Sajhamanch Archive

पूर्वमन्त्री बस्नेतको स्रोत नखुलेको ६१ करोड सहकारीमा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on पूर्वमन्त्री बस्नेतको स्रोत नखुलेको ६१ करोड सहकारीमा.

काठमाडौं । राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा स्रोत नखुलेको रकम भेटिएको छ । सहकारीमा कांग्रेस नेता मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भेटिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वसञ्चारमन्त्रीसमेत रहेका बस्नेतले प्रणामी सहकारीमा राखेको उक्त रकमको अध्ययन सुरु गरेको छ । विभागले सो रकम झिक्न नमिल्ने बनाएको छ । […]

मंसिर पहिलो साता उपनिर्वाचनको सम्भावना

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on मंसिर पहिलो साता उपनिर्वाचनको सम्भावना.

काठमाडौं । निर्वाचन आयोगले कात्तिक मसान्त वा मंसिर पहिलो साताभित्रै रिक्त सबै स्थानमा उपनिर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । संघ, प्रदेश र स्थानीय तहमा गरी देशभर ४७ स्थानमा जनप्रतिनिधि रिक्त रहेको बताएको आयोगले उपनिर्वाचनका लागि आन्तरिक तयारी अघि बढाएको हो । निर्वाचन ऐनअनुसार नै पनि निर्वाचन सम्पन्न गर्न आयोगलाई कम्तीमा पनि १ सय […]

झापाको कचनकवलमा ४७ करोड ६० लाख बजेट, कक्षा १२ सम्म निशुल्क शिक्षा

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on झापाको कचनकवलमा ४७ करोड ६० लाख बजेट, कक्षा १२ सम्म निशुल्क शिक्षा.

कचनकवल । कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि ४७ करोड ६० लाख विनियोजित बजेट प्रस्तुत गरेको छ । प्रस्तावित बजेटमा आन्तरिक स्रोततर्फ २ करोड, नेपाल सरकारबाट प्राप्त अनुदान १२ करोड ६० लाख, राजश्व बाँडफाड ९ करोड ६२ लाख र प्रदेश सरकारबाट ५५ लाख ४५ हजार रुपैयाँको आय अनुमान गरिएको छ । यस्तै, शसर्त अनुदान […]

चन्द्रागिरि हिल्सलाई २० लाख जरिवाना, रिसोर्ट सञ्चालन गर्न नपाउने

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on चन्द्रागिरि हिल्सलाई २० लाख जरिवाना, रिसोर्ट सञ्चालन गर्न नपाउने.

काठमाडौँ  । वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन उल्लंघन गरेर रिसोर्ट बनाएकामा चन्द्रागिरि हिल्स लिमिटेडलाई २० लाख रुपैयाँ जरिवाना गरेको छ । उक्त कम्पनीले पूरक ईआईए प्रतिवेदन तयार नगरेसम्म ‘चन्द्रागिरि हिल्स रिसोर्ट’ सञ्चालन गर्न पनि नपाउने भएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चन्द्रागिरिलाई वातावरण ऐनको धारा १८ (१) मा भएको व्यवस्थाअनुसार कारबाही […]

इन्टरनेटमा भ्याट ! ‘मूल्य बढाए सेवा प्रदायकका लागि लागि दुर्भाग्य’ : मन्त्री बाँस्कोटा

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on इन्टरनेटमा भ्याट ! ‘मूल्य बढाए सेवा प्रदायकका लागि लागि दुर्भाग्य’ : मन्त्री बाँस्कोटा.

झापा । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आज साउन १ गतेदेखि लागू हुनेगरी इन्टरनेटमा १३ प्रतिशत भ्याट जोडेर मूल्य वृद्धि गरेका छन् । सरकारले इन्टरनेट सेवा प्रदायकहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै सेवा प्रदायकहरुको छाता संगठन आइस्पानको निर्णय अनुसार मुलुकभरका सेवा प्रदायकहरुले मूल्य वृद्धि गरेका हुन् । तर इन्टरनेट सेवा प्रदायकले सरकारको निर्णय अटेर गरेको भन्दै […]

आर्थिक विधेयकका केही प्रावधान हटाउन झापाका उद्योगीको माग

Published: in अर्थतन्त्र, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आर्थिक विधेयकका केही प्रावधान हटाउन झापाका उद्योगीको माग.

भद्रपुर । झापाका उद्योगी व्यवसायीले कामदारलाई ज्याला र तलबवापत एक हजार रुपैयाँभन्दा बढीको भुक्तानी बैंक खातामार्फत गर्नुपर्ने प्रावधान अव्यावहारिक भएको भन्दै खारेज गर्नुपर्ने माग गरेका छन् । झापा उद्योग संघ र झापा उद्योग वाणिज्य संघले संयुक्त रुपमा आज झापाका सरोकारवाला निकायहरुमार्फत सरकारलाई ज्ञापन बुझाउँदै त्यस्तो माग गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य […]

अब राजस्व छल्नेविरुद्ध ट्र्याकिङ

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अब राजस्व छल्नेविरुद्ध ट्र्याकिङ.

काठमाडौं  । सरकारले राजस्व छल्नेहरूलाई ट्र्याकिङमा ल्याउने भएको छ । विभिन्न बहानामा राजस्व छलेर आर्थिक अपराध गर्ने र अकुत सम्पत्ति आर्जन गर्न खोज्नेहरू ट्र्याकिङको दायराबाट उम्कन पाउनेछैनन् । राजस्व छली नियन्त्रणका लागि सरकारले आगामी १ साउनबाट वेबमा आधारित केन्द्रीय सूचना प्रणाली (ट्र्याकिङ प्रणाली) लागू गर्ने भएपछि त्यस्ता व्यक्ति वा फर्महरू सोझै कारबाहीमा पर्नेछन् । एउटै […]

भद्रपुर नगरपालिकामा ७१ करोड ४१ लाख बजेट विनियोजित

Published: in अर्थतन्त्र, स्थानीय तह by . Leave a Comment on भद्रपुर नगरपालिकामा ७१ करोड ४१ लाख बजेट विनियोजित.

भद्रपुर । भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७१ करोड ४१ लाख ९४ हजार रकम बराबरको विनियोजित बजेट प्रस्तुत गरेको छ । प्रस्तावित बजेटमा आन्तरिक श्रोततर्फ ५० करोड ७० लाख, नेपाल सरकारबाट प्राप्त अनुदान ८५ करोड ३१ लाख ८४ हजार र प्रदेश सरकारबाट ६ करोड ५२ लाख आय अनुमान सहित ७१ करोड ४१ लाख ९४ […]

दमक नगरपालिकाको १ अर्व ४५ करोड बजेट पारित, पत्रकारसहित ८ जना सम्मानित

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on दमक नगरपालिकाको १ अर्व ४५ करोड बजेट पारित, पत्रकारसहित ८ जना सम्मानित.

दमक । दमक नगरपालिकाले पाँचौं नगर सभाबाट आर्थिक वर्ष ०७६÷०७७ को लागि १ अर्व ४५ करोड ४१ लाख ३५ हजारको कुल वजेट तथा नीति कार्यक्रम पारित गरेको छ । नगर पालिकाको शुक्रबार भएको नगर सभाले सो वजेट तथा नीति कार्यक्रम पारित गरेको हो । नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा भएको नगर सभामा उपप्रमुख साथै बजेट […]

बचत तथा ऋण सहकारी संस्थासम्बन्धी छुट्टै कानून निर्माणको तयारी

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on बचत तथा ऋण सहकारी संस्थासम्बन्धी छुट्टै कानून निर्माणको तयारी.

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले संविधान, ऐन, कानून र अन्तराष्ट्रिय अभ्यास अध्ययन गरेर मात्र बचत तथा ऋण सहकारी संस्थासम्बन्धी छुट्टै कानून निर्माण गर्ने बताएकी छन् । मन्त्री अर्यालले देशभर १४ हजारभन्दा बढीको संख्यामा रहेका बचत तथा ऋण सहकारीहरूलाई व्यवस्थित गर्न छुट्टै कानून निर्माण गर्ने घोषणा गरेसँगै यसको बारेमा छलफल […]