झापा । कडा अभ्यास र कसरत एवम् लामो समयको अन्तरालपछि नेपालकै अग्रणी सहकारी सहारा नेपाल साकोसले आफ्नो नेतृत्व सर्वसम्मत चयन गरेको छ । करिब एक वर्षदेखि पूर्ण कार्यकारी अधिकार बिना नै सहारा नेपाल साकोसको सञ्चालक समिति रहेको थियो । संस्थाका अधिकांश सञ्चालक तथा कर्मचारीहरुले चुनावको विधिबाट नेतृत्व चयन गर्दा संस्था सञ्चालनमा कठनिाइ हुने निश्कर्ष निकाल्दै […]
काठमाडौं । नेपाली उत्पादनहरुको बजारीकरण, व्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदानमा विशेष जोड दिंदै पाँचौं संस्करणको “नेपाल चेम्बर एक्स्पो २०२२” आयोजना गरिने भएको छ । नेपाल चेम्बर अफ कमर्शद्वारा वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवर्धन केन्द्रको सहकार्यमा आगामी असार २ देखि ६ गतेसम्म राजधानीको भृकुटीमण्डप प्रदर्शनी कक्षमा एक्स्पो आयोजना गर्न लागिएको हो । विगतका राजनीतिक […]
काठमाण्डौ । केही दिनयता लगातार ओरालो लागेको शेयर बजार आज बुधवार भने ६० अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६० दशमलव २२ अङ्कले बढेर दुई हजार ८० दशमलव ४४ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेर आज बजार हरियो देखिएको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । […]
काठमाण्डौ । शेयर बजार परिसूचक नेप्सेको ओरालो यात्रा रोकिएको छैन । नेप्से आज मङ्गलवार ४५ दशमलव ५९ अङ्कले घटेर दुई हजार २० दशमलव २३ विन्दुुमा झरेको छ । कारोबार भएका सबै समूहको शेयर ओरालो लागेकोमा बीमा, माइक्रोफाइनान्स, उत्पादन र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ । दुई सय ३४ वटा कम्पनीको ३८ लाख […]
नेपाली किसानले किन उत्पादनमा रुचि देखाएनन् ? नेपालमा नै सहजै उत्पादन गर्न सकिने कृषिजन्य वस्तुको आयातमा निरन्तर वृद्धि भएको छ । यस बारेमा अब पनि नसोच्ने हो भने हाम्रो अधोगति र यसबाट हुने दुर्घटनाको अवस्थाबाट देशलाई कसैले बचाउन सक्दैन । हाम्रो ढिकुटीमा भएको विदेशी मुद्राको संचितिमा परेको दबाव अझै बढ्दै गएमा दैनिकरुपमा चाहिने कुनै पनि […]
झापा । चालू आर्थिक वर्षको १० महिनामा श्रमस्वीकृति लिएर रोजगारीका लागि विदेश जाने श्रमिकको संख्या ५ लाख नजिक पुगेको छ। तर, चैतभन्दा वैशाखमा श्रमस्वीकृति लिने श्रमिकको संख्या भने घटेको छ। चालू आर्थिक वर्षको १० महिनामा ४ लाख ९७ हजार ७९० युवाले वैदेशिक रोजगारीमा जाने श्रमस्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यो संख्या गत […]
झापा । झापाको कनकाई नगरपालिका ३ र २ को सिमामा संचालित हेप्पी लेण्ड फनपार्कले कनकाई नगरपालिकालाई कर नतिरी करौडौ रुपैँया आम्दामी मात्रै लिएको सार्वजनिक भएको छ । फनपार्कका संचालक दिनेश शिवाकोटीले इलामको माई नगरपालिका २ मा संचालनमा ल्याएको अर्को चेप्टी फनपार्कले करोडौको सरकारी र वनको जमिन हडपेको मिडियाबाट बाहिर आएसँगै उनले आफ्नो गाउँमा बर्षौदेखि संचालनमा […]
विर्तामोड । सङ्घीय सरकारमार्फत झापाका १५ पालिकालाई रु ७ अर्ब ३१ करोड ८६ लाखको बजेट विनियोजन भएको छ । संघीय सरकारको आर्थिक वर्ष २०७९/२०८० विनियोजित बजेटबाट जिल्लाका आठ नगरपालिकालाई रु ४ अर्ब ९६ करोड ४ लाख र ७ गाउँपालिकालाई रु २ अर्ब ६२ करोड ८२ लाख रकम विनियोजन गरिएको हो । समपूरक अनुदानमा सबैभन्दा बढी रकम मेचीनगर […]
बिर्तामोड । नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ (एमआर) को मेची इकाई समितिको अध्यक्ष पदमा बिनोद राजवंशी सर्वसम्मत चयन भएका छन् । बिर्तामोडमा आज शनिबार सम्पन्न संघको आठौं इकाई अधिवेशनबाट अध्यक्षमा राजवंशी चयन भएका हुन् । समितिको वरिष्ठ उपाध्यक्षमा विजय विमली, उपाध्यक्षमा रोशनकुमार चौधरी, सचिवमा सुजन कट्टेल, सहसचिवमा सर्वेन्द्रकुमार राजवंशी र ललनकुमार झा, कोषाध्यक्षमा निकेशकुमार […]
झापा । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासमा दुई थरी मूल्य लागू गर्ने तयारी गरेको छ । सर्वसाधारण व्यक्तिलाई राहत दिन दुई थरी मूल्य निर्धारण गर्न लागिएको हो । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले घरायसी प्रयोजनका लागि हालकै मूल्य र व्यापारिक प्रयोजनका लागि परल मूल्य लागू गर्न लागिएको जानकारी दिए । आर्थिक अवस्था कमजोर […]