झापा । यो हप्ता लगातार तीन दिन घटेको शेयर बजार हप्ताको चौथो दिन आज बुधवार भने ४० अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४० दशमलव ६८ अङ्कले बढेर दुई हजार पाँच सय ६८ दशमलव २५ बिन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, उत्पादन, अन्य, बीमा र होटल […]
झापा । सुनको भाउ आज १३ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९९ हजार २ सय रुपैयाँमा झरेको छ । हिजो सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँ थियो भने अस्ति तोलामा एक लाख ९ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ […]
झापा । उच्च शिक्षालय तथा माद्यमिक विद्यालय संघ झापा (हिसान–झापा) को अध्यक्षमा सुरेशबहादुर पौडेल पुनः चयन भएका छन् । आज सोमबार बिर्तामोडमा भएको हिसान–झापाको पाँचौ जिल्ला अधिवेशनबाट गौरादहका अध्यक्षमा पुनः पौडेल नै चुनिएका हुन् । अध्यक्ष पदमा रहेर काम गर्न इच्छुक देखिएका डा. रुपक खनाललाई माथिल्लो तहमा जिम्मेवारी दिने विश्वास दिलाउँदै पौडेलले पुनः अध्यक्षको भूमिका […]
झापा । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । हिजो आइतवार ४१ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज सोमवार २९ दशमलव ९८ अङ्कले घटेर दुई हजार पाँच सय ४२ दशमलव २८ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेको दिन विकास बैंक, व्यापार, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको […]
झापा । सुनको भाउ आज चार सय रुपैयाँले घटेको छ। आज सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै, आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ तोकिएको छ।
कनकाई । झापाको ठेगानामा दर्ता भई सञ्चालित यातायात प्रालिका अध्यक्षहरुको आज कनकाईको सुरुङ्गामा भएको भेलाले झापा संयुक्त यातायात व्यवस्थापन समिति गठन गरेको छ । मेची यातायात एण्ड अटो प्रालिको प्र्रधान कार्यालय सुरुङ्गामा बसेको भेलाबाट पूर्वी बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठको संयोजकत्वमा संयुक्त यातायात व्यवस्थापन समिति गठन गरेको हो । समितिको सह–संयोजकमा मेची यातायात एण्ड […]
झापा । शेयर बजार आज बिहीवार पनि घटेको छ । हिजो बुधवार २० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ६९ अङ्कले घटेर दुई हजार ६ सय १३ दशमलव ६७ विन्दुमा झरेको छ । आज बीमाबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ […]
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले आज बिहीवार रातिदेखि भारतबाट ३८ रुपैयाँ प्रतियुनिटको दरले बिजुली किन्ने भएको छ । भारतबाट बिजुली नआउँदा नेपालका उद्योगमा समस्या परेको भन्दै प्राधिकरणले महँगो भए पनि भारतबाट बिजुली किन्ने भएको हो । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले आज रातिदेखि २० भारुमा बिजुली किनेर भए पनि समस्या समाधान गर्ने बताउनुभयो । आज राति […]
झापा । सुनको भाउ फेरि बढ्न थालेको छ । आज तोलामा ११ सय रुपैयाँले बढेर सुन एक लाख तीन सय रुपैयाँमा पुगेको छ। हिजो तोलामा सुनको भाउ ९९ हजार २ सय रुपैयाँ थियो । सुनको भाउ हिजो ११ सय रुपैयाँले घटेको थियो । यस्तै, चाँदीको भाउ पनि आज बढेको छ । तोलामा ५ रुपैयाँले बढेर […]
बिर्तामोड । विगत वर्षहरुमा झैं यस वर्ष पनि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले नेपालका प्रमुख शहरहरुमा ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर २०२२’ आयोजना गरेको छ । वैदेशिक अध्ययनका लागि इच्छुक नेपाली विद्यार्थी र अष्ट्रेलिया, क्यानडा, युके र अमेरिकाका विभिन्न विश्व विद्यालय तथा कलेजका प्रतिनिधिहरुले एक अर्कासँग प्रत्यक्ष रुपमा संवाद गर्न पाउने व्यवस्थाका लागि एजुकेशन फेयर गर्न […]