Sajhamanch Archive

सुनको भाउ आज पाँच सय रुपैयाँले बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on सुनको भाउ आज पाँच सय रुपैयाँले बढ्यो.

काठमाण्डौ । सुन चाँदीको भाउ आज बढेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार एक सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदी आज तोलामा १० रुपैयाँले बढेर एक हजार तीन सय ७० रुपैयाँमा […]

एनएमसीको आगामी बजेट, नीति तथा कार्यविधिमाथि वृहङ्गम छलफल

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on एनएमसीको आगामी बजेट, नीति तथा कार्यविधिमाथि वृहङ्गम छलफल.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आगामी आर्थिक वर्षको लागि प्रस्तावित बजेट, नीतिहरुमा गर्नुपर्ने संशोधन तथा परिमार्जनका विषयमा शनिबार बिर्तामोडमा वृहत छलफल गरेको छ । संस्था सञ्चालक समितिको विस्तारित बैठकमा आगामी आर्थिक वर्षको लागि योजना तर्जुमा, विगतमा भोगेका अनुभवहरु र यसबाट आगामी वर्षका लागि खेल्नुपर्ने भूमिका र रचनात्मक कार्यक्रमहरुमाथि छलफल गरिएको हो । […]

खेतमा नै धान र च्यूरा पढाउँदै स्मारिका सामुदायिक बोर्डिङ स्कूल

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, by . Leave a Comment on खेतमा नै धान र च्यूरा पढाउँदै स्मारिका सामुदायिक बोर्डिङ स्कूल.

दमक । आज असार १५ अर्थात धान दिवस । यो दिवस खेतमा धान रोपाईं गर्दै दही च्यूरा खाएर देशैभर मनाइएको छ । दही र च्यूरा खाएर धान रोप्दै गरेका विद्यार्थीलाई शिक्षकले भनिरहेका छन्, ‘यो रोपिएको बोटबाट ४ महिना पछि धान फल्छ र धानबाट नै च्यूरा बनाइन्छ ।’ विद्यार्थीले व्यवहारिक शिक्षा कम पाएकाले आफ्नै अगाडि खेतमा […]

सिम्रिक साकोसद्वारा चालू आर्थिक वर्षमा सदस्य राहत सुविधामा सवा करोड खर्च

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सिम्रिक साकोसद्वारा चालू आर्थिक वर्षमा सदस्य राहत सुविधामा सवा करोड खर्च.

झापा । चालू आर्थिक वर्षको असार १४ गतेसम्ममा सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले राहत कोषमा आबद्ध भएका सदस्य परिवारमा एक करोड २० लाख रुपैयाँभन्दा बढीको सुविधा प्रदान गरेको छ । यो आर्थिक वर्षमा यस्तो सुविधा एक हजार १३५ जना शेयर सदस्यले लिएका हुन् । संस्थाका शेयर सदस्यहरु राहत कोषमा पनि आवद्ध भएर योगदान गरेको […]

कमल गाउँपालिकामा पनि असार १६ गते रोजगार मेला

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा पनि असार १६ गते रोजगार मेला.

कमल । झापाको कमल गाउँपालिकाको केर्खामा असार १६ गते वृत्ति परामर्श तथा रोजगार मेला सञ्चालन हुने भएको छ । दमकमा यस्तो मेला सम्पन्न भएको एक साता नपुग्दै कमलमा पनि सञ्चालन गर्ने तयारी भएको हो । नेपाल सरकार र स्वीजरलैण्ड सरकारबीचको सम्झौता अनुसार सञ्चालनमा रहेको दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना अन्तर्गत रोजगारदाता र रोजगारको […]

व्यापार सहजीकरण सम्बन्धी अभिमुखीकरण झापामा सुरु

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on व्यापार सहजीकरण सम्बन्धी अभिमुखीकरण झापामा सुरु.

झापा । आयात–निर्यात व्यापारमा संलग्न उद्योगी–व्यवसायीहरुका लागि झापामा व्यापार सहजीकरण सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको आयोजना एवम् झापा उद्योग वाणिज्य संघको सहकार्यमा झापाको बिर्तामोडमा बिहीबारदेखि तालिम सञ्चालन भएको हो । झापा उद्योग वाणिज्य संघका विशिष्ट सदस्य खड्कबहादुर लिम्बूको अध्यक्षतामा आयोजित […]

कोशीको प्रदेश सभामा बजेट अध्यादेश पेश

Published: in अर्थतन्त्र, प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on कोशीको प्रदेश सभामा बजेट अध्यादेश पेश.

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभा बैठकमा बजेट अध्यादेश पेश गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका कार्कीले जेठ ३२ गते अध्यादेशबाट बजेट ल्याएका थिए । अल्पमतमा परेपछि जेठ ३१ गते बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएका थिए । बिहीबारबाट सुरु तेस्रो अधिवेशनको पहिलो बैठकमा बजेट अध्यादेश पेश गरेका […]

एनआईसी एशिया बैंकबाट बचतकर्ताको १३ लाख १७ हजार ३०० रुपैयाँ गायब

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on एनआईसी एशिया बैंकबाट बचतकर्ताको १३ लाख १७ हजार ३०० रुपैयाँ गायब.

भद्रपुर । भद्रपुरस्थित जगदम्बा टी प्रोसेसिङ प्रालिको बैंक खाताबाट २०८० असार ५ गतेदेखि असार ११ गतेसम्मको अवधिमा पटक पटक गरी १३ लाख १७ हजार ३०० रुपैयाँ गायब भएको छ । ‘बैङ्क पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने स्लोगानसहित सञ्चालित नेपालकै ठूलो वित्तीय कारोबार हुने एनआईसी एसिया बैङ्कको चन्द्रगढी शाखाबाट उक्त रकम गायब भएको […]

संसदमा बजेटमाथि पहिलो पटक मतदान, बहुमतले पारित

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on संसदमा बजेटमाथि पहिलो पटक मतदान, बहुमतले पारित.

काठमाडौं । प्रतिनिधिसभामा बजेटमाथि पहिलो पटक मतदान भएको छ । बुधबार आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक पारित गर्न मतदान गरिएको हो । नेकपा एमालेले मत विभाजन माग गरेपछि भएको मतदानमा विनियोजन विधेयकको पक्षमा १४७ मत पर्‍यो । जुन प्रतिनिधिसभाको बहुमत हो । संसद सचिवालयका पूर्वसचिव सोमबहादुर थापाले नेपालको इतिहासमा विनियोनन विधेयकमाथि मतदानको यो पहिलो […]

नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्क घट्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्क घट्यो.

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्कले ओरालो लागेर दुई हजार एक सय ५० दशमलब ९९ मा सीमित भएको छ। आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलब ७६ अङ्कले ओरालो लागेर चार सय दुई […]