काठमाडौं । डेढ दशकअघि नेपाल र भारतबीच भएको रेल सेवा सञ्चालन सम्झौता पुनःनवीकरण भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल नेतृत्वको नेपाली टोली र भारतीय रेल मन्त्रालयका अधिकारीहरूबीच भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकन बैठकपछि सो सम्झौता नवीकरण भएको हो । यस अघि सन् २००४ पहिलो पटक नेपाल […]
बिर्तामोड । निर्माण क्षेत्रका मजदूर तथा साना निर्माण व्यवसायीका समस्या समाधानका लागि सम्बद्ध पक्षले साझा प्रतिबद्धता व्यक्त गरेका छन् । लामो समयदेखि रहेका समस्या र विभिन्न विवादहरुलाई समाधान गर्नका लागि अग्रसर हुने निर्माण सम्बद्ध प्रतिनिधिहरुले बताएका हुन् । बिर्तामोडमा भएको छलफलमा उनीहरुले निर्माण क्षेत्रका मजदूर तथा साना निर्माण व्यवसायीको हकहित र अधिकारका लागि स्थानीय सरकार, […]
काठमाडौं । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ७५ करोड ६२ लाख ९८ हजार १५२ बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७२ कम्पनीको ८३ लाख ६६ हजार २५५ कित्ता शेयर कारोवार भए । कारोवार मापक नेप्से परिसूचक २१ विन्दुले घटेको छ । साताको पहिलो दिन एक हजार ३०५।६८ बिन्दुमा […]
झापा । सहकारी तथा वित्तीय संस्थाहरुको कारोबार व्यवस्थित गर्न निर्मित कम्प्युटर सफ्टवेयर एभरेष्ट सिबिएस प्रयोगका सम्बन्धमा आज बिर्तामोडमा एक कार्यक्रम गरिएको छ । ‘डिजिटल नेपालका लागि सहकारी र प्रविधि’ विषयमा प्लानेट अर्थ सोलुसन्स प्रालि ललितपुरले अन्तरक्रिया आयोजना गरेको हो । विगत ११ वर्षदेखि सञ्चालनमा रहेको सफ्टवेयर उत्पादक संस्थाले विशेषगरी सहकारीका लागि निर्मित एभरेष्ट सिबिएस प्रयोगका […]
बिर्तामोड । झापा इनर्जी लिमिटेडको आज बिर्तामोडमा सम्पन्न प्रथम साधारणसभाले सांसद एल पी साँवाको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । झापामा सौर्य उर्जा उत्पादन गर्ने उद्देश्यका साथ स्थापित कम्पनीले ८८ करोड रुपैयाँको लागतमा १० मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको प्रतिवेदन साधारणसभामा प्रस्तुत गरिएको छ । समृद्ध नेपाल सुखी […]
कास्की । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी नागरिकको संस्था हुँदाहुँदै पनि पनि चर्को ब्याज लगाएको गुनासो आएको बताएकि छन। सहकारी विभागले शुक्रबार आयोजना गरेको प्रदेश तथा स्थानीय तहका सहकारी नियामक अधिकारीका लागि सहकारी प्रवर्द्धन कार्यशालाको उद्घाटन गर्दै मन्त्री अर्यालले सहकारीले चर्को ब्याज लिएको सुनेको बताउँदै नागरिकको सिधा पहुँचान रहेका सहकारीले […]
काठमाडौं । कुनै समय थियो, दानदक्षिणा गरे धर्म कमाइन्छ । धर्म कमाउनकै लागि पितापुर्खाले जग्गाजमिनसमेत मठमन्दिर र जात्रापर्वका लागि छुट्याइदिए । कसैले सरकार (गुठी संस्थान) लाई जिम्मा दिए, कसैले निजी गुठी बनाएर सञ्चालन गर्न नयाँ पुस्तालाई दिए । कसैले चाँदी, तामा, पित्तल आदि दान दिए । हुनेखानेले सुन नै चढाइदिए । समयले कोल्टे फेर्दै गयो । […]
काठमाडौं । ‘मैले त हाम्रो भत्ता बढेको थाहै पाएकी थिइनँ, बढेको भए त राम्रो भयो, म त एकदम खुसी भएँ । अब कहिलेबाट पाउने हो ? तपाईलाई थाहा छ ?’ काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं. ४ निवासी ९३ वर्षीया मोहनमाया महर्जनले उत्साहित र कौतुहलताका साथ सोधिन् । नेपाल सरकारले आगामी वर्षको वार्षिक बजेटमा ज्येष्ठ नागरिकले […]
काठमाडौं । बैङ्कले नेपालको यो वर्ष आर्थिक वृद्धिदर सात दशमलव एक प्रतिशत हुने प्रक्षेपण गरेको छ । सेवा र कृषि क्षेत्रमा उत्साहजनक वृद्धि भएकाले उच्च वृद्धिको प्रक्षेपण गरिएको हो । विश्व बैङ्कका अनुसार सन् २०१९ मा सेवा र कृषि क्षेत्रमा भएको प्रगतिले नेपालको आर्थिक वृद्धि सात दशमलव एक प्रतिशत पुग्ने छ । सेवा क्षेत्रमा मात्र […]
काठमाडौं ।संरचना निर्माण प्रक्रियामा सरकारी निकायबीच समन्वय नहुँदा काठमाडौँमा बिछ्याइएको मेलम्ची खानेपानी आयोजनाको ३० किलोमिटर पाइप फुटेका छन् । मेलम्ची खानेपानी आयोजना–२ ले पाइप बिछ्याएपछि भएको सडक विस्तार र ढल खन्ने क्रममा बानेश्वर, कालोपुल, बिजेश्वरी, बल्खुलगायत क्षेत्रमा पाइप फुटेका हुन् । ३० किलोमिटर पाइप फुट्दा १६ करोडको क्षति भएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेसप्रसाद खत्रीले […]