काठमाण्डौ । सरकारको नयाँ नियम कार्यान्वयनमा समन्वय हुन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आजका आन्तरिक उडानमा ढिलाइ भएको छ । सरकारले उडान सुरक्षालाई ध्यानमा राखेर गरेको निर्णय कार्यान्वयनमा समन्वय हुन नसक्दा बिहान दुई घण्टा उडान ढिलो भएको हो । आज बिहानको मौसम सफा भए पनि ६ बजे लुक्लाका लागि उड्न लागेको जहाजलाई अनुमति नदिँदा २ घण्टा […]
बाह्रदशी । झापाको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज बाह्रदशी गाउँपालिका वडा नं. १ र २ का तीनवटा विद्यालयमा अध्ययनरत विपन्न परिवारका ११५ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । बाह्रदशी १ को अमृत माविमा आयोजित विशेष कार्यक्रममार्फत सो विद्यालयका ५९ जना, साधुपति आधारभूत विद्यालयका ३० जना र भगवती आधारभूत विद्यालयका २६ जना […]
झापा । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार करबापतको मूल्य समायोजन गर्ने भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार करबापतको रकम मूल्य समायोजन गर्ने तयारी भएको बताए । मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिइसकेकाले जतिसक्दो छिटो कार्यान्वयन गरिने मन्त्री शर्माले बताए । उनले भने, “पूर्वाधार कर बराबरको मूल्य समायोजन गर्ने अन्तिम […]
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य सङ्घले बिर्तामोड कार्यक्षेत्र बनाएका झापाका दुईजना पत्रकारलाई नगद पुरस्कारसहित आज सम्मान गरेको छ । संघको पाँचौं वार्षिक साधारणसभा उद्घाटन समारोहमा पत्रकारहरु केशव भट्टराई र बिनोद पाण्डे सम्मानित भएका हुन् । सम्मानित हुने पत्रकारहरु मध्ये भट्टराई कञ्चनजङ्घा एफएमका समाचार प्रमुख हुन् भने पाण्डे आमसञ्चार डटकमका समाचार प्रमुख तथा सञ्चालक हुन् । […]
काठमाडौं । बजेटको भोलिपल्ट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । आज एकै दिन ४५ अंकले घटेर नेप्से परिसूचक २१ सय ७८ अंकमा आइपुगेको हो । आज १ अर्ब ३३ करोड ८८ लाख रुपैयाँ बराबरका ३४ लाख ५६ हजार कित्ता सेयर किनबेच भएको छ । आज जीवन बीमा समूहमा सबैभन्दा धेरै ३०६ अंकको […]
काठमाडौं । सरकारले विदेश पढ्न जानेसँग २ प्रतिशत शैक्षिक कर असुल्ने भएको छ । आर्थिक वर्ष २०७९/२०८० को बजेट सार्वजनिक गरेको सरकारले करको दायरा विस्तार गर्दै विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरु २ प्रतिशत शैक्षिक शुल्क असुल्ने भएको हो । यस्तो शुल्क विदेश पढ्न जाने विद्यार्थीले विदेशी मुद्राको सटही सुविधा दिँदा बैंक तथा वित्तीय संस्थाले २ […]
बिर्तामोड । सरकारले आर्थिक वर्ष २०७९/२०८० का लागि घोषणा गरेको बजेटमा झापासँग जोडिएका विभिन्न योजना परेका छन् । सरकारले घोषणा गरेको बजेट वक्तव्यमा भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पदार्थ आपूर्तिका लागि पाइपलाइन निर्माण गर्ने, बिर्तामोड–जलेश्वर–जनकपुर रेल यातायातको सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ । त्यस्तै, झापाको जोखिमयुक्त नदी कन्काई, कमल, रतुवा, मावा नदी नियन्त्रण, बाँध निर्माणको […]
झापा । प्रदेश १ को प्रदेशसभा बैठकको दशौं अधिवेशन (बजेट अधिवेशन) आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको आजको बैठकमा बजेट अधिवेशनसम्बन्धी प्रदेश प्रमुखको पत्र पढेर सुनाएपछि संसदीय दलका नेताहरुले आफ्ना कुरा राख्नेछन् । आजै बस्ने प्रदेशसभाको दोस्रो सेसनमा बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्रीले संसदमा प्रस्तुत गर्ने कार्यक्रम छ । ‘आजकै संसद […]
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/२०८० को बजेट आज दिउँसो ४ बजे प्रस्तुत गर्दैछ । संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/२०८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नेछन् । बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ३५ मिनेटभित्रै संसद् भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ गरेका छन् । […]
झापा । साउदी सरकारले रोजगारदातालाई कडाइ गर्न नयाँ नियम ल्याएको छ। साउदीको सार्वजनिक सुरक्षा (पब्लिक सेक्युरिटी) ले आफ्ना श्रमिकलाई अरूको लागि काम गर्न पठाएमा कडा कारबाही गरिने चेतावनी दिएको हो । यस्तै श्रमिकको व्यक्तिगत फाइदाको लागि अन्यत्र काम गर्न अनुमति दिए पनि रोजगारदाता कारबाहीको भागिदार हुनुपर्नेछ। पब्लिक सेक्युरिटीले यसो गरेको पाइएमा प्रत्येक रोजगारदातालाई १ लाख […]