Sajhamanch Archive

नक्कली ऋणी बनाएर १८ करोड हिनामिना

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नक्कली ऋणी बनाएर १८ करोड हिनामिना.

दाङ । दाङमा एक बैंकका म्यानेजर १८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् । देवः विकास बैंकका म्यानेजर घोराही–१५ भरतपुरका समिर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध रकम हिनामिना गरेको भन्दै बैंकका सञ्चालकहरुले प्रहरीमा किटानी जाहेरी दिएका थिए । घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको देवः विकास बैंक लिमिटेडका म्यानेजर बुढाथोकीले नक्कली ऋणी बनाएर […]

अकुत सम्पत्तिः १४० जनामाथि अनुसन्धान हुँदै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अकुत सम्पत्तिः १४० जनामाथि अनुसन्धान हुँदै.

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारी सार्वजनिक हुने बताएका छन् । उनले अख्तियारले अहिले अकुत सम्पत्ति कमाउने १४० जनाको अनुसन्धान गरिरहेको र यो अनुसन्धानपछि अहिलेसम्मकै सबैभन्दा ठूला भ्रष्टाचारीहरु सार्वजनिक हुनेछन् भने । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको २४ औँ स्थापना दिवसमा मंगलबार आयोजित ‘सुशासन र राजनीतिक सदाचार’ […]

मेलम्चीको जिम्मा सिनो हाइड्रोलाई, सुरुङ सक्न १२ महिना

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मेलम्चीको जिम्मा सिनो हाइड्रोलाई, सुरुङ सक्न १२ महिना.

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने कामको जिम्मा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई दिइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले बुधबार कम्पनीलाई ठेक्का स्वीकार गरिएको पत्र पठाउने निर्णय गरेको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए । कार्यकारी निर्देशक कँडेलले भने, ‘आशय सूचना सकियो भोलि हामी बैठक बस्छौँ र ठेक्का एसेप्ट […]

झापामा बोटलिङ गरिएका अधिकांश पिउने पानी न्यून गुणस्तरका

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on झापामा बोटलिङ गरिएका अधिकांश पिउने पानी न्यून गुणस्तरका.

बिर्तामोड । पिउन योग्य पानीका लागि खाद्य प्रविधि तथा गुणस्तर विभागले पानीमा पीएचको मात्रा न्यूनतम ६ देखि ८.५ प्रतिशतसम्म हुनुपर्नेमा झापाका केही उद्योगले उत्पादन गरेको पानीमा पीएचको मात्रा न्यूनतम्भन्दा कम भेटिएको छ । आज बिर्तामोडमा विभिन्न २० ब्राण्डका पानीको नमूना संकलन गरी पिएचको मात्रा परीक्षण गर्दा त्यस्तो पाइएको हो । ‘पिउने पानीको गुणस्तर: अवस्था र […]

राजनीतिक दललाई राज्यले अनुदान दिनुपर्ने कानुन निर्माण हुँदै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on राजनीतिक दललाई राज्यले अनुदान दिनुपर्ने कानुन निर्माण हुँदै.

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दललाई राज्यका तर्फबाट एकमुष्ट अनुदान दिनुपर्ने काुनन निर्माणका लागि अग्रसरता देखाएको छ ।अनौपचारिक छलफल थालिसकेको आयोगले यो विषयलाई आफ्नो रणनीतिक योजनाको मस्यौदामा समेत समेटेको छ । चुनावका बेला राजनीतिक दलले स्रोत नखुलेका आर्थिक स्रोतमा भरपर्नुपर्ने र त्यसले समग्र लोकतन्त्रलाई अप्ठ्यारो पार्ने भएकाले ‘स्टेट फण्डीङ’को प्रस्ताव ल्याइएको आयोगले जनाएको छ । […]

सुस्तायो सुन बजारः गहना बनाउने पेसा नै संकटमा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सुस्तायो सुन बजारः गहना बनाउने पेसा नै संकटमा.

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा सुनचाँदी बजार सुस्ताएको छ । सुनचाँदीको भाउ अन्तर्राष्ट्रिय बजारमै महँगो भएसँगै चाडपवएको मुखमा समेत नेपाली बजारमा सुनचाँदी बजार सुनसान भएको हो । पछिल्लो समय सुन किन्नेभन्दा बेच्ने ग्राहक धेरै आउने गरेको सुनचाँदी व्यवसायीहरु बताउँछन् । सुनचाँदी व्यवसायी हरिकृष्ण श्रेष्ठले भने, ‘सुनको कारोबार ठप्प छ ।’ उनले चाडपर्व नजिकिँदै गर्दा सुनको […]

दूधको मूल्य सिजनअनुसार हुने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दूधको मूल्य सिजनअनुसार हुने.

काठमाडौं।  दूधको उत्पादन दरअनुसार वर्षमा दुईथरी मूल्य निर्धारण गरिने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गठन गरेको कार्यदलले दूध बढी उत्पादन हुने सिजनमा र कम उत्पादन हुने सिजनमा फरकफरक मूल्य निर्धारण गर्न सिफारिस गरेको हो । नेपालमा असोजदेखि फागुनसम्म उत्पादन बढी हुने (फ्स सिजन) र चैतदेखि भदौसम्म कम उत्पादन(लिन) सिजन चल्ने गर्छ । […]

वैदेशिक रोजगारीमा ९६ करोड ठगी

Published: in अर्थतन्त्र, परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on वैदेशिक रोजगारीमा ९६ करोड ठगी.

काठमाडौं । वैदेशिक रोजगारीमा गत आर्थिक वर्ष ९६ करोड रुपैयाँ ठगी भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०७५÷७६ मा १५ करोड ८४ लाख ठगी भएको हो । अघिल्लो आवमा डेढ अर्ब ठगी भएको थियो । व्यक्तिगततर्फ ५६ करोड २१ लाख र संस्थागततर्फ ३९ करोड ६३ लाख ठगी भएको छ । ठगी बढ्दै गएपछि […]

राष्ट्रसेवकको तलबमान असमानः कस्को कति ?

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on राष्ट्रसेवकको तलबमान असमानः कस्को कति ?.

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)को तलबभत्ता कति फरक होला रु पत्यार नलाग्न सक्छ, दुवैको तलव बराबर छ । सरकारले राष्ट्रसेवकलाई प्रदान गर्दै आएको तलबमान अवैज्ञानिक र त्रुटिपूर्ण छ भन्ने यो गतिलो उदाहरण हो । कानुनअनुसार आइजीपी र आईजीको दुवै विशिष्ट श्रेणीका पद हुन् । सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान […]

रोजगारी खोज्दै नेपाल आउने विदेशी बढे

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रोजगारी खोज्दै नेपाल आउने विदेशी बढे.

काठमाडौं। वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या घटिरहेका बेला काम खोज्दै नेपाल आउने विदेशीको संख्या भने बढ्दै गएको पाइएको छ । नेपालमा ठूला परियोजना र अन्य विकास निर्माणका काम धमाधम बढ्न थालेपछि यस्ता परियोजनामा काम गर्न आउने विदेशीको संख्या बढेको हो । आर्थिक वर्ष २०७४र७५ मा नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या १ हजार […]