Sajhamanch Archive

सेवा निवृत्त राष्ट्रसेवकहरु सामाजिक आर्थिक क्षेत्रमा राम्रो योगदानः अध्ययन

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on सेवा निवृत्त राष्ट्रसेवकहरु सामाजिक आर्थिक क्षेत्रमा राम्रो योगदानः अध्ययन.

झापा । बिर्तामोडमा नवस्थापित सेवा निवृत्त राष्ट्रसेवक मञ्चले नगरको सामाजिक आर्थिक क्षेत्रमा राष्ट्रसेवकको भूमिका विषयक विचारगोष्ठी सञ्चालन गरिएको छ । मञ्चका अध्यक्ष शिरो सान्दाई खतिवडाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा उक्त विचार गोष्ठी सञ्चालन गरिएको हो । विचार गोष्ठीमा डा. राजेन्द्र अधिकारी र मोहनप्रसाद ओलीले १० पृष्ठ लामो कार्यपत्र प्रस्तुत […]

चालु आवको भुक्तानी २४ असारसम्म सक्न महालेखाको निर्देशन

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on चालु आवको भुक्तानी २४ असारसम्म सक्न महालेखाको निर्देशन.

काठमाडौं । महालेखा नियन्त्रण कार्यालयले चालु आर्थिक वर्ष (आव) २०७९/८० मा गर्नुपर्ने भुक्तानी २४ असार भित्र सक्न कोष तथा लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार आर्थिक वर्ष समाप्त हुनु भन्दा ७ दिन अगाडि नै निकासा भुक्तानी नहुने र प्रणाली बन्द गर्नुपर्छ […]

बजेटप्रति असन्तुष्ट दलहरुको संसदीय दलको बैठक बस्दै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on बजेटप्रति असन्तुष्ट दलहरुको संसदीय दलको बैठक बस्दै.

काठमाडौं । कांग्रेस, माओवादी बाहेकका सत्ता साझेदार दलहरुले संसदबाट बजेट पास गर्न सघाउने कि नसघाउने भन्ने विषयमा आज निर्णय लिँदै छन् । जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीले आज बिहान बस्ने संसदीय दलको बैठकबाट निर्णय गर्न लागेका हुन् । यसैगरी सरकारलाई समर्थन गरेको जनमत पार्टीले पनि बिहान मात्रै बजेट पारित गर्न […]

दमकमा असार १४ गते रोजगार मेलाको आयोजना गरिने

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by . Leave a Comment on दमकमा असार १४ गते रोजगार मेलाको आयोजना गरिने.

दमक । दमक उद्योग वाणिज्य संघले असार १४ गते दमकमा आयोजना गरेको रोजगार मेलाको तयारी तीव्ररुपमा भइरहेको जनाएको छ । संघले आज पत्रकार सम्मेलन गरी वृत्ती परामर्श तथा रोजगार मेलाको तयारीको विषयमा जानकारी दिएको हो । मेलामा तालिम प्रदायक संस्था, पर्यटन, चिया बगान, बैकिङ, होटल ब्यवसाय लगायतका २१ वटा संस्था, कम्पनी, उद्योगको स्टल रहने जनाइएको […]

करको दर संशोधन गर्न माग गर्दै पत्रकार महासंघ मोरङद्वारा महानगरपालिकाको ध्यानाकर्षण

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on करको दर संशोधन गर्न माग गर्दै पत्रकार महासंघ मोरङद्वारा महानगरपालिकाको ध्यानाकर्षण.

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सञ्चार क्षेत्रसँगं सम्वन्धित व्यवसायमा बृद्धि गरेको कर संशोधन गर्न माग गरेको छ । असार १० गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम र बजेटमा सञ्चार क्षेत्रसँग सम्बन्धित पेशा एवं व्यवसायमा लागू गर्न खोजिएको अव्यवहारिक करको दरप्रति नेपाल पत्रकार महासंघ मोरङले महानगरपालिकाका […]

लगातार उकालो यात्रामा नेप्से, एकैदिन ५७ अंकले बढ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on लगातार उकालो यात्रामा नेप्से, एकैदिन ५७ अंकले बढ्यो.

काठमाडौं । पछिल्ला कारोबार दिनमा धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक लगातार उकालो लागेको छ । गएको बिहीबारदेखि लगातार उकालो लागेको परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार ५६.९४ अंक बढेर बन्द भएको छ । सोमबार (हिजो) नेप्से साढे ११ अंकले वृद्धि भएर बन्द भएको थियो । साताको पहिलो कारोबार दिन आइतबार ६२.२१ अंकले बढेर बन्द […]

झापा उद्योग वाणिज्य संघले भद्रपुर नगरपालिकालाई बुझायो १२ बुँदे ज्ञापनपत्र

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on झापा उद्योग वाणिज्य संघले भद्रपुर नगरपालिकालाई बुझायो १२ बुँदे ज्ञापनपत्र.

भद्रपुर । उद्योग–व्यवसाय क्षेत्रको विकास र उद्योगी–व्यवसायीको सुरक्षा तथा हकहितको माग गर्दै झापा उद्योग वाणिज्य संघले भद्रपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष प्रज्वल राईको नेतृत्वमा आज सोमबार नगरपालिका पुगेको संघका पदाधिकारी–सदस्यहरुको टोलीले नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की र प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएको हो । खुला सीमाका कारण […]

नेप्से परिसूचक ११.६९ अंकले वृद्धि

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on नेप्से परिसूचक ११.६९ अंकले वृद्धि.

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमवार पनि नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। आइतबार ६२.२१ अंकले बढेको नेप्से परिसूचक सोमवार ११.६९ अंकले बढेर २१२९.४२ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.६६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंकले बढेको छ। सोमबार कारोबारमा आएका २७९ कम्पनीको १ […]

पशुपतिको जलहरी जोख्ने काम सकियो, अन्तिम हिसाब-किताब हुँदै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on पशुपतिको जलहरी जोख्ने काम सकियो, अन्तिम हिसाब-किताब हुँदै.

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विशेष टोलीले पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको सुनको जलहरी जोख्ने काम सकेको छ। आइतबार साँझ ६ बजेदेखि सुरु भएको जोख्ने काम सोमबार बिहान २ बजे सकिएको अख्तियार स्रोतले बताएको छ। जलहारीको जोख्ने काम सकियो। टुक्रा टुक्रामा जोखिएको जलहारीको पूर्ण तौल निकाल्न अन्तिम नापजाँच हुँदै छु, अख्तियार स्रोतले भन्यो। प्रारम्भिक नाँप […]

बजेट संशोधन गर्न सत्तापक्षकै दबाब

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on बजेट संशोधन गर्न सत्तापक्षकै दबाब.

काठमाडौँ । सत्तारूढ दलका नेताहरूले सरकारलाई बजेट संशोधन गर्न दबाब दिएका छन् । जेठ १५ मा संसद्मा प्रस्तुत बजेटमाथिको छलफलमा सांसदले उठाएका विषयलाई बेवास्ता गरिरहेको सरकारलाई सत्तारूढ सांसदहरूले बजेट संशोधन गर्नै हुन्न भन्ने परम्परागत मान्यताबाट माथि उठ्न पनि आग्रह गरेका छन् । सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सरकारले जस्तो विधेयक ल्यायो, त्यही पारित […]