Sajhamanch Archive

८४ करोडको हतियार किन्दै सरकार

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ८४ करोडको हतियार किन्दै सरकार.

काठमाडौँ । सरकारले आर्थिक वर्षको अन्तिममा नेपाल प्रहरीलाई हतियार तथा भिड नियन्त्रणका सामग्री खरिद गर्ने तयारी गरेको छ । मुलुकको अर्थतन्त्र कमजोर भएका बेला प्रहरीलाई तत्काल आवश्यक नभएको घातक हतियार खरिद गर्ने तयारी भएको हो । प्रहरीलाई हतियार किन्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । केही दिनमा एलसी खोल्ने प्रक्रिया सुरु हुन्छ’, स्रोतले भन्यो, ‘१ अर्ब […]

सहारा नेपालका बाख्रापालक समूहलाई बोयर बोका हस्तान्तरण

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सहारा नेपालका बाख्रापालक समूहलाई बोयर बोका हस्तान्तरण.

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था अन्तरगत एग्री बिजनेश युनिटले बाख्राको नश्ल सुधारका लागि दुई वटा समूहलाई बोयर जातको बोका प्रदान गरेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० मा रहेको दोमुखा सहारा बाख्रापालन समूह र बिर्तामोड–७ स्थित श्री चेतना बाख्रा, कुखुरा, बंगुरपालन समूहलाई एक–एकवटा बोयर जातको बोका प्रदान गरिएको हो । […]

भोलिदेखि बजेट भुक्तानी नहुने

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on भोलिदेखि बजेट भुक्तानी नहुने.

 काठमाण्डाै । भोलिदेखि बजेट भुक्तानी र निकासा नहुने भएको छ । महालेखा नियन्त्रक कार्यालयले भरे रातिदेखि चालु आर्थिक वर्षको भुक्तानी निकासा रोक्न सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाइहरुलाई निर्देशन दिएको छ । प्रदेश, जिल्ला र पालिकाहरुले प्रयोग गरिरहेको लेखा र भुक्तानी प्रणाली बन्द गर्न आर्थिक कार्यविधि तथा […]

दोहोरो अंकले घट्यो सेयर बजार

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on दोहोरो अंकले घट्यो सेयर बजार.

काठमाडौं । आज विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । कारोबार भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १६ अंकले घटेर बन्द भएको हो । यसक्रममा आज ४७ लाख ११ हजार कित्ता सेयर किनबेच भइ एक अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बजार घटेपनि आज म्यूचुअल फण्ड समूहमा […]

अर्थसचिव मरासिनी फर्किए मन्त्रालय

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on अर्थसचिव मरासिनी फर्किए मन्त्रालय.

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् । बुधबार अर्थमन्त्री जनार्दन शर्माले राजनीनामा दिएपछि उनी बिदा छोट्याएर बिहीबार मन्त्रालय हाजिर भएका हुन् । मुख्यसचिव शंकरदास वैरागीलाई जानकारी गराएर मरासिनी बिदामा बसेका थिए । बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालयभित्रै प्रवेश दिएकोबारे मन्त्री शर्माले पत्रकार सम्मेलन गर्ने जानकारी पाएपछि उनी बिदामा बसेका थिए । श्रीमती […]

आर्थिक सहायता लिँदा अनलाइन आवेदन भर्ने बेला सजग रहन वैदेशिक रोजगार बोर्डको आग्रह

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on आर्थिक सहायता लिँदा अनलाइन आवेदन भर्ने बेला सजग रहन वैदेशिक रोजगार बोर्डको आग्रह.

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डबाट पाउने क्षतिपूर्ति तथा आर्थिक सहायता लिँदा अनलाइन आवेदन भर्ने बेला सजग रहन बोर्डले आग्रह गरेको छ । अहिले बोर्डबाटको आर्थिक सहायताको लागि पालिका तहबाटै अनलाइन आवेदन दिन मिल्छ । तर आवेदन भर्ने क्रममा कागजातहरुप्रति सजग नहुँदा पैसा हिनामिनाको जोखिम हुने भन्दै बोर्डले सचेत गरेको हो । सिग्नेचरसहितको चेक, एटिएम तथा […]

गुन्द्रुक-सिन्की उत्पादकलाई रोङ गाउँपालिकाले प्रतिकेजी ८० रुपैयाँ अनुदान दिने

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी, स्थानीय तह by . Leave a Comment on गुन्द्रुक-सिन्की उत्पादकलाई रोङ गाउँपालिकाले प्रतिकेजी ८० रुपैयाँ अनुदान दिने.

बिर्तामोड । इलामको रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले आगामी आर्थिक वर्षमा गुन्द्रुक र सिन्कीको ब्रान्डिङ्ग गर्न यसका उत्पादक किसानलाई प्रतिकेजी ८० रुपैयाँ अनुदान दिनेगरी गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएको बताएका छन् । बुधबार बिर्तामोडमा आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २१औं वार्षिकोत्सव समारोहमा मन्तब्य राख्दै उनले सो कुरा जानकारी गराएका हुन् । गाउँपालिकाले […]

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २१औं वार्षिकोत्सव बिर्तामोडमा 

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २१औं वार्षिकोत्सव बिर्तामोडमा .

झापा । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २१औं वार्षिकोत्सव इलाका स्तरीय कार्यक्रमको आयोजना गरी बुधबार मनाइएको छ । झापा, इलाम र पाँचथरका ६१ वटा साना किसान कृषि सहकारीका प्रतिनिधिहरुको सहभागितामा झापाको बिर्तामोडमा वार्षिकोत्सव सम्पन्न भएको हो । संस्थाका इलाका प्रवन्धक सुभाष गौतमको अध्यक्षतामा आयोजित समारोहमा उनले साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको […]

महँगी बढेको भन्दै निर्वाचन आयोगले माग्यो १० अर्ब खर्च

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on महँगी बढेको भन्दै निर्वाचन आयोगले माग्यो १० अर्ब खर्च.

काठमाडौं । निर्वाचन आयोगले सरकारसँग १० अर्ब खर्चको व्यवस्था गर्न माग गरेको छ । आयोगले सरकार समक्ष आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सो खर्च प्रस्ताव गरेको हो । बुधबार आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहितका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न मन्त्रीहरूबीच भएको छलफलमा आयोगले निर्वाचनको मितिका साथै सो रकमको प्रस्ताव गरेको हो । गत […]

अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो

Published: in अर्थतन्त्र by . Leave a Comment on अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो.

काठमाण्डौ । अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १ सय २७ रुपैयाँ ३० पैसा तोकेको छ । यो अहिले सम्मकै उच्च हो । अस्ति एक अमेरिकी डलरको विनिमय दर १ सय २६ रुपैयाँ ७८ पैसा थियो । गएको हप्तादेखि हरेक दिनजसो अमेरिकी डलरको भाउ उकालो लागिरहेको […]