झापा । हप्ताको पहिलो दिन आज फेरि सुनको भाउ बढेर एक लाख रुपैयाँ नाघेको छ । अस्ति तोलामा ९९ सय हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर एक लाख तीन सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। सुनसँगै आज चाँदीको भाउ पनि बढेको छ । […]
सर्लाही । सूर्याेदय टि भी एण्ड मिडिया प्रालि झापाद्वारा सञ्चालित सूर्योदय टेलिभिजनले आज शुक्रबारबाट मधेश प्रदेशको सर्लाही जिल्ला अन्तर्गत हरिवन नगरपालिका ११ मा आफ्नो मधेश प्रदेश प्रादेशिक कार्यालय उद्घाटन गरेको छ । उक्त टेलिभिजनबाट ‘मेरो टेलिभिजन, हाम्रो टेलिभजिन, सूर्याेदय टेलिभिजन’ भन्ने मुल श्लोगानसहित ६ वर्षदेखिले समाचार, सूचना तथा मनोरञ्जनात्मक विभिन्न कार्यक्रमहरु प्रशारण गरिदै आएको छ […]
काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको अर्थ मन्त्रालय स्रोतले बताएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमै गभर्नर अधिकारीबारे प्रश्न उठेको थियो । विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशन सम्बन्धी सूचना चुहाएको लगायतका गम्भीर आरोप लागेकाले गभर्नरबारे अध्ययन गर्न मन्त्रीहरुको अनौपचारिक […]
काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले नागरिकका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा दुई करोड ३६ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको दुई लाख ३६ हजार २५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गरेको हो । कम्पनीले निष्कासन गरेको साधारण शेयरमा जारी पुँजीको […]
झापा । वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ। आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिए। कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ। संस्थागत श्रम स्वीकृतिका लागि […]
काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७९/८० को लागि करिब साढे १७ खर्ब बजेट सिलिङ दिएको छ। संविधानतः हरेक आर्थिक वर्षको जेठ १५ गते संघीय संसदमा बजेट पेश गर्नुपर्ने हुन्छ। जसले गर्दा हाल बजेट तयारीमा सरोकारावाला निकायहरू लागेका छन्। सोहि क्रममा आयोगले आगामी आर्थिक वर्षको १७ खर्ब ४५ अर्बको बजेट सिलिङ दिएको हो। […]
मेचीनगर । सहारा नेपाल साकोस काँकरभिट्टा शाखाले मेचीनगर ४ आमडाँगीमा बाख्रापालक उद्यमी किसान र बंगुरपालक उद्यमी किसानलाई दुई दिने व्यवसायिक तालिम दिएको छ । चैत १७ गते बाख्रापालक उद्यमी किसानलाई बाख्रापालन सम्बन्धी तालिम दिइएको थियो भने चैत १८ गते बंगुरपालक किसानलाई सहजीकरण गरिएको सहारा नेपाल साकोस एग्रीविजनेश युनिटका प्रमुख डा. कमलेश्वर भाटले जनाए । पहिलो […]
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्र श्रीलङ्काको बाटोमा पुग्ने अवस्था नभएको बताउनुभएको छ । आज बुधवार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा भए पनि श्रीलङ्काको बाटोमा भने नपुग्ने बताउनुभएको हो । उपाध्यक्ष ढकालले अहिले देशको अर्थतन्त्र चुनौतीपूर्ण रहेकाले यो चुनौती सामना […]
काठमाण्डौ । भारतले नेपालका चार वटा आयोजनाबाट उत्पादित थप तीन सय २५ मेगावाट बिजुली किन्न सहमति जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आज बुधवार पत्रकार सम्मेलन गरेर भारतले विद्युत् प्राधिकरणका तीन वटा सहायक कम्पनी र एउटा निजी कम्पनीले उत्पादन गरिरहेको थप तीन सय २५ मेगावाट बिजुली भारतको प्रतिस्पर्धी बजारमा बेच्न नेपाललाई […]
झापा । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । आज देखि निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो । योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलसँगै खाना […]