Sajhamanch Archive

साताको पहिलो कारोबार दिन ७.७३ अंकले घट्यो नेप्से, कारोबार तीन अर्बको

Published: in अर्थतन्त्र, by . Leave a Comment on साताको पहिलो कारोबार दिन ७.७३ अंकले घट्यो नेप्से, कारोबार तीन अर्बको.

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ। आज सेयर बजार मापक परिसूचक ७.७३ अंकले घटेको छ। गत साता समग्र नेप्से सूचक २.५० प्रतिशतले घटेको थियो। आज नेप्से ७.७३ अंकले घटेर २६५३.७० बिन्दूमा झरेको छ। यसैगरी आज तीन अर्ब २७ करोड ३० लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज कारोबारमा आएका […]

सुनको भाउ एकैदिन रु. १४०० ले घट्यो, चाँदीमा पनि गिरावट

Published: in अर्थतन्त्र, by . Leave a Comment on सुनको भाउ एकैदिन रु. १४०० ले घट्यो, चाँदीमा पनि गिरावट.

काठमाण्डौ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९६ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार १०० रुपैयाँ कायम भएको छ। गतशुक्रबार सुनको भाउ तोलामै १ हजार रुपैयाँले घटेको थियो। […]

रुसलाई स्विफ्ट बैंकिङ प्रणालीबाट अलग गरिने, अन्तर्राष्ट्रिय आर्थिक कारोबार गर्न नपाउने

Published: in अर्थतन्त्र, विश्व समाचार, by . Leave a Comment on रुसलाई स्विफ्ट बैंकिङ प्रणालीबाट अलग गरिने, अन्तर्राष्ट्रिय आर्थिक कारोबार गर्न नपाउने.

एजेन्सी, रुसी बैंकहरुलाई स्विफ्ट नामक अन्तरबैंकिङ कारोबार प्रणालीबाट अलग गरिने भएको छ। अमेरिका, क्यानडा र बेलायतसमेत आबद्ध पश्चिमा देशहरुको गठबन्धनले रुसी बैंकहरुलाई स्विफ्टबाट अलग गर्ने निर्णय गरेको हो। रुसविरुद्ध कडा कदमहरु चालिएको घोषणा गर्दै युरोपेली आयोगकी प्रमुखले उक्त कदमको उद्देश्य राष्ट्रपति पुटिनको युद्धमा लगानी गर्ने क्षमतामाथि प्रहार गर्नु रहेको बताएकी छन्। उनले रुसी बैंकहरुलाई स्विफ्टबाट […]

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Published: (Updated: ) in अर्थतन्त्र, by . Leave a Comment on नेष्डो समृद्ध लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन.

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज फागुन १५ गते अन्तिम रहेको छ। संस्थाले गत फागुन ११ गतेबाट ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। संस्थाले १०० अंकित दरका कुल […]

रोयल इन्फिल्डले सस्तो बाइक लन्च गर्ने

Published: (Updated: ) in अर्थतन्त्र, by . Leave a Comment on रोयल इन्फिल्डले सस्तो बाइक लन्च गर्ने.

काठमाडौ, रोयल इन्फिल्डले मार्चको पहिलो हप्तामा आफ्नो आगामी स्क्राम ४११ बाइक लन्च गर्ने तयारी गरेको छ । यद्यपि कम्पनीले यसको औपचारिक घोषणा भने गरेको छैन । रोयल इन्फिल्ड स्क्राम ४११ को मूल्य लगभग १ लाख ७५ हजार भारु अनुमान गरिएको छ । लन्चिङ पछि सो बाइकले भारतमा होन्डा सीबी३५०आरएस, हस्कभर्ना स्टार्भपिलेन २५० र यज्दी स्क्राम्बलरसँग […]

युवालाई एसी तथा फ्रिज मेकानिक तालिम

Published: in अर्थतन्त्र, शिक्षा by . Leave a Comment on युवालाई एसी तथा फ्रिज मेकानिक तालिम.

बिर्तामोड । मनमोहन स्मृति पोलिटेक्निक बुढीगंगा ४ मोरङको आयोजना तथा पूर्वाञ्चल एकता बहुउद्धेश्यीय सेवा प्रालि बिर्तामोडको संयोजनमा एसी तथा फ्रिज मेकानिक सम्बन्धी ९६ घण्टाको तालिम बिहीबारदेखि बिर्तामोडमा जारी छ । एसी तथा फ्रिज मेकानिक पेशामा आवद्ध मेकानिक्सहरुको सिप अभिवृद्धिका लागि उक्त तालिम प्रदान गरिएको हो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीइभिटी) र दिगो […]

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

Published: in अर्थतन्त्र, by . Leave a Comment on नेष्डो समृद्ध लघुवित्तको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?.

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासनको तेस्रो दिन शुक्रबार दिउँसोसम्म २७।६७ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। संस्थाले गत फागुन ११ गतेबाट ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको छ। संस्थाले कुल कित्तामध्ये ०.५ […]

खोप किन्‍न विश्व बैंकसँग दुई अर्ब १४ करोड ऋण लिँदै सरकार

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on खोप किन्‍न विश्व बैंकसँग दुई अर्ब १४ करोड ऋण लिँदै सरकार.

काठमाडौं- नेपाल सरकारले विश्व बैंकसँग दुई अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ। शु्क्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद-जर्भोसले सम्झौतामा हस्ताक्षर गरेका छन्। उक्त ऋण कोभिड-१९ विरुद्धको खोप खरिदका लागि उपयोग गरिने अर्थ मन्त्रालयले जनाएको छ। ‘कोभिड-१९ महामारीले सिर्जना गरेको निरन्तर बदलिँदो परिस्थितिमा समेत […]

अतिक्रमण बढ्न थालेपछि चिया बगानमा प्रहरी परिचालन

Published: in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on अतिक्रमण बढ्न थालेपछि चिया बगानमा प्रहरी परिचालन.

इलाम, इलामको कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ । चारै दिशाबाट अतिक्रमण गर्न थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको हो । नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको कन्याम चिया बगान अतिक्रमण गरेर बिभिन्न संरचना निर्माण गर्दा सरकारी चिया बगानमा विनाश बढेको भन्दै अर्थ मन्त्रालयले चासो देखाएपछि सडक निर्माण क्षेत्रमा प्रहरीले सुरक्षा […]

नेष्डो समृद्ध लघुवित्तको आईपीओमा आवेदनको ओइरो, दुई दिनमै २२.५२ गुणाले ओभरसब्सक्राइब्ड

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by . Leave a Comment on नेष्डो समृद्ध लघुवित्तको आईपीओमा आवेदनको ओइरो, दुई दिनमै २२.५२ गुणाले ओभरसब्सक्राइब्ड.

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ निष्कासनको दोस्रो दिनसम्म २२ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। संस्थाले हिजो फागुन ११ गतेबाट ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको छ। संस्थाले कुल कित्तामध्ये ०।५ प्रतिशतले […]