Sajhamanch Archive

क्यान झापाको अध्यक्षमा घिमिरे, सर्वसम्मत नयाँ नेतृत्व चयन

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on क्यान झापाको अध्यक्षमा घिमिरे, सर्वसम्मत नयाँ नेतृत्व चयन.

झापा । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ, झापा शाखाको आज सम्पन्न जिल्ला अधिवेशनले कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । घिमिरे निवर्तमान कार्यसमितिमा सचिव थिए । बिर्तामोडमा आज आयोजित आठौं वार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको हो । क्यानको विधानले शाखाको पहिलो बैठकबाट पदाधिकारीहरु तोक्ने तथा सदस्यहरु […]

कर्णाली साकोसको सेयर बोनस ८+६ प्रतिशत, सदस्य सुविधामा २ करोड ६९ लाख खर्च

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on कर्णाली साकोसको सेयर बोनस ८+६ प्रतिशत, सदस्य सुविधामा २ करोड ६९ लाख खर्च.

बिर्तामोड । तरलता अभावका कारण लक्ष्यअनुरुप निक्षेप तथा कर्जा प्रवाह गर्न नसकेको कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस)ले ८ प्रतिशत सेयर बोनस र संरक्षित पूँजी फिर्ता कोषबाट कारोबारी सदस्यलाई थप ६ प्रतिशत लाभांश दिने भएको छ । कर्णाली साकोसले २२औं वार्षिक साधारण सभाको प्रतिवेदन सार्वजनिक गर्दै आज सो बारे जानकारी गराएको हो । प्रस्तुत […]

अदालतमा विचाराधिन मुद्दाको बेवास्ता गर्दै दीपज्योतिको जमिनमा धमाधम प्लटिङ

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on अदालतमा विचाराधिन मुद्दाको बेवास्ता गर्दै दीपज्योतिको जमिनमा धमाधम प्लटिङ.

झापा । निवेदकलाई हक हस्तान्तरण नगरेको भनी विगत ११ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधिन मुद्दा किनारा नलाग्दै दीपज्योति एजुकेशन फाउण्डेसन प्रालिको नाममा रहेको जमिनका स्थायी संरचनाहरु भत्काउँदै जमिन खण्डीकरण (प्लटिङ) गरिरहेको पाइएको छ । अर्जुनधारा नगरपालिका वडा नं. ६ मा रहेको सो कम्पनीका एकजना शेयरधनी राजकुमार बिमलीले कम्पनीको छैटौं साधारणसभाको निर्णय सञ्चालक समितिले कार्यान्वयन नगरेको भनी […]

बिर्तामोडमा यो वर्ष पनि बाख्रा र बंगुरका पाठा साटासाट गरिने

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा यो वर्ष पनि बाख्रा र बंगुरका पाठा साटासाट गरिने.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले मेयर पकेट कार्यक्रम अन्तर्गत बाख्रापालन तथा बंगुरपालनका लागि आवेदन दिने महिला कृषक समूहहरुको अनुगमन गरेकी छन् । उनले मेयर पकेट कार्यक्रम अन्तर्गत रहेका ग्रामीण महिला बाख्रा साटासाट कार्यक्रम र ग्रामीण महिला बंगुर साटासाट कार्यक्रम अन्तर्गत समूह छनोट गर्न फिल्ड अनुगमन गरेकी हुन् । नगरप्रमुखको फिल्ड भ्रमणले […]

गणपति बेकरीको नयाँ प्रस्तुति नैवेध्य फेमिली रेष्टुरेन्ट बिर्तामोड

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज by . Leave a Comment on गणपति बेकरीको नयाँ प्रस्तुति नैवेध्य फेमिली रेष्टुरेन्ट बिर्तामोड.

बिर्तामोड । झापाको बिर्तामोडमा नयाँ फेमिली रेष्टुरेन्ट सञ्चालनमा आएको छ । बिर्तामोड–५ स्थित गणपति वेकर्ससँगै नैवेध्य सञ्चालनमा ल्याइएको हो । नैवेध्य रेष्टुरेन्टको आज सोमवारदेखि शुभारम्भ भएको हो । गणपति वेकर्सका सञ्चालक राजु ढकालले उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । गणपति वेकरी र दि क्याफेको सफलतापछि उनले नैवेध्य सञ्चालनमा ल्याएको जानकारी दिए । आकर्षक संरचना र […]

आर्थिक मन्दीको मारमा श्रमिक पनि, रोजगारदाताको पनि अवस्था बुझ्न व्यवसायीको आग्रह

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आर्थिक मन्दीको मारमा श्रमिक पनि, रोजगारदाताको पनि अवस्था बुझ्न व्यवसायीको आग्रह.

बिर्तामोड । बढ्दो आर्थिक मन्दीको मारमा मुलुकको श्रमिक बजार परेको सरोकारवालाको निश्कर्ष छ । आर्थिक मन्दीको मारमा उद्योग, व्यवसाय राम्ररी चल्न नसक्दा ठूलो संख्यामा श्रमिकहरुको रोजगारी खतरामा परेको आज आइतबार विर्तामोडमा सम्पन्न एक कार्यक्रमका सहभागीले बताएका हुन् । यूनिकम नेपालले आयोजना गरेको छलफल कार्यक्रमका सहभागीले मुलुकमा उद्योग, व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउने नीति अब बन्ने […]

एनएमसीमा साधारणसभा सुरु, साढे ५ करोड शेयर बोनस बाँडिने

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on एनएमसीमा साधारणसभा सुरु, साढे ५ करोड शेयर बोनस बाँडिने.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना शेयर धनीहरुलाई ५ करोड ६५ लाख २४ हजार ५९१ रुपैयाँ शेयर बोनस वितरण गर्ने भएको छ । संस्थाको ३०औं वार्षिक साधारणसभाको लागि तयार गरिएको वार्षिक प्रतिवेदन आज सार्वजनिक गर्दै उक्त जानकारी दिइएको हो । संस्थामा गत आव २०७८/०७९ को असार मसान्तमा १ लाख ३५ हजार शेयर सदस्य […]

कलवलगुरी कृषि सहकारीको १६औं साधारण सभामा सदस्यहरु सम्मानित

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on कलवलगुरी कृषि सहकारीको १६औं साधारण सभामा सदस्यहरु सम्मानित.

भद्रपुर । कलवलगुरी कृषि सहकारी संस्था लिमिटेड भद्रपुर १० को १६औं वार्षिक साधारण सभा शनिबार सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष नारायणप्रसाद चौंलागाईको सभापतित्व तथा सहकारी संघ झापाका उपाध्यक्ष चम्पादेवी सुवेदीकोे प्रमुख आतिथ्यमा अग्रज सदस्य तथा उत्कृष्ट व्यक्तित्व सम्मानसहित सभा सम्पन्न गरिएको हो । साधारणसभामा अध्यक्ष चौलागाईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषिको उन्नतिका […]

हकदावी सम्बन्धी एनएमसी बाहुनडाँगी कार्यालयको १५ दिने सार्वजनिक सूचना

Published: in अर्थतन्त्र, विज्ञापन, सहकारी by . Leave a Comment on हकदावी सम्बन्धी एनएमसी बाहुनडाँगी कार्यालयको १५ दिने सार्वजनिक सूचना.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०७९/०८/०८ जिल्ला झापा मेचीनगर–२ बस्ने स्व. मनमाया बस्नेत (सदस्य नं. २७८९८) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल असोज २६ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–२ बस्ने निजका […]

झापामा कोअपरेटिभ म्यानेजर्स क्लब गठन

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on झापामा कोअपरेटिभ म्यानेजर्स क्लब गठन.

झापा । सहकारी संस्थाहरुका व्यवस्थापकहरुलाई संगठित गर्दै सहकारी अभियानलाई अग्रता प्रदान गर्ने उद्देश्यले झापामा आज कोअपरेटिभ म्यानेजर्स क्लबको तदर्थ समिति गठन भएको छ । आज दमकमा झापा जिल्ला सहकारी संघ र राष्ट्रिय सहकारी बैंकले संयुक्तरुपमा आयोजना गरेको सहकारीका व्यवस्थापकहरुको तालिम पछि म्यानेजर्स क्लवको आवश्यकता महसुस गरी तदर्थ समिति गठन गरिएको हो । क्लवको संयोजकमा मेची […]