Sajhamanch Archive

नेटवर्किङ व्यवसायले घर न घाटः कम्पनी फेर्दै, करोडौं ठग्दै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेटवर्किङ व्यवसायले घर न घाटः कम्पनी फेर्दै, करोडौं ठग्दै.

काठमाडौं । धादिङका सरोज थापामगरलाई नेटवर्किङ कम्पनीका एजेन्टले एक वर्षमै करोडपति बनाउने विश्वास दिलाएका थिए । मासिक ४० हजार रुपैयाँ तलब, कामका आधारमा पद र तलब पढ्दै जाने बताएपछि हौसिएका उनले आफूसँग भएको र सरसापट गरेर ३ लाख ६५ हजार रुपैयाँ एजेन्टलाई बुझाए । राष्ट्रिय बाणिज्य बैंकमा २४ हजार मासिक तलब पाइरहेको जागिर छोडेर उनी […]

ङुइलाबाट खुसुखुसु सुन तस्करी

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ङुइलाबाट खुसुखुसु सुन तस्करी.

काठमाडौं । धार्चे–३ खोर्लाबेंसीको ओढारबाट प्रहरीले बिहीबार १६ किलो सुन बरामद ग¥यो । बस्तीबाट हजार मिटर माथिको अनकन्टार ओढारमा सुन लुकाइएको थियो । प्रारम्भिक अनुसन्धानमा धार्चे–१ यारुबगरका व्यापारी धनकमल गुरुङले छेकम्पारको ङुइला नाका हुँदै तिब्बतबाट सुन ल्याएको खुलेको छ । प्रहरीले शुक्रबार उनलाई राजस्व अनुसन्धान विभागमा बुझाएको छ । ‘यसको अनुसन्धान अब विभागले नै गर्छ,’ एसपी […]

तरकारीको मूल्यमा अस्वाभाविक वृद्धि, दुई सय प्रतिशतसम्म मूल्यवृद्धि

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on तरकारीको मूल्यमा अस्वाभाविक वृद्धि, दुई सय प्रतिशतसम्म मूल्यवृद्धि.

काठमाडौं । केही दिनपहिलेको वर्षाले क्षति पु¥याएको बहानामा व्यापारीले तरकारीको मूल्य आफूखुसी बढाएका छन् । मूल्य अस्वाभाविक रूपमा वृद्धि भएपछि उपभोक्तालाई भान्सा चलाउनै कठिन हुँदै गएको छ । दुई साताको बीचमा तरकारीको मूल्य दोब्बरले वृद्धि हुँदा पनि नियमनकारी निकायले बजारमा हस्तक्षेप गरेको छैन । गत वर्ष प्रतिकेजी ३० देखि ४० रुपैयाँ पर्ने हरियो तरकारीको अहिले […]

काठमाडौँ महानगरपालिकाद्वारा सम्पत्ति करमा छुट

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on काठमाडौँ महानगरपालिकाद्वारा सम्पत्ति करमा छुट.

काठमाडौं । काठमाडौँ महानगरपालिकाले करको दायरा बढाउने उद्देश्यका साथ असोज मसान्तसम्म सम्पत्ति करमा १० प्रतिशत छुट दिएको छ ।महानगरले बक्यौता रकम हुने करदातालाई समेत जरिवाना छुट दिएको छ । सम्पत्ति कर वर्षमा एकपटक मात्र तिर्नुपर्छ । आर्थिक वर्षको सुरुवातमै कर नतिर्ने परिपाटी हुँदा सेवाग्राहीलाई आकर्षित गर्न सम्पत्ति करमा छुट दिएको राजस्व विभागका नुरनिधि न्यौपानेले बताए […]

विदेशमा मृत्यु भएका कामदारका परिवारलाई साढे ४८ करोड

Published: in अर्थतन्त्र, परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विदेशमा मृत्यु भएका कामदारका परिवारलाई साढे ४८ करोड.

काठमाडौं  ।  वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०७५र७६ मा विदेशमा रोजगारीका क्रममा मृत्यु भएका नेपाली कामदारको परिवारलाई राहतस्वरुप ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ सहायता प्रदान गरेको छ । गत वर्ष वैदेशिक रोजगारीमा रहेका नेपालीमध्ये २३ महिलासहित ७ सय ५३ ले ज्यान गुमाएक थिए । बोर्डले करार अवधिमानै मृत्यु भएका कामदारका परिवारलाई ७ लाख […]

इन्स्टाग्रामको एउटै पोष्टबाट २ करोड कमाउँछिन् प्रियंका

Published: in अर्थतन्त्र, टिप्स/जानकारी by . Leave a Comment on इन्स्टाग्रामको एउटै पोष्टबाट २ करोड कमाउँछिन् प्रियंका.

सामाजिक संजाल इन्स्टाग्राम अहिले सामान्य मानिसदेखि सेलिब्रिटीका लागि लोकप्रिय छ । विशेषगरि, सेलिब्रिटीहरुले दैनिक आफ्नो तस्वीर इन्स्टामा पोष्ट गरेर आफ्ना फ्यानसँग जोडिएका हुन्छन् । तर, केही यस्ता सेलिब्रिटी पनि छन्, जसले इन्स्टाबाट करोडौ रकम कमाउँछन् । हालै मात्र सार्वजनिक भएको एक रिपोर्ट अनुसार बलिउड नायिका प्रियंका चोपडाले इन्स्टामा ब्रान्डको प्रमोशन गरेवापत करोडौ रकम कमाउने गरेको […]

सामाजिक सुरक्षा भत्ताको बेरुजु ९ अर्ब

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सामाजिक सुरक्षा भत्ताको बेरुजु ९ अर्ब.

काठमाडौं ।  सामाजिक सुरक्षा भत्ता राज्यले वृद्ध अपांग र एकल महिलाको जीविकोपार्जनमा सहयोग गर्न बाँड्ने रकम भए पनि अरुले लाभ लिने गरेको पाइएको छ । तत्कालीन गाविस सचिवले भत्ताबापतको रकम निकासा लिए पनि वितरण गरेको प्रमाण पेस नगर्दा बेरुजु देखिएको छ ।भत्ता रकम पेस्की लिने र वितरण गरेको कागजात सम्बन्धित जिसस, गाउँपालिकाले पेस नगर्दा ठूलो […]

मेचीनगरमा १ अर्व बढीको बजेट सार्वजनिक

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on मेचीनगरमा १ अर्व बढीको बजेट सार्वजनिक.

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि १ अर्ब ४२ करोड ८८ लाख ६० हजार रुपैयाँ विनियोजित बजेट सार्वजनिक गरेको छ । उक्त बजेट नेपाल सरकारको सशर्त अनुदानका कार्यक्रमहरुलाई स्वीकृत बजेटको परिधिभित्र रहेर सञ्चालन गरिने छ । प्रस्तावित बजेटमा नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदान २५ करोड १९ लाख, नेपाल सरकारबाट प्राप्त […]

अब एटिएमबाटै तरकारी र फलफूलका बिउ पाइने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by . Leave a Comment on अब एटिएमबाटै तरकारी र फलफूलका बिउ पाइने.

ललितपुर । ललितपुर महानगरपालिकाले नेपालमै पहिलोपटक बिउ एटिएम स्थापना गरेको छ । सार्वजनिक निजी साझेदारी मोडेलअन्तर्गत सक्कल एग्रो एन्ड सिड ट्रेडर्ससगँको सहकार्यमा बिउ एटिएम स्थापना गरिएको हो । पुल्चोकस्थित एटिएमको औपचारिक सुरुवात भने केही दिनमा हुने महानगरले जनाएको छ । भारतीय कम्पनी बेटा अटोसँग साढे तीन लाख भारुमा महानगरले एटिएम मेसिन खरिद गरेको हो । यातायात र भन्सार गरी […]

झापा गाउँपालिकाद्वारा ३६ करोड १० लाख बजेट सार्वजनिक

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on झापा गाउँपालिकाद्वारा ३६ करोड १० लाख बजेट सार्वजनिक.

झापा । झापा गाउँपालिकाले आर्थिक वर्ष २०७६ ÷ ७७ को लागी ३६ करोड १० लाख ३० हजार रुपैयाको नीति, कार्यक्रम तथा बजेट सार्वजानिक गरेको छ । झापाको झापा गाउँपालिकाले चौथो गाउँसभाबाट पारित नीति, कार्यक्रम,बजेट तथा निर्णयहरु सार्वजनिक गरेको हो । गाउँपालिकाले आर्थिक बर्ष २०७६ ÷ ७७ का लागी प्रत्येक वडाहरुमा ६०÷ ६० लाखका योजनाहरु अघि […]