Sajhamanch Archive

जग्गा धितो राखेर बैंकबाट लिने ऋण बन्द

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on जग्गा धितो राखेर बैंकबाट लिने ऋण बन्द.

काठमाडौं । जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण बन्द भएको छ । सोमबारदेखि जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण लिने व्यवस्था बन्द भएको हो । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि जग्गा धितोमा ऋण लिन पाउने व्यवस्था बन्द भएको हो […]

आजदेखि नानो युरिया मल बजारमा, एक लिटरले एक बिगाहालाई पुग्ने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on आजदेखि नानो युरिया मल बजारमा, एक लिटरले एक बिगाहालाई पुग्ने.

काठमाडौं । रासायनिक मलको अभाव भइरहेको अवस्थामा सरकारले विकल्पका रुपमा झोल मल बजारमा ल्याएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले आजदेखि बजारमा नानो युरिया मल (झोल) बजारमा उपलब्ध गराएको जानकारी गराए । प्रतिनिधिसभा बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले नानो युरिया मल सोमबार नै विराटनगरमा उद्घाटन गरिएको […]

साल्ट ट्रेडिङ भन्छः डीएपी आइसक्यो , युरिया मल असारको पहिलो सातादेखि

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on साल्ट ट्रेडिङ भन्छः डीएपी आइसक्यो , युरिया मल असारको पहिलो सातादेखि.

झापा । साल्ट ट्रेडिङ कर्पोरेसनले १७ हजार मेट्रिक टन डीएपी मल स्वदेश भित्रिएको दाबी गरेको छ । यस्तै २२ हजार मेट्रिक टन युरिया मल असारको पहिलो सातादेखि आउने कर्पोरेसनले जनाएको छ । कर्पोरेशनले २० हजार मेट्रिक टन डीएपी र २२ हजार मेट्रिक टन मलसहित एक लाख मेट्रिक टन ल्याउन सरकारबाट स्वीकृति पाएको थियो। बाँकी तीन […]

वार्षिक चार लाख युवालाई रोजगारी दिने लक्ष्य

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on वार्षिक चार लाख युवालाई रोजगारी दिने लक्ष्य.

झापा । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी पाँच वर्षभित्र वार्षिक चार लाख युवालाई रोजगारी दिने लक्ष्यसहित पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ । आव २०८३–२०८४ सम्ममा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने गरी रणनीतिक योजना तयार गरेको हो । मन्त्रालयका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत औसत एक लाख युवाले एक […]

सिद्धिखोलाको साधारणसभा शनिबार सम्पन्न

Published: in अर्थतन्त्र, समाज, स्थानीय तह by . Leave a Comment on सिद्धिखोलाको साधारणसभा शनिबार सम्पन्न.

मेचीनगर । सिद्धी खोला सिंचाई जल उपभोक्ता संस्थाको ५औं वार्षिक साधारणसभा शनिबार सम्पन्न गरिएको छ । मेचीनगर २ बौद्धमोडस्थित मेची जनसाधारण माविको सभाहलमा आयोजित सभाको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाथोकीले कृषि क्षेत्रमा विकास गर्नसके मात्रै देशमा आर्थिक समृद्धि सम्भव रहेको बताए । साथै उनले कृषिमा सफलता […]

नेपालमा छैन मल, भारतबाट लुकाई छिपाइ मल भित्राउँदै झापाका किसान

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on नेपालमा छैन मल, भारतबाट लुकाई छिपाइ मल भित्राउँदै झापाका किसान.

झापा । नेपाली बजारमा मल नपाए पछि झापाको सीमावर्ती नाकाबाट किसानले भारतबाट लुकाइ छिपाइ अवैध रूपमा महँगो मुल्य तिरेर मल किन्नु पर्ने बाध्यता छ । हरेक वर्ष खेतीको सिजनमा मलको अभाव झेल्दै आएका किसानले यस वर्ष लामो समय देखि मलको अभाव झेल्नु परेको छ । पूर्वी नेपालको बजारहरूमा मल अभाव भए पछि दक्षिण झापाको सीमावर्ती […]

पाँच महिनामा पाँच लाखभन्दा बढीले छोडे देश

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज by . Leave a Comment on पाँच महिनामा पाँच लाखभन्दा बढीले छोडे देश.

काठमाडौं । पछिल्लो पाँच महिनामा ५ लाखभन्दा बढी नेपालीले देश छोडेका छन् । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा उनीहरु विभिन्न उदेश्यले विदेश गएका हुन् । यो संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेको मात्र भएको विभागले जनाएको छ । विभागका अनुसार पछिल्लो पाँच महिनामा ५ लाख ६ हजार ४३० नेपाली […]

जन्ममिति बढाएर वृद्धभत्ता लिने १४ लाई कारवाही गरिने

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on जन्ममिति बढाएर वृद्धभत्ता लिने १४ लाई कारवाही गरिने.

बैतडी । बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ । आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन् । उनीहरुलाई कारबाही र जरिवाना हुने भएको छ । सामाजिक सुरक्षा भत्ता लिएको जनाउँदै जिल्ला प्रशासन कार्यालयमा आएको उजुरीको आधारमा यस्तो खुल्न आएको हो । यसका साथै वडास्तरमा राष्ट्रिय […]

सुनको मूल्य एकै दिन १५ सयले बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on सुनको मूल्य एकै दिन १५ सयले बढ्यो.

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आइतबारको बजारमा खरिद बिक्रीका लागि छापावल सुनको मूल्य ९९ हजार २ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको ९८ हजार ७ सय […]

मध्यमर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी र न्यादीमा विद्युत् उत्पादन बन्द

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on मध्यमर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी र न्यादीमा विद्युत् उत्पादन बन्द.

काठमाण्डौ । लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादी जलविद्युत् गृहमा विद्युत् उत्पादन बन्द भएको छ । ती विद्युत् गृहमा आज बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत् उत्पादन बन्द भएको हो । गएको वर्ष असार १९ गते आएको पहिरोले ढालेको मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १ सय ३२ केभी डबल सर्किट प्रसारण […]