Sajhamanch Archive

सिक्री लुटिएला नि ! डेढ महिनामै लुटिए नौ जना

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सिक्री लुटिएला नि ! डेढ महिनामै लुटिए नौ जना.

काठमाडौं। धुम्बाराहीकी क्षेत्रमाया गुरुङ बाटोमा हिँड्दै थिइन् । गलामा लगाएको सिक्री कसैले झ्वाट्ट तानेर लग्यो। ‘चोर चोर’ भन्दा भन्दै सिक्री लुटेर भागे । गत सोमबार साँझ पल्सर मोटरसाइकलमा आएका दुई जनाले भीडभाड भएको मौका छोपी गुरुङको साढे दुई तोलाको सिक्री थुतेर भागे । मंगलबार बानियाँटारस्थित जलपाचोकमा हिँडिरहेकी मीनाकुमारी गुरुङ लुटिइन् । पल्सर मोटरसाइकलमा आएका दुई […]

बेहुलाले जब मण्डपमै दाइजो मागे र बेहुली नलिइ फर्किए

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बेहुलाले जब मण्डपमै दाइजो मागे र बेहुली नलिइ फर्किए.

मोरङ। मोरङको जहदा गाउँपालिका–४ का २४ वर्षीय लक्ष्मण राजवंशीले बेहुली अस्वीकार गरेका छन् । विवाहको कार्यक्रम चलिरहेका बेला उनले दाइजोबापत मोटरसाइकल, सुनको सिक्री र डाइनिङ टेबल मागेका थिए । मागेको सामान नपाएपछि राजवंशी बेहुलीलाई मण्डपमा छोडेर हिँडेका थिए । जन्ती पनि उनीसँगै त्यत्तिकै फर्किएका थिए । बेहुली पक्षको उजुरीका आधारमा राजवंशीलाई जहदा–४ बाटै पक्राउ गरिएको […]

प्रधानमन्त्रीलाई निर्माण व्यवसायीको ज्ञापनपत्र

Published: in अर्थतन्त्र, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्रीलाई निर्माण व्यवसायीको ज्ञापनपत्र.

भद्रपुर । नेपाल सरकारद्वारा जारी गरिएको निर्माण व्यवसायीहरूको सार्वजनिक खरिद (छैठौँ संशोधन) नियमावली २०७५ प्रति असन्तुष्टी जनाउँदै झापाका निर्माण व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । निर्माण व्यवसायीहरूको हित विपरित सरकारले ल्याएको नियमावली खारेजीको माग राख्दै देशभरका निर्माण व्यवसायीहरू आन्दोलित बन्दै प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् । यसैक्रममा नेपाल निर्माण व्यवयासी संघको पूर्व […]

बिर्तामोडमा दुई दिन एडभान्स प्लम्बर तालिम

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिर्तामोडमा दुई दिन एडभान्स प्लम्बर तालिम.

बिर्तामोड । झापाका प्लम्बरलाई थप दक्ष र सक्षम बनाउन एडभान्स प्लम्बर तालिम दिइएको छ । पञ्चकन्या ग्रुप अन्र्तगत पञ्चकन्या प्लास्टिक डिभिजनको आयोजनामा भएको एडभान्स तालिममा प्लम्बरको कार्यविधि, बाथरुम, किचनलगायत स्थानमा उत्पन्न विभिन्न कठिनाईहरुको उचित समाधानका उपायहरु सिकाईएको सेल्स मेनेजर विकासकुमार कर्णले जानकारी दिएका छन् । कर्णका अनुसार तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई पीके जैन र हरिसचन्द्र सोनीले […]

‘सांसदलाई छुट्टै रकम दिनु भ्रष्टाचार निम्त्याउनु हो’

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘सांसदलाई छुट्टै रकम दिनु भ्रष्टाचार निम्त्याउनु हो’.

काठमाडौं । निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा सांसदले १० करोड रुपियाँ माग गरेकोमा नागरिक समाजले कडा आपत्ति जनाएको छ । स्थानीय जनप्रतिनिधि नभएको सन्दर्भमा सुरु गरिएको यो अवधारणा अब अप्रासंगिक भएको विश्लेषकहरुको धारणा छ । ‘मुलुकमा ७५३ स्थानीय निकाय छन् बजेट परिचालनका लागि, संघीय सांसदलाई किन चाहियो छुट्टै संरचना रु’, नागरिक समाजका अगुवा भवानी खरेल […]

यार्सागुम्बा टिप्न नदिएपछि नाकाबन्दी, साइपाल र तलकोटका बासिन्दाबीच द्वन्द्व बढ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on यार्सागुम्बा टिप्न नदिएपछि नाकाबन्दी, साइपाल र तलकोटका बासिन्दाबीच द्वन्द्व बढ्यो.

बझाङ । साइपाल गाउँपालिकाको फराली खेतमा यार्सागुम्बा टिप्न पाउनुपर्ने माग राख्दै तलकोट गाउँपालिकाका बासिन्दाले बुधबार त्यहाँसम्म पुग्ने बाटो बन्द गरिदिएका छन् । साइपाल–३ का बासिन्दाले सामुदायिक वनका नाममा सो ठाउँमा यार्सागुम्बा टिप्न नदिने भएपछि तलकोट–४ का बासिन्दाले नाकाबन्दी गरिदिएका हुन् । वडा ४ का पनालत, स्याडा, कुवा, लोकन्ड र जाडले गाउँ भएर मात्र साइपल पुग्न […]

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन आवश्यक एयर रुट दिन भारत तयार

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन आवश्यक एयर रुट दिन भारत तयार.

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन आवश्यक पर्ने एयर रुट दिन भारत तयार भइसकेको छ । दुवै देशको प्राविधिक टोलीले निर्धारण गरेको एयर रुटको उडान अनुमतिका लागि अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आइकाओ) मा पठाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । तीन महिनाअघि नै पठाइएकोमा आइकाओबाट स्वीकृति प्राप्त हुनेबित्तिकै उडान सञ्चालन हुन सक्ने प्राधिकरणले जनाएको छ । […]

झापाको कमल गाउँपालिकामा १२७० बेरोजगार

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on झापाको कमल गाउँपालिकामा १२७० बेरोजगार.

कमल । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कमल गाउँपालिकामा एक हजार २०० भन्दा बढी आवेदन परेको छ । आवेदन दिएका मध्ये पहिलो चरणमा छनौट भएका ९९ जनालाई कम्तिमा ३० दिन रोजगारी दिने तयारी भएको गाउँपालिकाका रोजगार संयोजक भरतचन्द्र तिवारीले जानकारी दिएका छन् । दर्ता भएका निवेदन अन्तर्गत पहिलो चरणमा अदक्ष जनशक्तिलाई रोजगारी दिइने रोजगार संयोजक तिवारीले […]

बैंकहरुले अबदेखि एटीएममा नेपाली भाषा पनि राख्नुपर्ने

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बैंकहरुले अबदेखि एटीएममा नेपाली भाषा पनि राख्नुपर्ने.

काठमाडौँ। बैंक तथा फाइनान्स कम्पनीहरुले अबदेखि आफ्नो एटीएममा नेपाली भाषा पनि राख्नुपर्ने भएको छ । यस अघि केही बैंकहरुले मात्र आफ्नो एटीएम मेसिनमा अंग्रेजी र नेपाली दुवै भाषा राख्ने गरेका थिए भने केहीले अंग्रेजी भाषा मात्र राख्ने गरेका थिए । तर राष्ट्र बैंकको पछिल्लो निर्देशनअनुसार भने सबै बैंक तथा फाइनान्स कम्पनीहरुले आफ्नो एटीएम मेसिनमा नेपाली […]

नगदेबाली उत्पादनमा रोङका कृषक सक्रिय

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on नगदेबाली उत्पादनमा रोङका कृषक सक्रिय.

रोङ (इलाम) । इलामको रोङ गाउँपालिका वडा नम्वर ६ का किसान यतिबेला नगदे बालीतर्फ आकर्षित भएको पाइएको छ । अन्नबालीभन्दा नगदे बालीबाट राम्रो आम्दानी गर्न थालेपछि पछिल्लो समय यहाँका कृषक नगदे बालीतर्फ आकर्षित भएका हुन् । १० वर्षदेखि काँक्राको व्यवसायिक खेती गर्दै आएका ईन्द्रप्रसाद प्रधान भन्छन्, ‘ अन्न बाली लगाउँदा मुस्किलले वर्षमा १५–२० हजार रुपैयाँ […]