काठमाडौं । साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । परिसूचक १२.२७ अर्थात ०.५४ प्रतिशतले बढेर २२ सय ६८.८४ अंकमा पुगेको छ । सोमबारको कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहमा हरियाली छाउँदा ४ उपसमूह भने राताम्मे रहृयो । बजारमा कुल कारोबार रकम एक अर्ब ३९ करोडमै सीमित भए पनि अधिकांश कम्पनीको […]
झापा । कोरोना सहज भएसँगै नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो नौ महिनामा ७७१ जना विदेशीले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् । आव २०७७–७८ को सोही अवधिमा ६७६ जनाले श्रम स्वीकृति लिएका थिए । सो विभागका अनुसार यो अवधिमा श्रम […]
झापा । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले बैंकमार्फत मात्र खर्च गरेको वा नगरेको अनुगमन गर्न थालेको छ। आयोगको निर्देशनअनुसार ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयले अनुगमन थालेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। आयोगले निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ […]
काठमाडौं । अमेरिकाले नेपाललाई एमसीसीभन्दा पनि ठूलो आर्थिक सहयोग दिने भएको छ । बिहीबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा अमेरिकी अन्तर्राष्ट्रिय आर्थिक सहयोग नियोग (यूएसएआईडी) का प्रतिनिधिले नेपाललाई ६५९ मिलियन डलर अर्थात् ७९ अर्ब ७१ करोड रुपैयाँ आर्थिक सहयोग अनुदान स्वरुप उपलब्ध गराउने घोषणा गरेका हुन् । अनुदान सहयोगसम्बन्धी सम्झौता पत्रमा युएसएआआइडीका निर्देशक सेपिदेह केवंशद र […]
काठमाडौँ । साताको तेस्रो दिन आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज एक हजारले घटेर ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाण्डौ । हप्ताको पहिलो कारोबार दिन आज सोमवार शेयर बजार परिसूचक नेप्से झन्डै ४९ अङ्कले घटेको छ । आज नेप्से ४८ दशमलव ७३ अङ्कले घटेर दुई हजार तीन सय सात दशमलव ४४ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेको छ । बीमा, विकास बैंक, उत्पादन र होटल समूहको शेयर उच्च अङ्कले घटेको […]
काठमाण्डौ । सुनको भाउ आज तोलामा ८०० रुपैयाँले घटेको छ । हिजो तोलाको ९९ सय हजार रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार २०० रुपैयाँमा झरेको छ । सुनको भाउ हिजो तोलामा २०० रुपैयाँले घटेर ९९ सय हजार रुपैयाँ कायम भएको थियो । हिजो कायम भएको भाउमा आज फेरि आठ सय रुपैयाँले घटेको हो । […]
काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी माथिको कारवाही यथास्थितिमा राख्नु भन्ने आदेशलाई निरन्तरता दिएको छ । यो आदेशसँगै गभर्नर अधिकारीले निरन्तर काम गर्न पाउने भएका छन् । शुक्रबार न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । यसअघि न्यायाधीश हरि फुयालको इजलासले गभर्नरमाथि जाँचबुझ […]
काठमाडौं । अब शुक्रबार पनि सेयर बजार खुला गर्ने तयारी सुरु भएको छ । अहिले आइतबारदेखि बिहीबारसम्म सेयर बजार खुला हुने गरेको थियो । शुक्रबार र शनिबार भने सेयर बजार बन्द हुने गरेको थियो । सरकारले आगामी १ जेठदेखि लागू हुने गरी शनिबार र आइतबार सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि नेपाल स्टक एक्सचेन्जले […]
काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ९७ अङ्कले घटेर दुई हजार तीन सय ५६ दशमलव २० बिन्दुमा झरेको छ । सबै समूहको शेयर आज ओरालो लागेको छ । नेप्से घटे पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । दुई […]