काठमाडौं । नेपाली सेनाले विकास निर्माणका काममा प्रयोग हुने विस्फोटक पदार्थ (इमल्सन प्लान्ट)को उत्पादन क्षमता दोब्बर बनाउने तयारी गरेको छ । सेनाले विस्फोटक पदार्थको माग बढ्दै गएपछि वार्षिक ३ हजार ६ सय मेट्रिक टनबाट उत्पादन क्षमता ७ हजार २ सय पु¥याउन तयारी थालेको हो । हाल सेनाले मकवानपुरको सुनाचरीमा रहेको इमल्सन प्लान्टमार्फत वार्षिक ३ हजार […]
काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिकाले जुत्ता पालिस गर्नेदेखि ठेलामा चटपटे बेच्नेलाई समेत करको दायरमा ल्याइएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७६र७७ का लागि प्रकाशित गरेको ‘नगर राजपत्र’ मा उल्लेख भएअनुसार जुत्तामा पालिस गर्नेले २० रुपैयाँ र ठेलामा चटपटे बिक्री गर्नेलाई ७५ रुपैयाँ कर तोकिएको छ । अनुसूची– ८ (दफा ९ सँग सम्बन्धित) बहाल विटौरी […]
बिर्तामोड । बिर्तामोडका प्रथम बहुउद्देश्यीय सहकारी संस्था र सुन्दर बचत तथा ऋण सहकारी संस्थाले युवा तथा साना ब्यवसायी स्वरोजगार कोषबाट न्यून ब्याजदरमा प्राप्त कर्जा लगानी गर्न सदस्य अभिमुखीकरण गरेका छन् । ती संस्थाले कोषसँगको सम्झौता अनुसार चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ प्राप्त गर्ने भएका हुन् । कोषबाट प्राप्त गरेको रकमलाई सदस्यमाझ लगानी गर्न संस्थाले […]
काठमाडौं । सुनको भाउ तोलाको ७० हजार पुगेको छ। यो अहिलेसम्मकै उच्च रेकर्ड हो। साउन लागेयता लगातार बढ्दै आएको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको हो। छापावाल सुन हिजो एकै दिन १५ सय रुपैयाँ बढेर तोलाको ६९ हजार ५ सय रुपैयाँ पुगेको थियो। गत वर्ष साउन महिनामा सुनको मूल्य ५५ हजार ३ सय रुपैयाँ […]
काँकरभिट्टा । व्यवसायिक रुपमा फड्को मारिरहेको पूर्वी नाका मेचीनगरमा बैंकको शाखा खोल्ने होड नै चलेको छ । कारोबारको आकार बढ्दै जाँदा सहरमा बैंकको संख्या पनि बढ्दै गएको हो । यसले ग्राहकलाई पनि छनोटको विकल्प दिएको छ । अहिले नगरको मुख्य केन्द्रविन्दु काँकरभिट्टा, धुलावारी चारआलीलगायत बजारका अधिकांश भवनमा बैकका शाखा छन् । देशमै नाम चलेका र […]
बिर्तामोड । यहाँस्थित पूर्णिमा कृषि सहकारी संस्थाले यस वर्षदेखि युवा तथा साना ब्यवसायी स्वरोजगार कोषबाट न्यून ब्याजदरमा लगानी गर्ने रकम प्राप्त गरेको छ । संस्थाले कोषसँगको सम्झौता अनुसार चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको हो । पहिलो किस्ता वापतको २५ लाख रुपैयाँ प्राप्त गरेको संस्थाले साउन २० गते कर्जा सदुपयोगिताका बारेमा आवेदकहरुलाई […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमकमा नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण हुने भएको छ । लगानी बोर्डको शुक्रबार बसेको बैठकले ६४ अर्ब रुपैयाँ लगानी स्वीकृत गरेसँगै सो पार्क निर्माण हुने भएको हो । सो पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)तयार गर्न समेत बैठकले स्वीकृति प्रदान गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा […]
काठमाडौं । सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसद्का दुवै सभाका सदस्यम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन १ गतेदेखि लागू हुने गरी विशिष्ट पदाधिकारीको तलब वृद्धि गरेको हो । सरकारले जेठ १५ मा ल्याएको बजेटमा राष्ट्रसेवक (कर्मचारी)को तलब वृद्धि गरेको थियो । कार्यालय सहायकदेखि नायव सुब्बासम्मको २० […]
काठमाडौं । बलान विहुल गाउँपालिकाले वडा नम्बर ३ टिकुलियास्थित राष्ट्रिय प्राथमिक विद्यालयको बाउन्ड्री वाल निर्माण् कार्यका लागि आर्थिक वर्ष २०७४र७५ मा पाँच लाख बजेट विनियोजन गरेको थियो । यद्यपि, अझैसम्म सो वाल निर्माण हुन सकेको छैन । यता महालेखा परीक्षकको प्रतिवेदनको सो रकम निकासा भइसकेको देखाइसकेको छ । अचम्मको कुरा सो वाल निर्माणका लागि बजेट […]
काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा करिब २ लाख बेरोजगारले १३ दिन रोजगारी पाएका छन्। सरकारले न्यूनतम रोजगारीको ग्यारेन्टी गर्दै ती बेरोजगारलाई औसतमा १३ दिनको रोजगारी दिएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार १७ लाखभन्दा बढी युवा बेरोजगारमा सूचीकृत भएका छन्। सरकारले गत वर्ष ३० दिनको रोजगारी दिने घोषणा गरे पनि […]