Sajhamanch Archive

नेपाल टेलिकमले ल्यायो होली विशेष अफर

Published: in अर्थतन्त्र, विविधा, by . Leave a Comment on नेपाल टेलिकमले ल्यायो होली विशेष अफर.

काठमाडौं– नेपाल टेलिकमले फागु पर्व (होली) विशेष अफर ल्याएको छ। पर्वको अवसरमा टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ। अफर चैत ३ गतेदेखि १७ गतेसम्म उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। अफरअन्तर्गत ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टाका लागि अपलध हुनेछ। त्यस्तै, ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनका लागि र २९४ […]

अर्थले स्वीकृत गर्‍यो साढे १४ अर्ब बजेट स्थानीय तह निर्वाचनका लागि

Published: in अर्थतन्त्र, by . Leave a Comment on अर्थले स्वीकृत गर्‍यो साढे १४ अर्ब बजेट स्थानीय तह निर्वाचनका लागि.

काठमाडौं– सरकारले स्थानीय तहको निर्वाचनका लागि १४ अर्ब ४५ करोड रुपैयाँ बजेट निकासा गर्न स्वीकृति दिएको छ। उक्त चुनावका लागि निर्वाचन आयोगले १६ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको थियो। निर्वाचन आयोगको माग अनुसार अर्थले १४ अर्ब ४५ करोड रुपैयाँ बजेट निकासा गर्न स्वीकृति दिएको मन्त्रालयका प्रवक्ता ढुुन्डीप्रसाद निरौलाले जानकारी दिए। मन्त्रालयले आयोगका लागि ८ […]

कच्चा तेलको मूल्यमा भारी गिरावट, एक सातामै ३०%ले घट्यो

Published: in अर्थतन्त्र, विश्व समाचार, by . Leave a Comment on कच्चा तेलको मूल्यमा भारी गिरावट, एक सातामै ३०%ले घट्यो.

एजेन्सी, विश्व बजारमा कच्चा तेलको मूल्यमा बितेको एक साताको अवधिमा भारी गिरावट आएको छ। रुसले युक्रेनमा आक्रमण सुरु गरेयता विश्व बजारमा तेलको मूल्य नाटकीय रुपमा वृद्धि भएको थियो। एक साताको अवधिमा ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल १३९ डलरभन्दा बढी पुगेको थियो। व्यापारीहरुले रुसी तेललाई प्रतिबन्ध लगाएका कारण तेलको मूल्य प्रतिब्यारेल १८५ हुँदै २०० डलरसम्म पुग्न […]

एनसेलले ल्यायो मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै नयाँ गज्जबको दैनिक प्याकहरु

Published: in अर्थतन्त्र, टिप्स/जानकारी, विविधा, by . Leave a Comment on एनसेलले ल्यायो मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै नयाँ गज्जबको दैनिक प्याकहरु.

काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले फागु पूर्णिमाका अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ। यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याकअन्तर्गत सञ्चालनमा रहेका प्याकहरुमा पनि भोल्युम बढाएको छ। ग्राहकले अब कर सहित मात्र रु १२९ मा ७ जीबी अल टाइम डेटा प्याकको फाइदा लिँदै प्रतिदिन ७ […]

आज पनि ओरालो लागो सेयरबजार, नेप्से १९.६५ अंकले घट्यो, इमर्जिङ नेपालका लगानीकर्ताले कमाए

Published: in अर्थतन्त्र, by . Leave a Comment on आज पनि ओरालो लागो सेयरबजार, नेप्से १९.६५ अंकले घट्यो, इमर्जिङ नेपालका लगानीकर्ताले कमाए.

काठमाडौ, सेयरबजारमा आज पनि दोहोरो अंकको गिरावट आएको छ। बजार परिसूचक नेप्से १९.६५ अंकले र सेन्सिटिभ सूचक ५.२२ अंकले घटेको हो। बुधबार सेयरबजारमा २ सय ३१ कम्पनीका सेयर कारोबारमा सामेल भएकामा २ अर्ब ५७ करोडको किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। दिनभरिमा ३७ हजार ३२ पटक किनबेच हुँदा ४९ लाख ६७ हजार कित्ता सेयर […]

नियम विपरीत काम गरेको भन्दै राष्ट्र बैंकले गर्‍यो १४ बैंकलाई कारबाही

Published: in अर्थतन्त्र, by . Leave a Comment on नियम विपरीत काम गरेको भन्दै राष्ट्र बैंकले गर्‍यो १४ बैंकलाई कारबाही.

काठमाडौं– नियम विपरीत काम गरेको भन्दै नेपाल राष्ट्र बैंकले १४ वाणिज्य बैंकलाई कारबाही गरेको छ। राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले पुस मसान्तसम्ममा १४ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ। कारबाहीमा पर्नेमा नेपाल बैंक, बाणिज्य बैंक, प्रभु बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई र नेपाल बंगलादेश बैंक रहेका छन्। यसैगरी, एनसीसी बैंक, सिटिजन्स बैंक, सनराइज […]

एक लाख भन्दा कम भयो सुनको मूल्य

Published: in अर्थतन्त्र, by . Leave a Comment on एक लाख भन्दा कम भयो सुनको मूल्य.

काठमाडौं, सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार ३०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु एक लाख ५०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार २०० ले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ८०० तोकिएको छ। जसको मूल्य […]

तरलता व्यवस्थापनमा आन्तरिक ऋणको चाप, सरकारले बैंकिङ प्रणालीबाट ५ अर्ब खिच्दा फेरि तरलता दबाब

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on तरलता व्यवस्थापनमा आन्तरिक ऋणको चाप, सरकारले बैंकिङ प्रणालीबाट ५ अर्ब खिच्दा फेरि तरलता दबाब.

काठमाडौ, सुधार हुनलागेको तरलता व्यवस्थापनमा आन्तरिक ऋणको चाप पर्ने देखिएको छ। पछिल्लो समय सुधार हुँदै गइरहेको निक्षेपमा सरकारले बैंकिङ प्रणालीबाट ५ अर्ब खिच्दै गर्दा पुनः दबाब सिर्जना हुने देखिएको हो। नेपाल बैंकर्स संघका अनुसार पछिल्लो समय निक्षेप संकलनमा सुधार आइरहेको छ। संघका अनुसार माघ अन्तिममा वाणिज्य बैंकहरुमा ४३ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप मौज्दात रहँदा […]

भैरहवामा उडानका लागि पाँच वायुसेवा कम्पनीले देखाए इच्छा

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on भैरहवामा उडानका लागि पाँच वायुसेवा कम्पनीले देखाए इच्छा.

भैरहवा-  हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँच वटा कम्पनी सम्पर्कमा आएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलबाट चाँडोभन्दा चाँडो उडान तथा अवतरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएसँगै त्यहाँबाट आउँदो जेठ २ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान–अवतरणको तयारी भएको बताइएको […]

संरक्षित पूँजी फिर्ता अन्तरगत कर्णाली साकोसले सदस्यलाई दियो एक करोड ४० लाख रुपैयाँ

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on संरक्षित पूँजी फिर्ता अन्तरगत कर्णाली साकोसले सदस्यलाई दियो एक करोड ४० लाख रुपैयाँ.

झापा । सहकारी संस्थामा वित्तीय कारोबार गरेको आधारमा शेयर सदस्यहरुले पाउने संरक्षित पूँजी फिर्ता अन्तरगत कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस)ले आर्थिक वर्ष २०७७/०७८ मा एक करोड ४० लाख नौ रुपैयाँ फिर्ता गरेको छ । शेयर सदस्यहरुले बचत तथा कर्जा कारोबारमा पुर्याएको योगदानका आधारमा संरक्षित पूँजी फिर्ता गर्ने विषय सहकारी ऐन २०७४ ले अगाडि […]