काफ्ले र अग्रज पत्रकार, नागरिक एफएमका समाचार सम्पादक एवम् साप्ताहिक समाचारपत्रका प्रधान सम्पादक गोपाल […]
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थासहित ११ कम्पनीहरुको सेयर कारोबार रोक्का भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन पछि नेपाल स्टक एक्सचेञ्जले ३ बैंक तथा वित्तीय संस्था, १ बिमा कम्पनी र ७ वटा हाइड्रोपावर कम्पनीहरुको सेयर कारोबार रोक्का गरिदिएको हो । बैंक तथा वित्तीय संस्थाहरु तर्फ कालिका लघुवित्तसहित नेशनल माइक्रोफाइनान्स र कर्णाली डेभलपमेन्ट बैंकको सेयर […]
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीका माग सम्बोधन गर्न सरोकार भएका निकायसँग छलफल गर्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री पौडेलले व्यवसायीका केही माग अर्थ मन्त्रालयसँग पनि सम्बन्धित रहेकाले समाधान खोजिने प्रतिबद्धता जनाए । त्यस्तै केही माग भने मन्त्रिपरिषद्बाटै निर्णय गर्नुपर्ने खालका रहेको उनको भनाइ थियो । सार्वजनिक खरीद नियमावली […]
पर्वत । जिल्लाको रती खोला र अम्बोट खोलामा निर्माण सम्पन्न गरिएका दुई पक्की पूलको एकसाथ उद्घाटन गरिएको छ । मोदी गाउँपालिकाको डिमुवा–राम्जा–चित्रे सडकमा पर्ने रती खोला पूलको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कुश्मा नगरपालिकाको अम्बोट–दुर्लुङ सडकमा पर्ने अम्बोटखोला पूल भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले आइतबार उद्घाटन गरेका हुन् । रती खोलामा निर्माण […]
काठमाडौं । सरकारले गरेको सार्थक प्रयासका कारण नेपालले दिगो विकास लक्ष्यको पहिलो लक्ष्य गरिबी निवारण तथा असमानता घटाउनेमा निक्कै राम्रो प्रगति गरेको पाइएको छ । राष्ट्रिय योजना आयोगले आइतबार सार्वजनिक गरेको ‘दिगो विकास लक्ष्य प्रगति समीक्षा २०१६–२०१९ प्रतिवेदन’ अनुसार नेपालको राष्ट्रिय गरिबी १८.६ प्रतिशतमा र बहु आयामिक गरिबी २८.६ प्रतिशतमा झरेको छ । प्रतिवेदनमा उद्योग, […]
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंमा परीक्षणको रुपमा बिक्री सुरु गरेको जुम्लाको मार्सी चामलमा उपभोक्ताको आकर्षण देखिएको छ । खाद्यले नेपाल फूडमार्फत बिक्री सुरु गरेको ८ दिनमा ९ सय ५१ किलो चामल बिक्री भइसकेको कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । ‘चाख्ने भन्दै मार्सी चामल किन्न उपभोक्ताको भिड छ, यसरी चामल […]
दमक । दमक उद्योग वाणिज्य संघको २९औं बार्षिक साधारणसभाको अवसरमा दुईजना सफल युवा व्यवसायीलाई सम्मान गर्नुका साथै एकजना पत्रकारलाई पुरस्कृत गरिएको छ । संघले उत्कृष्ट व्यवसायीका रुपमा व्यवसायीद्वय इन्द्रसेन अग्रवाल र इन्दिरा बाँस्कोटा (भट्टराई)–लाई सम्मान गरेको हो । त्यसैगरी संघको आजीवन सदस्यता प्राप्त गर्ने दमकका स्थापित व्यवसायीहरु दयासागर आचार्य र विष्णु साह तेलीलाई पनि सम्मान […]
मेचीनगर । ग्लोबल आइएमइ बैंकले आफ्नो स्थापनाको १४ औं वार्षिकोत्सवको अवसर पारेर असाहाय तथा न्यून आर्थिक अवस्था भएका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमइ बैंक चारआली शाखाको आयोजनामा आज मेचिनगर नगरपालिका वडा नं.१२,१३ र १४ का १०० परिवारलाई ब्ल्यान्केट वितरण गरेको हो । बैंकका चारआली शाखा प्रबन्धक […]